निको नहुँदै डिस्चार्ज गरिएका ६ संक्रमित फेरि अस्पताल भर्ना  - News Birat

निको नहुँदै डिस्चार्ज गरिएका ६ संक्रमित फेरि अस्पताल भर्ना 

न्यूज विराट

धनगढी, २३ जेठ-सेती प्रादेशिक अस्पतालले आज कोरोना निको नहुँदै डिस्चार्ज गरेका ६ जना संक्रमितलाई फेरि अस्पतालमा भर्ना गरेको छ । आज दिउँसो डिस्चार्ज भएका अछामको मेल्लेख गाउँपालिकाका ३२ बर्षीय पुरुष र ११ बर्षीय बालिका, बैतडीको शिवनाथ गाउँपालिका १ का २० र २७ बर्षीय पुरुष तथा शिवनाथ गाउँपालिका–२ का २० र २२ बर्षीय पुरुषलाई फेरिअस्पतालमा भर्ना गरिएको हो ।

सेती प्रादेशिक अस्पतालका डाक्टर निराजन शर्माले सम्बन्धित जिल्लासम्म पुर्‍याउने व्यवस्था नभएपछि उनीहरूलाई फेरी प्रि-आइसोलेसनमा राखिएको जानकारी दिए । ‘बिरामीको सम्बन्धित पालिकासँग छलफल गरेका छौ,’ डाक्टर शर्माले भने, ‘सम्बन्धित पालिकाले गाडीको व्यवस्था नगर्दा सम्म उनीहरूलाई प्रि-आइसोलेसन राखेका छौँ ।’

डिस्चार्ज गरिका ६ जना नै आज दिउँसोदेखि धनगढीमा अलपत्र परेका थिए । ६ जना संक्रमित निको नभए पनि स्वास्थ्य मन्त्रालयले केही दिनअघि जारी गरेको निर्देशिका अनुसार उनीहरूलाई डिस्चार्ज गरिएको थियो।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles