
पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३६२ संक्रमित थपिए, १६१ डिस्चार्ज
विराटनगर, ९ मंसिर प्रदेश १ मा मंगलबार ३ सय ६२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १ सय २५, सुनसरीमा १ सय १४, मोरङमा ८५, इलाममा ११ , संखुवासभामा तीन, पाँचथर, तेह्रथुम र उदयपुरमा...
त्यस्तै, सुन्सरीका ६०, मोरङका ६०, सप्तरीका ३९ र रुपन्देहीका ८२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट निधन भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर ०.६५ प्रतिशत रहेको छ ।
आज देशभर २ सय ३१ जनाको भेन्टिलेटर र आईसीयूमा उपचार भइरहेको छ । जसमध्ये २ सय १ जना आईसीयूमा र ३० जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयको तथ्यांक छ । मोरङ, सुन्सरी, सिराहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रूपन्देही जिल्लामा पाँच सयभन्दा बढी संक्रमित रहेका छन् भने मुस्ताङ, मुस्ताङ, डोल्पा, मुगुमा संक्रमण शून्यमा झरेको छ ।
आज देशभर १२ हजार २ सय ५ जनाको परीक्षण गर्दा १ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, आज देशभरबाट १ हजार ५७ जना डिस्चार्ज भएका छन् । आजसम्म १० लाख २१ हजार ५ सय ३ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ७७ हजार ८ सय १७ जनामा कोरोना पुष्टि भएको छ ।
संक्रमण पुष्टि भएका मध्ये हालसम्म ५६ हजार ४ सय २८ जना निको भएर घर फर्किएका छन् । संक्रमणमुक्त हुनेको दर ७२.५ रहेको छ । २० हजार ८ सय ९१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यीमध्ये १० हजार ८ सय ४ जना होम आइसोलेसनमा छन् भने १० हजार ८६ जना संस्थागत आइसोलेसनमा छन् ।
विराटनगर, ९ मंसिर प्रदेश १ मा मंगलबार ३ सय ६२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १ सय २५, सुनसरीमा १ सय १४, मोरङमा ८५, इलाममा ११ , संखुवासभामा तीन, पाँचथर, तेह्रथुम र उदयपुरमा...
विराटनगर, २ जेठ-मोरङको लेटाङमा छुरा प्रहार गरी शुक्रबार राति एक निर्माण व्यवसायीको हत्या भएको छ। लेटाङ-३ का १८ वर्षीय सुशील दर्जी र दिलबहादुर लिम्बूले लेटाङ नगरपालिका-३ का २२ वर्षीय रोमन राईको हत्या गरेको प्रहरीले बताएको...
९ असोज-नाइजेरियाको सेनाले बिहीबार दिएको जानकारी अनुसार सेप्टेम्बर महिनायता करिब २५० जना हतियारधारी मारिएका छन् । सेप्टेम्बर महिनायता कम्तीमा पनि २५० जना बन्दुकधारीहरु सेनाको कारबाहीमा परी मारिएका छन् । जनाइएअनुसार गएको सेप्टेम्बर महिना यतादेखि बिहीबारसम्मा...
काठमाडौं, पुस २ । आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा चुनावका लागि निर्वाचन आयोगले मतदान केन्द्र निर्धारण गरेको छ । प्रदेश-१ मा दुई र अन्य ६ वटा प्रदेशमा एक/एक वटा मतदान केन्द्रभित्र दुई/दुई वटा...
काठमाडौं, २८ कात्तिक-काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार २ सय ७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार संक्रमित पुष्टि हुनेमा ५ सय २६ महिला र ६...
विराटनगर, १० असोज । नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्र्तगत सुनसरीको इटहरीमा सम्पन्न अधिवेशनबाट हेमकर्ण पौडेल सभापतिमा विजयी हुनुभएको छ । निर्वाचनमा दुई प्यानल भएर चुनावी प्रतिस्पर्धा गरेका विकास केसीलाई ४२ मतको अन्तरले पौडेलले पराजित गर्दै...
विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले २ सय बढी कागतीका विरुवा रोपेको छ । क्लबले इक्राही स्थित एक फर्म हाउसमा २ सय वटा भन्दा बढी कागतीका विरुवा रोपेको हो । सेभ द इन्भाइरोमेन्ट, इकोनोमिक...
विराटनगर, १२ भदौ–सामाजिक क्षेत्रमा अग्रसर रहेको रोटरी क्लब अफ विराटनगर डाउन टाउनले विराटनगरस्थित बखरीमा स्वास्थ्य सामाग्री वितरण गरेको छ । अग्र भागमा खटिने प्रहरीको स्वास्थ्य सुरक्षाका लागि क्लबले बखरी प्रहरी चौकीमा स्वास्थ्य सामाग्री वितरण गरेको...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.