जनताको सेवामा ध्यान दिन मन्त्री घिमिरेको आग्रह

 न्यूज विराट
जनताको सेवामा ध्यान दिन मन्त्री घिमिरेको आग्रह

विराटनगर, ७ असोज-। प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्वास्थ्यकर्मीलाई व्यक्तिगत चाहनालाई थाति राखेर जनताको सेवा गर्न आग्रह गरेका छन् । उनले अहिलेको परिस्थितिमा व्यक्तिगत इच्छा, चाहना भन्दा पनि जनताको सेवामा ध्यान दिन आग्रह गरे ।

झापाको अर्जुनधारा नगरपालिकामा शनिश्चरे अस्पतालको उद्घाटन गर्दै मन्त्री घिमिरेले सो आग्रह गरेका हुन् । स्वास्थ्यकर्मीका समस्या सरकारले संवोधन गर्ने उनले बताए । उनले भने,‘स्वास्थ्यकर्मीका समस्या समाधानका लागि सरकार तयार छ ।’ मन्त्रि घिमिरेले सरकारको निर्देशन अनुसार काम गर्न उनले स्वास्थ्यर्मीलाई आग्रह गरे ।

बुधबारदेखि सञ्चालनमा आएको १५ वेडको शनिश्चरे अस्पतालका लागि मानव संसाधन, भौतिक व्यवस्था, उपकरणको लागि प्रदेश सरकारले आवस्यक सहायता गर्ने मन्त्री घिमिरेले बताए । अस्पताल उद्घाटन कार्यक्रममा सामाजिक राज्यमन्त्री जसमाया गजमेर, अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानामगर लगायतले बोलेका थिए ।

यसैवीच अर्जुनधारामा सामाजिक विकास मन्त्री घिमिरे र स्वास्थ्यकर्मीवीच अन्र्तक्रिया पनि गरिएको छ । मन्त्री घिमिरेले स्वास्थ्यकर्मीका समस्याबारे जानकारी लिनुका साथै उनीहरुलाई आवस्यक निर्देशन पनि दिएका थिए ।

सम्बन्धित समाचार

भारतमा नयाँ संक्रमित घटे, ज्यान गुमाउने बढे

एजेन्सी, ३ माघ । भारतमा बितेकाे २४ घण्टामा २ लाख ५८ हजार ८९ जना काेराेना संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार याे संख्या अघिल्लाे दिनकाे तुलनामा १३ हजार ११३ ले कम हाे ।...

बीपीमा थप एक कोरोना संक्रमितको मृत्यु

विराटनगर, ६ कात्तिक-सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक संक्रमितको मृत्यु भएको छ । सुनसरीको इनरुवा –१ का ८३ वर्षीय वृद्धको बिहीबार बिहान २ बजे मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशीष श्रेष्ठले जानकारी...

प्रतितोला ९ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, १४ माघ ।सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेर ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन...

गलवान झडपपछि पहिलो पटक भारत र चिनियाँ सैनिक अधिकारीबीच वार्ता

एजेन्सी, असार ८-लद्दाखको गलवान उपत्यकामा भएको हिंस्रक झडपपछि पहिलो पटक भारत र चिनियाँ उच्च अधिकारीबीच वार्ता हुने भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भारत र चीनका बीच सोमबार माल्डोमा कमाण्डर लेभलमा वार्ता हुन लागेको हो...

स्रोत नखुलेको सात लाखसहित भारतीय पक्राउ

विराटनगर । स्रोत नखुलेको नेपाली ७ लाख रूपैयाँसहित प्रहरीले प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विराटनगरबाट शुक्रबार दिउँसो भारतको जोगवनी घर भएका ५० वर्षीय सुधीर श्रीवास्तवलाई पक्राउ गरेको हो ।इलाका प्रहरी कार्यालय...

चुच्चे नक्साबिना छापिएका पाठ्यपुस्तक जफत गरी प्रकाशकमाथि कडा कार्वाही गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं, जेठ २६ । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले चुच्चे नक्साको ठाउँमा पुरानो नक्सा छापेर बिक्रि गरेको पुस्तक जफत गर्न निर्देशन दिनुभएको छ । केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा...

‘ए’ डिभिजन लिगमा आज दशौं चरणको अन्तिम खेल

काठमाडौं, माघ २१–शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आजबाट दशौं चरणको अन्तिम खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा दिउँसो ३ बजे हुने खेलमा एनआरटी र फ्रेण्ड्सबीच प्रतिस्पर्धा हुनेछ । ९ खेलबाट १५ अंक जोडेको एनआरटी अंक तालिकामा...

टी –२० क्रिकेट प्रतियोगितामा आर्मी र कर्णाली फाइनलमा

विराटनगर । राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लव र कर्णाली प्रवेश गरेका छन् ।विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशको चुनौतीलाई ५ विकेटले पन्छ्याउँदै विभागिय टोली त्रिभुवन आर्मी क्लव फाइनलमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्