मोरङमा साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म निषेधज्ञा जारी

 न्यूज विराट
मोरङमा साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म निषेधज्ञा जारी

विराटनगर, २ कात्तिक–चाडपर्वमा हुने भिडभाडको कारण कोरोना संक्रमण थप फैलनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले कात्तिक ३ गतेदेखि १२ दिने निषेधाज्ञा जारी गरेको छ । चाडपर्वमा हुने भीडभाडले कोरोना संक्रमणको दर उच्च हुने निष्कर्षसहित मोरङ प्रशासनले आगामी १५ कात्तिक राति १२ सम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

सो अवधिमा जिल्लाभरिका सबै मठमन्दिर, शक्तिपीठ, पण्डाल, मस्जिद, गुम्बा तथा चर्चहरुमा गरिने नित्य पुजा र प्रार्थनाबाहेक सामूहिक रुपमा भेला जम्मा भई गरिने पुजाअर्चना, भजन, किर्तन, कलश यात्रा, बली पुजा एवं मुर्ती विसर्जनलगायतका कार्यहरु गर्न नपाईने मोरङ प्रशासनले जनाएको छ । सो अवधिमा जिल्लाभरी नै साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म राजमार्ग चल्ने लामो दुरीका सवारीसाधन बाहेक अन्य सवारी साधनहरु सञ्चालनमा पनि रोक लगाइएको छ ।

प्रशासनले चाडपर्वमा भेला भएर सामुहिक रुपमा कार्यक्रम गर्न, शुभकामना आदनप्रदान गर्न र चियापान गर्न रोक लगाएको छ । यसैगरि शिलान्यास, उद्घाटन, प्रशिक्षण तथा सभा सम्मेलन जस्ता सामूहिक रुपमा जमघट भएर गरिने कार्यक्रममा पनि प्रशासनले रोक लगाएको छ ।
आदेशको उल्लंघन गर्ने जोसुकै उपर प्रचलित कानून बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको निषेधाज्ञा आदेशमा उल्लेख छ ।

सम्बन्धित समाचार

अमरेशलाई कारबाही नगरे हामी नै राजीनामा दिन्छौँ भन्दै सर्लाहीबाट देउवालाई १२ नेताको चिट्ठी

कांग्रेस केन्द्रीय सदस्य एवं सांसद अमरेशकुमार सिंहलाई कारबाहीकाे माग गर्दै उनकाे गृह जिल्ला सर्लाहीका १२ जना कांग्रेसीले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई पत्र पठाएका छन् । सर्लाहीका प्रदेश सांसद वीरेन्द्रप्रसाद सिंह, उपेन्द्रप्रसाद कुशवाहालगायतका नेताले हिजाे बिहीबार पत्र...

आफैले बोकेको पेस्तोलले गोली हानी हवल्दारद्वारा आत्महत्या

सुनसरी, १६ असार-सुनसरी जिल्ला अदालतमा कार्यरत एक प्रहरी हवल्दारले आफैँले बोकेको पेस्तोलबाट गोली हानेर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार जिल्ला अदालत सुनसरीमा कार्यरत उर्लावारी नगरपालिका घर भएका ओमप्रकाश खतिवडाले सोमबार आत्महत्या...

रतुवामाइमा सहिदको नाममा अर्जुन स्मृति प्रतिष्ठान

विराटनगर । मोरङको रतुवामाइ नगरपालिका – ५ मा राम चन्द्र सोरेन अर्जुन स्मृति प्रतिष्ठानको भवन निमार्णको काम सुरु भएको छ । चालु आर्थिक वर्षमा काम सकिने गरी उक्त भवनको शिलन्यास बिहीबार भएको हो । सो...

प्रदेश १ मा माधव नेपाल समुह कमजोर

बिराटनगर, भदौ ८ । नेकपा एमालेबाट अलग भएर नेकपा (एकीकृत समाजवादी) को नेतृत्व गर्नुभएका माधवकुमार नेपालको समूह प्रदेश १ मा निकै कमजोर बनेको छ । संसदको अंकगणीतमा माधव समूहको उपस्थिति कमजोर रहने देखिएको हो । पार्टी...

आज ८ संक्रमितको मृत्यु, २ सय ७३ जना आईसीयूमा

काठमाडौं, ४ कात्तिक-गत २४ घण्टामा देशभर आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७ सय ६५ को स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  आज १३ हजार ८...

एसइइ रनिङ्ग शिल्डको सेमिफाइनलको समिकरण पूरा, सुनसरी र मोरङका चार स्कुल अन्तिम चारमा

विराटनगर । दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा सेमिफाइनलको समिकरण पूरा भएको छ । विराटनगरमा जारी प्रतियोगितामा सुनसरी र मोरङका चार वटा स्कुल विजयी भइ सेमिफाइनलको समिकरण पूरा भएको हो...

नोबेल मेडिकल कलेजका सुरक्षा गार्ड र विद्यार्थीबिच झडप, आधादर्जन घाइते

विराटनगर, १० माघ । जिल्ला प्रशासन कार्यालय मोरङको आग्रह वेवास्ता गर्दै विराटनगरस्थित नोबेल मेडिकल कलेजका विद्यार्थीले आन्दोलन जारी राखेका छन् । कोरोना महामारीलाई मध्यनजर गर्दै प्रशासनले आन्दोलन स्थगित गर्न आग्रह गरेको थियो । तर, राज्यलाई...

काठमाडौंकी कोरोना संक्रमित महिला चन्द्रागिरी नगरपालिका निवासी

काठमाडौं, ३१ वैशाख-मंगलबार काठमाडौंमा कोरोना पुष्टि भएकी महिला चन्द्रगिरी नगरपालिकाकी रहेको खुलेको छ । उनी र मंगलबार नै संक्रमण देखिएका भक्तपुरका २ जनालाई अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेकाे छ ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्