बजार नपाएपछि बाख्रालाई घाँस तेजपत्ता 

 न्यूज विराट
बजार नपाएपछि बाख्रालाई घाँस तेजपत्ता 

 झापा,  १८ असोज-विगत तीन दशकदेखि हात्तीपीडित गाउँको रुपमा चिनिदै आएको झापाको बाहुनडाँगी अहिले औषधीय गुणयुक्त तेजपत्ताको पकेट क्षेत्रको रुपमा परिचित छ । तर कोभिड–१९ को महामारीले बजारमा असर परेपछि तेजपत्ता उत्पादन गर्दै आएका किसान मारमा परेका छन् ।

मेचीनगर नगरपालिकाको वडा नम्वर १,२,३,४ र ५ मा फैलिएको साविक बाहुनडाँगी गाविसमा करिब एक हजार किसानले आफ्नो खेतबारीमा तेजपत्ताको बोट हुर्काएका छन् । विगतमा भारतीय बजारमा लैजाने विचौलिया व्यापारी तेजपत्ता किन्न गाउँगाउँ डुल्थे । यसपाली कोरोनाको डरले बाहिरबाट व्यापारी आएका छैनन् ।

चिया, मसला र औषधीको रुपमा प्रयोग हुँदै आएको तेजपत्ताको बोट हुर्किएको तेस्रो वर्षदेखि हरेक वर्ष तीनपटक यसको पात टिपेर उत्पादन गरिन्छ । सुगन्धित र स्वादिष्ट हुने भएकोले खानेकुरामा पकाएर समेत यसको उपभोग हुने गरेको छ ।

मेचीनगर–४ आमडाँगीमा १५ विगाहा निजी जग्गामा चियाखेती गर्दै आएका व्यावसायिक किसान रबि नेपालले चियाको बोटलाई छायाँ दिन पाँच हजारभन्दा बढी तेजपत्ताको बोट हुर्काएका छन् ।

बाहुनडाँगीमा एक सयदेखि १० हजार बोटसम्म तेजपत्ता हुर्काएका किसानको सङ्ख्या एक हजारसम्म हुनसक्ने उनले बताए । तर कति किसानले यसको खेती गरेका छन् र यसबाट के कस्तो लाभ भइरहेको छ भन्ने बारेमा अहिलेसम्म सरकारी तहबाट खोज भएको छैन ।

बजार नपाएपछि बाख्रालाई घाँस

बाहुनडाँगीमा मात्र ५० देखि ६० करोड रुपैयाँ मूल्य बराबरको तेजपत्ता वर्षेनी उत्पादन हुने देखिन्छ । बजारिकरण हुन नसकेर तेजपत्ता बोटमै खेर गइरहेको र कतिपयले बाख्रालाई घाँस खुवाउने गरेको पाइएको छ ।

विसं २०६७ देखि तेजपत्ता खेतीमा लागेका नेपाल बन्धु कृषि फर्मका सञ्चालक रबि नेपाल आफुले अलिकति भए पनि प्रशोधन र ब्रान्डिङ गरेर प्रदेश १ को अधिकांश बजारमा तेजपत्ताको विक्री गर्दै आएको बताए ।

दशैँ, तिहार जस्ता चाडबाडका बेला विगतमा तेजपत्ताको माग ह्वात्तै बढ्थ्यो । यसपाली कोभिड–१९ को महामारीका कारण बजार सुस्ताएको हुँदा विगतको जस्तो भारतीय बिचौलियाहरु काँचो तेजपत्ता किन्न घरघरै नआएको स्थानीय किसानहरु बताउँछन् । किन्ने भारतीय व्यापारी नआएपछि हुर्किएको तेजपत्ता कि बोटमै खेर जान्छ, कि त बाख्रालाई घाँसको रुपमा खुवाउन बाध्य छन् किसान ।

अन्तर्राष्ट्रिय बजारको खोजी

तेजपत्ताको माग अन्तर्राष्ट्रिय बजारमा राम्रो रहेको हुँदा यसको बजार विदेशमा समेत खोज्न सकिने नेपाल उद्योग वाणिज्य महासङ्घको प्रदेश १ का अध्यक्ष नरेन्द्र खड्काले बताए ।

बङ्गलादेश लगायतका तेस्रो मुलुकमा नेपाली कृषि र जडिबुटीजन्य उत्पादनको निर्यात सम्भावना भए पनि नेपालले नै माग बमोजिमका बस्तु लैैजान नसकेको उनको भनाई छ ।

तेजपत्ता अहिले पनि भारतबाट आयात भइरहेको पाइएको हुँदा नेपाली उत्पादनलाई स्वदेशी बजारमै बिक्री हुने वातावरण तयार पार्ने विषयमा प्राथमिकता दिइनु पर्ने महासङ्घका प्रदेश अध्यक्ष खड्काले जोड दिए ।

जिल्ला बन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले व्यवसायीहरुले आफ्नो पालिकाको वडा कार्यालयबाट सिफारिस लिएर आएमा निर्यातको स्वीकृति दिइने बताए । मेचीनगरबाट केही व्यवसायीहरु तेजपत्ताको निर्यात अनुमतिका लागि आएको घिमिरेले जानकारी दिए ।

हात्ती आतंकले तेजपत्तको खेती सुरु

हात्ती आतंक उग्र बन्दै गएपछि बाहुनडाँगीमा हात्तीले नखाने र किसानलाई फाइदा हुने वैकल्पिक खेतीको रुपमा तेजपत्ता र चिया खेती बिस्तार भएको स्थानीय सामाजिक अभियन्ता गोविन्द न्यौपानेले बताए ।

अलिअलि गर्दै अहिले ठूलो मात्रामा खेती बिस्तार भइसकेको हुँदा सरकारले किसानले उत्पादन गरेको तेजपत्ताको बजारिकरणमा सघाउनु पर्ने उनको धारणा छ ।

हात्तीले खेतीबाली नष्ट गर्न थालेपछि चिया र तेजपत्ता खेती गर्न विज्ञहरुले सुझाउन थाले । किसानहरुले धमाधम धान खेत मासेर कसैले चिया र धेरैले तेजपत्ता खेती सुरु गरेका थिए । अहिले तिनै तेजपत्ताको बोट हुर्किएपछि उत्पादन बढेको छ । तर बजारको खोजीतर्फ कसैको ध्यान गएन।

बल्ल एउटा प्याकेजिङ उद्योग

तेजपत्ताको उत्पादन सुरु भएको एक दशक बितिसक्दा यसको प्याकेजिङ गर्ने बल्ल एउटा उद्योग खुलेको छ । चिया, सुपारीलगायतका नगदे बालीको व्यावसायिक खेती गर्दै आएका रवि नेपालले नै तेजपत्ताको प्याकेजिङ गर्ने नेपाल बन्धु कृषि फर्म सञ्चालन गरेका हुन् ।

घरमै सञ्चालित प्याकेजिङ उद्योगमा स्थानीय १५ जना महिलाले रोजगारी पाएका छन् । उद्योगमा मरिच, कागती र तेजपत्ताको प्याकेजिङ हुँदै आएको छ ।

दशैँको समयमा पाँच हजार केजी तेजपत्ता प्याकेजिङ गरिसक्ने उहाँको योजना छ । छरछिमेकीले उत्पादन गरेको तेजपत्ता समेत किनेर उनले प्याकेजिङ गर्दै आइरहेका छन् ।

मानव स्वास्थ्यमा तेजपत्ताको गुण   

समुद्र सतहबाट १ सय देखि २ हजार ५ सय मिटरसम्मको उचाईमा फस्टाउने तेजपत्ताको वैज्ञानिक नाम ‘सिन्नामोमम तामला’ हो । यसको सदावहार झुप्प पात हालेको रुख हुन्छ । झापाको बाहुनडाँगी भूबनोटका हिसाबले तेजपत्ता खेतीका लागि अनुकूल भएको बताइएको छ ।

भिटामिन ए र सीका साथै फोलिक एसिड नामक तत्व पाइने तेजपत्तालाई औषधीय गुणयुक्त मानिएको छ । क्यान्सर, मधुमेह र पेटसम्बन्धी समस्यामा यसको उपभोग फाइदाजनक हुने अनुसन्धानबाट देखिएको छ ।

कपर, पोटासियम, क्याल्सियम र आयरनजस्ता मानव स्वास्थ्यका लागि अति आवश्यक पोषक तत्व तेजपत्तामा पाइन्छ । कब्जियत र एसिडिटीको समस्यामा तेजपत्ताले औषधीकै काम गर्छ । रासस

सम्बन्धित समाचार

राउण्ड टेबल नेपाल बिसिआरटी १५ द्वारा ५० जना श्रमिकका परिवारलाई न्यानो कपडा वितरण

विराटनगर, ५ पुस । विभिन्न सामाजिक कार्यहरु निरन्तर गर्दै आइरहेको राउण्ड टेबल नेपाल बिसिआरटी १५ ले न्यानो कपडा वितरण गरेको छ । राउण्ड टेबल नेपाल बिसिआरटी १५ ले एक कार्यक्रमकाबीच मोरङको कटहरीस्थित सप्तकोशी सिमेन्ट उद्योगमा...

मोरङ कारागारका कैदी बन्दी आन्दोलित

विराटनगर ।  मोरङ कारागारका जेलर धुब्रप्रसाद कोइरालाको सरुवाको माग राख्दै यहाँका  कैदी बन्दी आन्दोलित भएका छन् । जेलर कोइरालाले  कैदी बन्दीहरुलाई  अनावश्यक दुःख दिने गरेको भन्दै उनीहरू सोमबारदेखि आन्दोलित भएका हुन् । बिरामी भएर उपचारमा...

माटाका सामग्री वनाउने तालिम सुरु

  पथरीशनिश्चरे, १ असार । उत्तरपूर्वी मोरङमा सृजनाका क्षेत्रमा सक्रिय एभरेष्ट आर्ट फ्यूजनले आइतवारबाट माटाका सजावट तथा उपभोग्य सामग्री वनाउने १ महिने तालिम सुरु गरेको छ । पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा पथरी सेरामिक उद्योगको समेत सहकार्यमा...

विराटनगरमा लागुऔषध सहित ३ जना पक्राउ

विराटनगर, ३० फागुन । विराटनगरमा मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितबाट लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा त्रिपुरासुन्दरी गाउँपालिका-९ सिन्धुपाल्वोकका ३८ बर्षीय संदिप खडका, स्वयम्भु नगरपालिका-१५ काठमाण्डौका २३ बर्षीय हिमाल...

कठोर अनुभवबाट सिकेर अगाडि बढौं:राष्ट्रपति

काठमाडौं, १ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७९ साल आरम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज...

पशुपति ज्वेलर्सबाट बरामद गरेको चाँदीको गरगहना ९९ किलो ९९४.५ ग्राम कायम, १३ तोला सुन पनि बरामद

विराटनगर । प्रहरीले विराटनगर–११ पिचरास्थित पशुपति ज्वलर्सबाट बरामद गरेको चाँदीको गरगहना ९९ किलो ९९४.५ ग्राम कायम गरेको छ । प्रहरीले १३ तोला सुन पनि उक्त ज्वेलर्सबाट बरामद गरेको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी पर्शुराम सुवेदीले...

घरेलु तथा साना उद्योग महासङ्घद्वारा शुभकामना आदान प्रदान कार्यक्रम 

विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङले विराटनगरमा वडा दसैँ, शुभ दीपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । विराटनगरस्थित होटेल रुविजमा आइतबार एक कार्यक्रम आयोजना गरी दसैँ, दीपावली...

उद्योगी व्यवसायीका माग पूरा गर्न अर्थमन्त्री सकारात्मक

विराटनगर । अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रका मागलाई चाँडो सम्बोधन गर्ने बताएका छन् । आन्दोलनरत उद्योगी व्यवसायीसँग बुधबार भएको भेटको क्रममा अर्थमन्त्री पौडेलले उनीहरूलाई यस्तो बताएका हुन् । बैंकको चर्को ब्याजको विरोधमा सडकमा उत्रिएका उद्योगी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्