होम आइसोेसनमा संक्रमितको मृत्यु

 न्यूज विराट
होम आइसोेसनमा संक्रमितको मृत्यु

विराटनगर, २२ असोज–कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै राखिएका विराटनगर–५ का एक पुरुषको बिहीबार बिहान मृत्यु भएको छ । विराटनगर ५ का ८२ वर्षीय वृद्धको ६ः३० बजेतिर मृत्यु भएको विराटनगर महानगरपालिकाले जनाएको छ ।

बृद्धमा ज्वरो आउने, श्वास फेर्न गाह्रो हुनेलगायत कोरोनासँग मिल्ने लक्षण देखिएपछि असोज १७ गते स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको थियो । १९ असोजमा उनको रिपोर्ट पोजेटिभ आएपनि घरमै राखिएको थियो ।

बुधबार रातिबाट वृद्धको स्वास्थ्यमा थप समस्या देखिएकोमा अस्पताल लैजान नपाई उनको मृत्यु भएको महानगरका प्रहरीका निरीक्षक राजन पौडेलले जानकारी दिए ।

सम्बन्धित समाचार

भारतबाट आएका गुल्मीका ६८ जनाको काेराेना रिपोर्ट नेगेटिभ

गुल्मी, २६ वैशाख-भारतबाट जिल्ला आएका ६८ व्यक्तिको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । उनीहरु २ साताअघि २८ दिनसम्म सुनौली नाकामा क्वारेन्टाइनमा बसेर स्वदेश फर्किएका हुन् । भारतबाट आएका सबैलाई स्थानीय पालिकाले १४ दिनसम्म क्वारेन्टाइनमा...

जसपाका केन्द्रीय सदस्यहरुलाई सम्मान

विराटनगर, २७ कात्तिक–जनता समाजवादी पार्टी मोरङले जिल्लाबाट जनता केन्द्रीय कमिटीमा चयन भएकाहरुलाई बिहीबार स्वागत, बधाई तथा सम्मान कार्यक्रम गरेको छ । पार्टीका युवा नेता उमेश यादवले केन्द्रीय समितिमा चयन भएकाहरुलाई स्वागत गरेका हुन् । गत...

सुनसरीमा भदौ ७ गतेसम्म लक डाउन

विराटनगर, ३२ साउन-जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्ला भित्र थप ७ दिन मानिसको आवागमन नियन्त्रण गर्न निषेधित क्षेत्र घोषणा गरेको छ । प्रशासनले यस अघि पनि ५ दिन र ६ दिन गरी दुई पटक लकडाउन गरेको...

विराटनगरमा थप १ हजार बेडको आइसोलेसन बनाइने

विराटनगर, भदौ १८-कोरोना भाइरसको बढ्दो संक्रमण र जोखिमलाई मध्यनजर गरी प्रदेश १ सरकारले विराटनगरमा थप एक हजार बेड बराबरको आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ । आज प्रदेश स्तरिय सिसिएमसीको भर्चुअल बैठकले विराटनगरका कम्तिमा...

देशभर २४ घण्टामा थपिए ५९३ कोरोना संक्रमित

काठमाडौं, १२ असार-देशभर पछिल्लो २४ घण्टाको अवधिमा उपत्यकाका सहित देशभर ५९३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टाको अवधिमा ५९३ जना कोरोना संक्रमित...

फाइजर इण्डिया र सेरमद्वारा भारतमा कोरोना खोप प्रयोगका लागि निवेदन

दुई वटा कोरोना भाइरस (कोभिड-१९) खोप उत्पादक कम्पनी फाइजर  इण्डिया र सेरम इन्स्टिच्यूट अफ इन्डिया (एसआइआई) ले भारतमा कोभिड-१९ को खोप भारतमा आपतकालीन प्रयोगमा ल्याउन भन्दै भारतीय औषधि व्यवस्था विभाग (डिसिजिआई) समक्ष आवेदन दिएका छन्।...

लकडाउनमा पत्रकारः अधिकांशले तलब पाएनन्, धेरैलाई जागिरबाट निकालियो

काठमाडौं, २७ जेठ-नेपाल पत्रकार महासंघले गरेको एक अध्ययनले लकडाउन अवधिमा अधिकांश सञ्चारगृहका पत्रकारले विनातलव काम गरिरहेको देखाएको छ । ‘प्रमुख रूपमा नियमित तलब नपाउने समस्या देखिएको छ । केही सञ्चारमाध्यमहरूले लकडाउनभन्दा अघिकै समयदेखिको नियमित तलब...

सुनको मूल्य १ लाख ४ सय पुग्यो

काठमाडौं, २ भदौ-नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । लगातार २ दिन घटेको सुनचाँदीको मूल्य आज भने बढेको हो । सोमबार ९८ हजार २ सयमा कारोबार भएको छापावाल सुन आज प्रतितोला १ लाख ४...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्