
थप एक जनामा कोरोना संक्रमण
काठमाडौं, २१ वैशाख-नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिका–३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६० पुगेको छ ।...
विराटनगर । सुनसरीको पकलीमा चार जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शुक्रबार राति ११ बजे भएको दुर्घटनामा मोटरसाइकलमा सवार चार जनामध्ये तीन जनाको मृत्यु भएको हो ।
सख्त घाइते भएका एक जनाको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । उनीहरु सबै एकै गाउँका रहेको बताइएको छ ।
कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार भारतीय नम्बर रहेको डब्लु बी ७३ इ ९११७ को पिकअपसँग को २९ प ३७१२ नम्बरको मोटरसाइकल ठोक्किएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार चारै जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । उपचारका क्रममा इटहरी १६ बस्ने अन्दाजी २६ वर्षीय करण चौधरी, सोही स्थानको २७ वर्षीय शम्भु चौधरी, २४ वर्षीय अनिनेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा २७ वर्षीय प्रेमलाल चौधरी सख्त घाइते भएका छन् । उनको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पिकअप चालक भारत दार्जिलिङ फोडिगढी बस्ने ३२ वर्षीय गोविन्द वरमुनलाई इलका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
काठमाडौं, २१ वैशाख-नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिका–३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६० पुगेको छ ।...
विराटनगर, १२ असोज । सामाजिक कार्यमा अग्रसर रोटरी क्लब अफ विराटनगर डाउन टाउनले बहुउपयोगी पुस्तकहरु हस्तान्तरण गरेको छ । क्लबले एक कार्यक्रमकाबिच ‘हामी युवा’ नामक सामाजिक सस्थालाई सयौँको संख्यामा पुस्तकहरु हस्तान्तरण गरेको हो । रोटरी...
विराटनगर । एक जना महिलालाई दुर्व्यवहार गरेको आरोपमा एक जना चिकित्सक पक्राउ परेका छन् । सिरहाको मिर्चैया–२ घर भएका ४२ वर्षीय डा. दीपेन्द्रकुमार महतो दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् । उनी विरुद्ध अभद्र व्यवहार...
काठमाडौं, १३ पुस- कक्षा १२ को छुटेका परीक्षार्थीको परीक्षा १६ पुसदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना भाइरस कोभिड–१९ का कारण परीक्षा दिन छुटेका परीक्षार्थीका लागि १६ पुसदेखि परीक्षा गर्ने निर्णय गरेको हो...
विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले विद्यालय तहदेखि नैतिक शिक्षा दिएर अगाडी बढनुपर्ने बताएका छन् । विराटनगरस्थित स्टार बोर्डिङ स्कुलको ३१ औं वार्षिकोत्सवको शनिबार उद्घाटन गर्दै प्रदेश प्रमुख खापुङले यस्तो बताएका हुन् ।उनले...
करोना भाइरसको संक्रमणसम्बन्धी परीक्षण गर्नका लागि प्रदेश २ मा हाल सम्म कुल ७३ जनाको नमुना संकलन गरिएको छ ।अहिलेसम्म कुल ७३ जनाको स्वाब संकलन गरिएकोमा २३ जनाको रिजल्ट नेगेटिभ आएको प्रदेश २ सरकारअन्तर्गत रहेको सामाजिक...
विराटनगर । विराटनगर महानगरपालिकाबाट अनुमतिबिना सञ्चालन भएको विराटनगर स्थित बिग हस्पिटल सिलबन्दी गरिएको छ । विराटनगर महानगरपालिकाले अनुगमन गरेर बिना दर्ता सञ्चालनमा रहेको हस्पिटल आज सिलबन्दी गरेको हो । विराटनगरको हस्पिटल चोकमा एक वर्षदेखि १५...
विराटनगर । विराटनगरमा जारी प्याब्सन स्पोर्ट्स मिटमा सर्वाधिक पदक जित्ने खेलाडी मोरङको सुन्दरहरैचामा रहेको पूर्वाञ्चल एकाडेमीकी सृजना वि.क. र सीतल मगर भएकी छिन् ।दोस्रो दिन शनिबारसम्म सृजना र सितलले दुई विधामा समान २–२ स्वर्ण पदक...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.