स्याङ्जा पहिरोमा ज्यान गुमाएका नौ जनाको सामूहिक दाहसंस्कार

 न्यूज विराट
स्याङ्जा पहिरोमा ज्यान गुमाएका नौ जनाको सामूहिक दाहसंस्कार

स्याङ्जा, ९ असोज-पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा सामूहिक दाहसंस्कार गरिएको छ । स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो ।

नौ जनालाई आठ वटा छुट्टाछुट्टै चिता बनाईएको थियो । ६ महीनाका बालकलाई १९ वर्षीया आमा बिनिता नेपालीसँगै एउटै चितामा राखेर दाहसंस्कार गरिएको नेपाल दलित संघ स्याङ्जाका अध्यक्ष लिलबहादुर रनपालले बताए ।

सबैजना एकैघरका भएकाले दागबत्ती दिने परिवारभित्रैको कोही पनि नभएपछि आफन्तमध्येका जीबलाल परियारले सबै जनालाई दागबत्ती दिएका थिए ।

‘पहिरोमा पुरिएर ज्यान गुमाएका सबैको शवलाई वालिङमा पोष्टमार्टम गरेर रामनदीधामस्थित कालीगण्डकी नदीमा अन्तिम दाहसंस्कार गरेका छौँ,’ अध्यक्ष रनपालले भने ।

एकै परिवारका नौ जनाको एकैपटक दाहसंस्कार गरिएको यो हृदयविदारक घटना नौलो भएको अध्यक्ष रनपालले बताए । दाहसंस्कारका लागि घाटमा पुगेका मलामी तथा आफन्तजन निक्कै भावविह्वल भएका थिए । घटनाले एकै परिवारका नौ जनाको ज्यान गएपछि अहिले गाउँ नै शोकमा डुबेको छ ।

पहिरोमा पुरिएर जीवितै उद्दार गरिएकी १६ वर्षीया मनिषा नेपालीको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ । मनिषाको सम्पूर्ण उपचार खर्च वालिङ नगरपालिकाले जिम्मा लिने वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताए । वालिङ नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि तथा घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

सम्बन्धित समाचार

क्रिकेटका ‘भीष्मपितामह’ नरेश श्रेष्ठको निधन

विराटनगर । नेपाल क्रिकेट संघ (क्यान) को सल्लाहकार नरेश श्रेष्ठको निधन भएको छ । विराटनगरका स्थायी बासिन्दा ७५ वर्षीय श्रेष्ठको शुक्रबार निधन भएको हो । आन्द्राको क्यान्सर, मधुमेह र उच्च रक्तचापबाट पीडित श्रेष्ठको काठमाडौंस्थित शिक्षण...

विराटनगरमा कोरोना संक्रमण बढ्दै गएपछि भीडभाड नगर्न महानगरको आग्रह

विराटनगर, १ साउन । पछिल्लो समय प्रदेश १ को राजधानी विराटनगरमा पुनः कोरोना संक्रमण बढ्दै गएको भन्दै महानगरपालिकाले स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ । महानगरपालिकाले सूचना जारी गर्दै महानगरवासीलाई कोभिड संक्रमण बढीरहेकले सचेत...

लिदी पहिरो : मृत्यु हुनेको संख्या १६ पुग्यो, २३ जना अझै बेपत्ता

सिन्धुपाल्चोक, ३१ साउन-बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लिदीमा शुक्रबार गएको पहिरो प्रभावित क्षेत्रमा राहत सामग्रीसहित घटनास्थलको अवलोकन गरेका छन् । मुख्यमन्त्री पौडेलसहित सामाजिक विकासमन्त्री युवराज दुलाल, उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, पूर्वमन्त्री शेरबहादुर...

काेराेनाविरूद्धका २ वटा बीमालेख जारी गर्ने बीमा समितिकाे निर्णय

बीमा समितिले कोरोना भाइरस (कोभिड १९) बाट रक्षावरण हुने गरी बीमालेख जारी गर्ने निर्णय गरेको छ ।हाल विद्यमान रहेको घातक रोगसरहको बीमालेखअनुसार हुनेगरी कोरोना भाइरससम्बन्धी बीमालेख जारी गर्न सबै निर्जीवन बीमा कम्पनीहरूको बीमा पुलमार्फत निर्देशन...

थप १०२४ जनामा कोरोना पुष्टि, २२०६ जना डिस्चार्ज

शनिबार थप १ हजार २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा १ हजार २४ जनामा कोरोना पुष्टि भएको छ । आज ६ हजार ७४...

जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन

काठमाडौं । यसवर्ष जनैपूर्णिमा र गाईजात्रा एकैदिन परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन परेको हो । आज बिहान ९ बजेर ४४ मिनेटदेखि नै पूर्णिमा सुरु हुने भोलि बिहान...

सशस्त्र प्रहरीका ३ एआईजीको सरुवा

काठमाडौं, २८ जेठ-सशस्त्र प्रहरीका ३ एआईजीको सरुवा भएको छ । मानवस्रोत तथा प्रशासन बिभागमा पुष्पराम केसी, सशस्त्र एकेडेमीमा नारायणबाबु थापा र कार्य तथा सिमा सुरक्षा बिभागमा रामशरण पौडेलको सरुवा भएको हो । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले...

शनिबार ५७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ३ साउन-नेपालमा शनिबार मात्रै ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोनासम्बन्धी नियमित पत्रकार सम्मेलनमा डा. जागेश्वर गौतमले देशका विभिन्न ठाउँमा गरिएको पीसीआर परीक्षणका क्रममा ५७ जनामा मात्रै कोरोना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्