एकै दिन ३४३९ मा संक्रमण पुष्टि, सक्रिय संक्रमित २५ हजार नाघे

 न्यूज विराट
एकै दिन ३४३९ मा संक्रमण पुष्टि, सक्रिय संक्रमित २५ हजार नाघे

काठमाडौं, २१ असोज-गत २४ घण्टामा नेपालमा ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । यो संख्या अहिलेसम्मकै दैनिक उच्च हो । 

आज १४ हजार २ सय ९ जनाको पीसीआर गर्दा ३ हजार ४ सय ३९ जनाको रिपोर्ट पोजिटिभ आएको हो । योसँगै कुल संक्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको छ । गत २४ घण्टामा १ हजार १ सय २६ जना डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको संख्या ६८ हजार ६ सय ६८ पुगेको छ । त्यस्तै, बुधबार १५ संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ७८ पुगेको छ ।

सम्बन्धित समाचार

प्रदेश २ मा संक्रमितको संख्या साढे ७ हजार पुग्यो

जनकपुरधाम, २ भदौ-प्रदेश २ मा पछिल्लो २४ घण्टामा ३ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमितको संख्या साढे सात हजार पुगेको छ । त्यसमध्ये ३ हजार ६ सय ६३...

रुकुम हत्याकाण्डका संरक्षकलाई मन्त्री उपहार

काठमाडौँ, असार ३० । पश्चिम रुकुमको सोती घटना भएको एक वर्ष मात्रै वितेको उक्त घटनामा जाजरकोटका नवराज विकसहित ६ जनाको विभत्स हुँदा संघीय संसदमा माओवादी नेता जनार्दन शर्माले बोल्नुभएको थियो । रुकुमको सोतीमा दलितका कारण...

हसिना सिमसारमा ‘बोटिङ’ का लागि पोखरी निर्माण सुरु

विराटनगर, चैत १०–मोरङको सुन्दरहरैंचास्थित हसिना सिमसारमा बोटिङका लागि पोखरी निर्माण कार्य सुरु गरिएको छ । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिअन्तर्गत आएको ४० लाख बजेटमार्फत हसिना सिमसार क्षेत्रभित्र रहेको सिमसारमा बाँध निर्माण गरि पोखरी...

बलात्कार अभियोगमा बम्जनसहित ३ जनाविरुद्ध मुद्दा दायर 

काठमाडौं, १९ असार-लिटिल बुद्ध भनेर चिनिएका रामबहादुर बम्जनको मुद्दा अदालतमा दायर भएको छ । सर्लाहीकी एक आफ्नै अनुयायी बलात्कार गरेको अभियोग लागेका बम्बजको मुद्दा शुक्रबार जिल्ला अदालत सर्लाहीमा दायर गरिएको हो । उनलाई बलात्कार अभियोगमा...

ओजोन तहको संरक्षण गर्न शिक्षादीपमा निबन्ध प्रतियोगिता, ८० जना साइन्सका विद्यार्थीको सहभागी

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजमा विज्ञान सङ्काय अध्ययनरत विद्यार्थीहरूको लागि निबन्ध प्रतियोगिता आयोजना गरेको छ ।  ओजोन तह विनाश र यसको संरक्षणका उपायहरू सम्बन्धी निबन्ध प्रतियोगिता कलेज परिसरमा सोमबार आयोजना गरिएको हो ।  प्रतियोगितामा विज्ञान...

ज्ञानसन ऋषिदेवको हत्या प्रकरण , थप दुई जना पक्राउ

विराटनगर । सुनसरीको गढी गाउँपालिका ६ घर भएका ५० वर्षीया ज्ञानसन ऋषिदेवको घाटी काटेर हत्या गरेको घटनामा प्रहरीले थप दुई जनालाई नियन्त्रणमा लिएर अनुस्न्धान सुरु गरेको छ । यसअघि प्रहरीले एक जनालाई नियनत्रणमा लिएको छ...

पूर्वराजा ज्ञानेन्द्र सपरिवार झापाबाट फर्किए 

झापा, २ जेठ-पूर्वराजा ज्ञानेन्द्र शाह झापाको दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगानस्थित निवासबाट शुक्रबार बिहान सवारी साधन पास लिएर काठमाडौं फिर्ता भएका छन् । कोभिड –१९ को रोकथामका लागि सरकारले ११ चैतदेखि लागू हुने गरी लकडाउन...

ढुकुटीमा प्रयाप्त भुक्तानी मौज्दात छ, बजेट खर्च गर्न समस्या हुँदैन : मुख्यमन्त्री राई

विराटनगर, ९ साउन । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारको ढुकुटीमा भुक्तानी मौज्दात पर्याप्त भएकाले चालू आर्थिक वर्षको बजेट खर्च गर्न कुनै समस्या नहुने बताएका छन् । बजेटको अभाव नभएकाले आर्थिक वर्षको सुरुबाटै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्