प्रदेश १ मा साढे १४ सयको परिक्षण गर्दा चार सय ६८ मा कोरोना पुष्टि, दुई सय २१ डिस्चार्ज

 न्यूज विराट
प्रदेश १ मा साढे १४ सयको परिक्षण गर्दा चार सय ६८ मा कोरोना पुष्टि, दुई सय २१ डिस्चार्ज

विराटनगर, ३० असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा चार सय ६८ कोरोना संक्रमित थपिएका छन् । मोरङमा दुई सय ७, सुनसरीमा दुई सय, झापामा २९, तेह्रथुममा सात, उदयपुरमा चार, इलाममा तीन, धनकुटा र संखुवासभामा दुई÷दुई, भोजपुर र ताप्लेजुङमा एक÷एक र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा एक सय ३४ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ४९ महिला र ८५ पुरुष रहेका छन् । मोरंगको सुन्दरहरैचामा १३, उर्लाबारीमा १२, बेलबारीमा ११, पथरीशनिश्चरेमा सात, ग्रामथानमा पाँच, केराबारीमा तीन, बुढीगंगा, लेटाङ, कानेपोखरी र धनपालथानमा दुई÷दुई, कटहरी, रंगेली र रतुवामाईमा एक÷एक र स्थानीय तह नखुलेका ११ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

सुनसरीको धरानमा एक सय ८, इटहरीमा ६५, दुहवीमा छ, बराहक्षेत्रमा पाँच, बर्जु र रामधुनीमा तीन÷तीन, गढी र इनरुवामा दुई÷दुई, देवानगञ्ज र कोशी गाउँपालिकामा एक÷एक र स्थानीय तह नखुलेका चार जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता झापाको विर्तामोडमा आठ, भद्रपुरमा छ, दमकमा चार, अर्जुनधारामा तीन, बुद्धशान्ति र गौरादहमा दुई÷दुई, शिवसताक्षी, कनकाई, कमल गाउँपालिका र स्थानीय तह नखुलेका एक÷एक, तेह्रथुमको म्याङलुङमा दुई, लालीगुराँसमा एक, स्थानीय तह नखुलेका ४, उदयपुरको त्रियुगामा तीन र बेलकामा एक, इलामको माई, देउमाई र स्थानीय तह नखुलेका एक÷एक, धनकुटामा दुई, संखुवासभाको खाँदबारी र सभापोखरीमा एक÷एक, भोजपुरको षडानन्दमा एक, ताप्लेजुङको आठराई त्रिवेणीमा एक र प्रदेश १ बाहिरका १२ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १२ हजार सात सय दुई पुगेको छ । प्रदेश १ मा शुक्रबार दुई सय २१ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट दुई सय नौ र न्युरो अस्पतालबाट १२ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या पाँच हजार पाँच सय ६१ पुगेको छ ।

प्रदेश १ मा शुक्रबार एक हजार चार सय ४५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये एक सय ६४ महिला र तीन सय ४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ४३ हजार ९३३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त, पाँच जनाको मृत्यु

विराटनगर । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुदूधकुण्ड गाउँपालिकाको लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ । मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट ५ मेक्सिकन यात्रु लिएर काठमाडौं उडेको मनाङ एयरको हेलिकप्टर सोलु दूधकुण्ड गाउँपालिका...

संविधानविद् दाहाल र पत्रकार अधिकारी पुरस्कृत

विराटनगर । नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसरमा संविधानविद् काशीराज दाहाल र पत्रकार हरि अधिकारीलार्य पुरस्कृत गरिएको छ ।नेपाल पत्रकार महासंघ मोरङले स्थापना गरेको षष्टीका बस्नेत सूचनाको अधिकार पुरस्कारबाट संविधानविद् दाहाललाई र षष्टीका...

एमाले मोरङको सम्पूर्ण शक्ति ग्रामथानको निर्वाचनमा केन्द्रीत

रंगेली । आगामी मंसिर १६ गते हुने उप निर्वाचनका लागि नेकपा (एमाले) मोरङको सम्पूर्ण शक्ति ग्रामथान गाउँपालिकामा केन्द्रीत भएको छ । ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि हुने उप निर्वाचनको परिणाम एमालेको पक्षमा पार्न पार्टी मोरङको...

प्रदेश १ को बजेट अधिवेशन आजदेखि

विराटनगर, २४ जेठ । प्रदेश १ को बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ । आज दिउँसो २ बजेका लागि प्रदेशको बजेट अधिवेशन आह्वान गरिएको छ । सत्तारुढ नेकपा (एमाले) को असन्तुष्ट पक्षले असहयोग गर्ने आशंकाका बीच...

आइतबार कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं, १३ असार-नेपाली कांग्रेसको पदाधिकारी बैठक आइतबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार २ बजे बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने पार्टीका उपसभापति विमलेन्द्र निधिले  जानकारी दिए । बैठकमा समसामयिक...

नोबेल मेडिकल कलेजका सुरक्षा गार्ड र विद्यार्थीबिच झडप, आधादर्जन घाइते

विराटनगर, १० माघ । जिल्ला प्रशासन कार्यालय मोरङको आग्रह वेवास्ता गर्दै विराटनगरस्थित नोबेल मेडिकल कलेजका विद्यार्थीले आन्दोलन जारी राखेका छन् । कोरोना महामारीलाई मध्यनजर गर्दै प्रशासनले आन्दोलन स्थगित गर्न आग्रह गरेको थियो । तर, राज्यलाई...

सर्वोच्च अदालतमा न्यायाधीशसहित २४ जनालाई कोरोना संक्रमण

काठमाडौं, २ माघ । सर्वोच्च अदालतमा न्यायाधीशसहित २४ जनालाई कोराना संक्रमण भएको छ । न्यायाधीश मीरा खड्का र मुख्य रजिष्ट्रार लालबहादुर कुँवरसहित २४ जना कोरोना संक्रमित भएका छन् । आइतबार आएको पीसीआर परीक्षणको रिपोर्टमा उनीहरु...

कोशी प्रदेशमा रोजगारी सिर्जना गर्न समझदारी

विराटनगर । निक्षेप तथा कर्जा सुरक्षण कोष काठमाडौ र कोशी प्रदेश सरकार बिच विभिन्न उधमशिलता र रोजगारमुलुक कार्यक्रम गर्ने विषयमको समझदारीपत्रमा बिहीबार हस्ताक्षर भएको छ ।कोशि प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको उपस्तिथिमा कोषका कार्यकारी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्