धरानमा उपचाररत एक कोरोना संक्रमित पुरूषको मृत्यु

 न्यूज विराट
धरानमा उपचाररत एक कोरोना संक्रमित पुरूषको मृत्यु

सुनसरी, १३ असोज-धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको सुनबर्सी–७ का ६८ वर्षीय पुरुषको मंगलबार बिहान ३ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

कोरोना संक्रमित ती पुरुषलाई नोबेल मेडिकल कलेज विराटनगरले धरान रिफर गरेको थियो । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनी नोबेल मेडिकल कलेजमा भर्ना भएका थिए ।

कोरोना परीक्षण गर्दा ५ असोजमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । स्वास्थ्य जटिल बन्दै गएपछि आईसीयूमा राखिएपनि अवस्थामा सुधार नआएपछि नोबेल मेडिकल कलेजले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरेको थियो ।

७ असोजमा प्रतिष्ठानमा भर्ना भएका उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिदै आएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । ६८ वर्षीय ती पुरुष उच्च रक्तचाप, मधुमेह, मिर्गौलाका बिरामी थिए ।

सम्बन्धित समाचार

‘सेलेब्रल पाल्सी डे’ को अवसरमा निःशुल्क दन्त परिक्षण शिविर

विराटनगर । ‘सेलेब्रल पाल्सी डे’ को अवसरमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनले निःशुल्क दन्त परिक्षण शिविर सञ्चालन गरेको छ । क्लबले वितगत ११ वर्षदेखि सञ्चालन गर्दै आएको सिपी डे केयर सेन्टरका बालबालिकाहरुको लागि दन्त परिक्षण...

नेपाल एयरलाइन्सको नियमित काम कार्बाही सञ्चालनमा

काठमाडौँ, १९ कात्तिक-राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को नियमित काम कार्बाही सञ्चालनमा आएको छ । गत चार महिनादेखि निगमले प्रक्रियागत एवम् संस्थागत निर्णय गर्न नसकेको अवस्थामा निगमका कार्यकारी अध्यक्ष नियुक्तिसँगै तत्काल गरिनुपर्ने आवश्यक विषयमा...

ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

कपिलवस्तुमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मंगलबार बिहान बुद्धभूमि नगरपालिका-३, रनगाईमा लु ४ त २४०२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा स्थानीय वर्ष ४८ की शिवकुमारी थारु र १६ वर्षीय फुल कुमारी...

न्युरो अस्पतालले सञ्चालनमा ल्यायो भेन्टिलेटर सहितको कोभिड अस्पताल

विराटनगर, १४ भदौ–प्रदेश १ मा पहिलो पटक, निजी क्षेत्रबाट भेन्टिलेटर सहितको कोभिड अस्पताल सञ्चालनमा आएको छ । झण्डै दुई दशक देखि संचालनमा रहेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटल को विस्तारित शाखा मदर एण्ड चाइल्ड अस्पताललाई...

लकडाउनको पालना र समाजिक दूरी कायम गर्न सभापति देउवाको अपिल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले घोषणा गरेको लकडाउनको पालना गर्न र समाजिक दूरी कायम गर्न अपिल गरेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन सरकारले लागू गरेका आदेशको पालना...

प्रदेश १ मा बाढीको वितण्डाः दुई हजार सात सय विस्थापित

विराटनगर, १५ असार । अविरल वर्षाका कारण आएको बाढीले प्रदेश १ मा सयौँ परिवार विस्थापित भएका छन् । हालसम्म बाढीका कारण दुई हजार सात सय ३४ जना विस्थापित भएका छन् । अविरल वर्षाका कारण आएको...

जुम्लामा क्वारेन्टाइनमा बसेका १ जनाको मृत्यु

सुर्खेत, २३ जेठ-जुम्लामा बिहीबार राती क्वारेन्टाइनमा बसेका १ वृद्धको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका-८ धुपी ढुस्का माध्यमिक विद्यालय तलिउमको क्वारेन्टाइनमा रहेका ६५ वर्षीय व्यक्तिको मृत्यु भएको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।...

मोटरसाइकल र प्रेमिकाको विषयमा विवाद हुँदा साथीको हत्या 

पोखरा, २ असार-पोखराका एक युवाको हत्या भएको रहस्य खुलेको छ । नयाँ मोटरसाइकल किनेको खुसियालीमा साथीहरूलाई पार्टी दिने क्रममा बाइक र प्रेमिकाका बारेमा बढेको विवादले उग्र रूप लिएपछि सँगै पार्टीमा रमाएका साथीहरूले नै अमित रसाइलीको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्