राशिफल

‘ए’ डिभिजन लिगमा आज दशौं चरणको अन्तिम खेल

 न्यूज विराट
‘ए’ डिभिजन लिगमा आज दशौं चरणको अन्तिम खेल

काठमाडौं, माघ २१–शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आजबाट दशौं चरणको अन्तिम खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा दिउँसो ३ बजे हुने खेलमा एनआरटी र फ्रेण्ड्सबीच प्रतिस्पर्धा हुनेछ । ९ खेलबाट १५ अंक जोडेको एनआरटी अंक तालिकामा सातौं स्थानमा छ । समान अंक भए पनि संकटा र जावालखेलभन्दा एनआरटी गोलअन्तरमा पछाडि छ । ९ खेलबाट ११ अंक जोडेको फ्रेण्ड्स १० औं स्थानमा छ।

फ्रेण्ड्सलाई पराजित गर्न सके एनआरटी १० अंक जोड्दै चौथो स्थानमा उक्लिनेछ । उता फ्रेण्ड्स विजयी भएमा अंक तालिकामा च्यासललाई पछि पार्नेछ । गत सिजन नन रेलिगेसन लिगमा अन्तिम भएको एनआरटीले यो सिजन २ अंक सुरुमै ऋण तिरेको थियो । ९ खेलबाट १७ अंक जोडे पनि २ अंक घटाइएको छ एनआरटीले यस सिजन ५ खेल जित्दा २ खेल बराबरी खेलेको छ। २ खेलमा भने एनआरटी पराजित भएको थियो । यस्तै, फ्रेण्ड्सले ३ जित २ बराबरी र ४ हारको नतिजा आत्मसाथ गरेको छ ।

एनआरटी र फ्रेण्ड्सबीचको खेलपछि लिगमा दशौं चरणका सबै खेल सकिनेछन् । १० खेलबाट २३ अंकसहित विभागीय टोली त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा छ । समान खेलबाट २२ अंक जोडेको मछिन्द्र क्लब दोस्रो स्थानमा छ । सोमबार भएको खेलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लब च्यासल युथ क्लबसँग पराजित भएपछि आर्मी र मछिन्द्रलाई फाइदा पुगेको छ । १० खेलबाट १९ अंकसहित मनाङ तेस्रो स्थानमा छ ।

सम्बन्धित समाचार

कोशी प्रदेशमा माओवादीका पूर्वाधार र पर्यटनमन्त्रीले दिए राजिनामा

विराटनगर । कोशी प्रदेशका माओवादीका दुई जना मन्त्रीले पदबाट राजिनामा दिएका छन् । भौतिक पूर्वाधार विकास मन्त्री दुर्गा प्रसाद चापागाइ र पर्यटन, वन तथा वातवरण मन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिएका हुन् । मंगलर माओवादीको...

कोशी प्रदेश सरकारलाई दिएको समर्थन माओवादीद्धार फिर्ता गर्ने निर्णाय, हिक्मत कार्कीको सरकार अल्पमतमा

विराटनगर । कोशी प्रदेश सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले समर्थन फिर्ता लिने निर्णाय गरेको छ । आज दिउँसो माओवादी केन्द्र कोशी प्रदेशको पदाधिकारीको बैठकले हिक्मत कार्कीको नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णाय गरेको हो...

कोशी प्रदेश सरकार छाडन आज औपचारिक निर्णय गर्दै माओवादी

विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । आज दिउँसो ११ बजे बस्ने संसदीय दलको बैठकले सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिने निर्णय गर्न लागेको हो ।...

माओवादी कोशी प्रदेश संसदीय दलको बैठक सुरू, समर्थन फिर्ताको सक्भावना

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठक सुरु भएको छ । आज सुरू भएको बैठकमा सरकारबारे छलफल हुने भएको हो । माओवादी कोशी प्रदेशका एक सांसदका अनुसार बैठकमा सरकार छाड्ने विषयमा छलफल...