भारतमा एक महिनामा थपिए २६ लाख संक्रमित

 न्यूज विराट
भारतमा एक महिनामा थपिए २६ लाख संक्रमित

एजेन्सी, १५ असोज-भारतमा पछिल्लो एक महिनामा २६ लाख नयाँ कोरोना संक्रमित थपिएका छन् । अगष्टयता सङ्क्रमण ७१ प्रतिशतले वृद्धि भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

भारतको विभिन्न राज्यमा सञ्चालन गरिएको ‘सिरो प्रिभेलेन्स’ सर्वेक्षणले यस प्रकारको नतिजा देखाएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार थपिएका सङ्क्रमितमा महाराष्ट्र राज्यका मात्रै छ लाख छन् ।

आन्ध्रप्रदेश र कर्नाटकामा दुबै राज्यमा दुई लाख ६० हजार सङ्क्रमित भएका छन् । सेप्टेम्बर महिनामा नै उत्तरप्रदेश, तामिलनाडू, देल्ही, केरला र ओडिसामा सामान एक एक लाख जना नयाँ सङ्क्रमित थपिएका छन् ।

छत्तीसगढमा पछिल्लो एक महिनामा सङ्क्रमित हुने तीन गुणाले बढेको छ । इन्डियन एक्सप्रेसको अनलाइन संस्करणका अनुसार गत् अगष्ट महिनाको अन्त्यमा ३१ ह्जार सङ्क्रमित रहेको छत्तीसगढमा सेप्टेम्बर महिनामा एक लाख दश हजार पार गरेको छ ।

भारतमा हालसम्म ६३ लाख १० हजारमा सङ्क्रमित भएका छन् । ५२ लाख ७० हजार निको भइसकेका छन् । हालसम्म ९८ हजार ६७८ जना सङ्क्रमितको मृत्यु भएको छ ।

सम्बन्धित समाचार

१ भदौदेखि त्रिभुवन विमानस्थलबाट दैनिक १५ अन्तर्राष्ट्रिय उडान हुने

काठमाडौं, ७ साउन-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्यालयले १ भदौदेखि दैनिक १५ वटासम्म अन्तर्राष्ट्रिय उडान गर्ने तयारी सुरु गरेको छ । विमानस्थलका प्रमुख देवेन्द्र केसीले कोभिड-१९ संक्रमणको जोखिमलाई हेरेर दैनिक १५ वटासम्म उडान गर्न सक्ने अवस्थामा विमानस्थल...

गठबन्धन नगर्न कांग्रेसमा अधिकांशको सुझाव

गाउँ-गाउँ पुगेर फर्किएका अधिकांश कांग्रेस नेताहरूले नेतृत्वलाई गठबन्धन नगर्न सुझाएका छन् । शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राखेका २१ मध्ये अधिकांश नेताहरूले गठबन्धन नगर्न सुझाव दिएका हुन् । नेकपा र एमाले विभाजित रहेकाे अवस्थामा कांग्रेसलाई फाइदा हुने भन्दै...

निर्वाचन आयोगले दैनिक ‘प्रेस व्रिफिङ’ गर्ने

काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचन र आयोगका दैनिक गतिविधिबारे प्रत्येक दिन आमसञ्चार माध्यमलाई जानकारी गराउने भएको छ । कान्तिपथस्थित आयोग परिसरको मिडिया सेन्टरबाट फागुन १ गतेदेखि प्रत्येक दिन अपराह्न चार बजे प्रवक्ता–...

रंगेलीमा यसरी मनाइयो भक्का दिवस, नगरपालिकाले गर्यो उद्यमी महिलाहरुलाई सम्मान

विराटनगर । मोरङको रंगेलीमा भक्का दिवस मनाइएको छ । नगरपालिकाको आयोजनामा ७ औँ राष्ट्रिय भक्का दिवस मनाइएको हो । नगर परिसरमा आयोजित कार्यक्रममा भक्काको व्यापार गरेर जिविकोपार्जन गर्ने उद्यमी महिलाहरुलाई नगरपालिकाले सम्मान गरेको छ ।...

निको नहुँदै डिस्चार्ज गरिएका ६ संक्रमित फेरि अस्पताल भर्ना 

धनगढी, २३ जेठ-सेती प्रादेशिक अस्पतालले आज कोरोना निको नहुँदै डिस्चार्ज गरेका ६ जना संक्रमितलाई फेरि अस्पतालमा भर्ना गरेको छ । आज दिउँसो डिस्चार्ज भएका अछामको मेल्लेख गाउँपालिकाका ३२ बर्षीय पुरुष र ११ बर्षीय बालिका, बैतडीको...

विराटनगरवासी बाढीबाट सवैभन्दा बढी प्रभावित, सयौँ परिवार विस्थापित

विराटनगर, असार १६ । बाढी र डुबानका कारण मोरङमा १ हजार ७ सय १८ परिवारका साढे छ हजारभन्दा बढी व्यक्ति विस्थापित भएका छन् । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार वर्षापछिको बाढी र डुबानका कारण १...

आगलागीबाट १३ लाखको क्षति

पाँचथरको फिदिम नगरपालिका–४ को एक घरमा आगलागी हुँदा १३ लाख बराबरको क्षति भएको छ । मंगलबार साँझ ६ बजे फिदिम–४ गढीका सोमनाथ ढकालको घरमा विद्युत सर्ट भई आगलागी भएको हो । आगलागीबाट ढकालको दुई तले कच्ची...

रामको जन्मभूमि विवाद : सीता गुफा नजिकको सीमा स्तम्भ उखेलेर फालियो

जनकपुरधाम, ४ साउन-पर्साको ठोरीस्थित सोमेश्वर पहाडमा रहेको ४३६ नम्बरको सीमा स्तम्भ उखेलेर फालिएको अवस्थामा फेला परेको छ । प्रसिद्ध धार्मिकस्थल सीता गुफादेखि दक्षिणतर्फ सोमेश्वर पहाडमा रहेको सो सीमा स्तम्भ उखेलेर फालिएको अवस्थामा फेला परेको सशस्त्र प्रहरी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्