दोहोरो अङ्कले बढ्यो नेप्से

 न्यूज विराट
दोहोरो अङ्कले बढ्यो नेप्से

काठमाडौं, ३ कात्तिक-धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । आइतबार ओरालो लागेको नेप्से आज १३.५८ बिन्दुले उकालो लागेर एक हजार ५७०.३८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.६२ ले वृद्धि भई ३१०.८९ मा पुगेको छ । 

नेप्सेले उकालोको यात्रा तय गरे पनि कारोबार रकम भने घटेको छ । कूल १८९ कम्पनीको ३३ लाख ५३ हजार २०१ कित्ता शेयर ९७ करोड ९० लाख ९४ हजार ४०३ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कूल १२ उपसमूह मध्ये आज व्यापार उपसमूहको मात्रै शेयर ओरालो लागेको छ । व्यापार १.६९ ले घट्दा बैंकिङ ७.६७, होटल १४.१६, विकास बैंक ३०.४३, जलविद्युत् ४३.८६, वित्त १६.२६, निर्जीवन बीमा ९९.५२, उत्पादन ७.१७, अन्य ७.६, लघुवित्त १०.६४, जीवन बीमा ५०.५९ र सामूहिक लगानी कोष ०.०४ बिन्दुले वृद्धि भएको छ । कारोबारका आधारमा अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४ करोड दुई लाख ५३ हजार ८९१ बराबरको कारोबार भयो ।

यस्तै अरुण काबेली पावर ३ करोड ५२ लाख ९१ हजार ४१५, एनसिसी बैंक ३ करोड ५० लाख ५६ हजार ५०६, नागरिक लगानी कोष ३ करोड नौ लाख ८१ हजार १९३, शिखर इन्स्योरेन्स २ करोड ९३ लाख ५१ हजार १९३ र सिटिजन बैंकको दुई करोड ७४ लाख ५८ हजार ८६७ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा जनरल इन्स्योरेन्स ९.९०, युनियन हाइड्रोपावर ९.८२, घलेम्दी हाइड्रो ९.७३, अपि पावर ९.६३, दिव्यश्वरी हाइड्रोपावर ९.०१, बरुण हाइड्रोपावरका लगानीकर्ताले ८.७२ प्रतिशतले कमाए ।

त्यस्तै, गणपति माइक्रोफाइनान्स १.९१, एनसिसी बैंकको संस्थापक शेयर १.७२, नेपाल सेवा लघुवित्त १.६४, सिभिल लघुवित्त वित्तीय संस्था १.४३ र कुमारी बैंकको ऋणपत्रका लगानीकर्ताले १.४३ प्रतिशतले गुमाए । रासस

सम्बन्धित समाचार

जनकपुरमा ३ दिनअघि मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

जनकपुर,  ३२ साउन-जनकपुरमा ३ दिनअघि उपचारको क्रममा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । काव्या अस्पतालमा उपचाररत जनकपुरधाम उपमहानगरपालिका–१६ बस्ने ४३ वर्षीय पुरुषको गत शुक्रबार मृत्यु भएको थियो ।  रुघा खोकीसँगै ज्वरो आएपछि...

अमेरिकामा बाइडेन जितनजिक, अन्तिम नतिजा आउन अझै केही दिन लाग्ने

एजेन्सी, २० कात्तिक-अमेरिकामा राष्ट्रपतिका लागि डेमोक्रयाट तर्फबाट उम्मेदवार बनेका जो बाइडेन जितको नजिक पुगेका छन् । अमेरिकाका धेरै ठाउँमा रातो पर्खाल भत्काउँदै उनले निलो पर्खाल बनाएका छन् भने राष्ट्रपति भवन ह्वाइट हाउस प्रवेशको सुनिश्चितता बढाउँदै...

माइतीघरबाट राष्ट्रिय जनमोर्चाका नेता तथा कार्यकर्ता गिरफ्तार

राष्ट्रिय जनमोर्चाका सात जना नेता तथा कार्यकर्तालाई प्रहरीले माइतीघर मण्डलाबाट गिरफ्तार गरेको छ ।बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टलाई बलात्कारपछि हत्या गरिएकोे विरोधमा धर्नामा बसेका जनमोर्चाका नेता तथा कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको हो । गिरफ्तारमा...

रातो मच्छिन्द्रनाथको रथ : ललितपुरमा विशेष सुरक्षा

ललितपुर,  २१ भदौ-स्थानीय प्रशासनले ललितपुर जिल्लामा सुरक्षा व्यवस्था कडा पारेको छ । रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा हुनसक्ने सम्भावित जोखिममलाई दृष्टिगत गरी सुरक्षा व्यवस्था कडा पारिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।...

कास्कीमा एक्लै चुनाव लड्ने कांग्रेसको निर्णय

पोखरा । महानगरपालिकाका वडाहरूमा भागबण्डा नमिलेको र अन्य चार गाउँपालिकामा पनि कुरा नमिलेपछि कास्की कांग्रेसले केन्द्रबाट तालमेल भएको मेयर पदबाहेक पोखराका वडामा एक्लै चुनाव लड्ने निर्णय गरेको छ । दिनभर भागबण्डाका लागि छलफल भए पनि...

उत्कृट हुने विद्यार्थीलाई ग्रिनल्याण्डको नगदसहित सम्मान

विराटनगर । विराटनगर ( मा रहेको ग्रिनल्याण्ड कलेजले कलेजमा उत्कृट हुने विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ ।कलेजमा शुक्रबार एक कार्यक्रमको आयोजना गरि कलेजको आन्तरिक परीक्षामा उत्कृट हुने विद्यार्थीहरूलाई नगद सहित सम्मान गरेको हो । त्यस्तै...

सोमबार थप ३१४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३ हजार ७६२ पुग्यो

काठमाठौं, २६ जेठ-सोमबार थप ३ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा सोमबार थप ३ सय १४ जनामा...

कांग्रेसमा फेरि विवाद, पौडेल पक्षद्वारा बैठक बहिष्कार

काठमाडौं, फागुन २२–महाधिवेशन मिति सार्वजनिक गर्नुपर्ने माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मंसिर २६ देखि पुस ११ गतेसम्म केन्द्रीय कार्यसमितिको बैठक बहिष्कार र्गयो। सभापति शेरबहादुर देउवाले बहुमतबाट महाधिवेशन मितिलगायतका महत्त्वपूर्ण निर्णय गरे। पार्टी सभापति...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्