चुनौतीको सामना गर्न राष्ट्रसंघलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्छ : ओली

 न्यूज विराट
चुनौतीको सामना गर्न राष्ट्रसंघलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्छ : ओली

काठमाडौं,  ६ असोज-प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसंघलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनु सबै सदस्य राष्ट्रहरुको सामूहिक दायित्व भएको बताएका छन् ।

राष्ट्रसंघ स्थापनाको ७५औँ वार्षिकोत्सवका अवसरमा गएराति न्यूयोर्कमा आयोजित उच्चस्तरीय बैठकलाई पूर्वअभिलेखित ‘भिडियो’ मार्फत सम्बोधन गर्दै उनले सो विश्व संस्था निरन्तरता र रूपान्तरणको दोसाँधमा रहेको बताए ।

राष्ट्रसंघ स्थापनाको ७५ औँ वार्षिकोत्सव शान्ति, समृद्धि र न्यायका निम्ति सामूहिक प्रतिबद्ध व्यक्त गर्ने अवसर भएको प्रधानमन्त्री ओलीले बताए ।

शान्ति–सुरक्षा, विकास र मानवअधिकारका क्षेत्रमा नेपाल र राष्ट्रसंघबीच बढ्दो साझेदारीप्रति सन्तुष्टि व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सो संस्थाको शान्ति स्थापनाका कार्यमा ६ दशकभन्दा बढी समयदेखि नेपालले व्यावसायिक एवं समर्पित सेवा उपलब्ध गराउँदै आएको बताए ।

नेपालको विकास प्रक्रियामा राष्ट्रसंघ प्रमुख साझेदार रहेको बताउँदै उनले भने, ‘हामी मानवअधिकारको रक्षा र प्रवर्द्धनका लागि सकारात्मकरूपमा योगदान गरिरहेका छौँ, सबै मानवअधिकार समान हुन् भन्ने हाम्रो मान्यता छ, तिनलाई समग्रतामा व्यवहार गर्नुपर्छ ।’

एकता, ऐक्यबद्धता र सहयोगको कुनै विकल्प नभएकाले एकता, ऐक्यबद्धता र सहयोगका मूल्यमान्यताप्रतिको प्रतिबद्धताप्रति सबै सदस्य राष्ट्रले आफूलाई  पुनर्पुष्टि गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले व्याख्यानमा नभई कार्यान्वयनमा जानुपर्ने खाँचो औँल्याए ।

सम्बन्धित समाचार

गुरुङलाई हटाउने प्रस्ताव र अध्यादेश पार्टी विभाजनको पूर्वाभ्यास : प्रचण्ड-माधव समूह

प्रमुख सचेतक देव गुरुङलाई हटाउने प्रस्ताव र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पार्टी विभाजनको पूर्वाभ्यास रहेको प्रचण्ड-माधव समूहले ठहर गरेको छ । स्थायी कमिटी बैठक चलिरहेको अवस्थामा संवैधानिक नियुक्तिमा एकलौटी गर्नका लागि जारी भएको अध्यादेश र प्रमुख...

अपडेट : धुम्बाराहीमा सचिवालय बहुमत सदस्यको बैठक सुरु

काठमाडौं, २५ कात्तिक-सत्तारुढ नेकपाभित्र विवाद चुलिएका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा बहुमत सदस्य सहभागी भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेताहरू भने साे बैठकमा गएका छैनन् ।  पार्टी कार्यालय धुम्बाराहीमा बैठक...

गोली हानी एक पुरुषको हत्या

चितवनमा मृत भेटिएका पुरुषको गोली हानी हत्या गरिएको खुलेको छ । भरतपुर महानगरपालिका–१७ सिमलडाडा नहरमा बिहीबार बिहान एक पुरुष मृत भेटिएको थिए । मृतकको सनाखत हुन भने बाँकी रहेको चितवन प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए ।...

आज ११ अन्तर्राष्ट्रिय उडान : स्वदेश फर्किए १ हजारभन्दा बढी नेपाली

काठमाडौं, २३ असार-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज ११ अन्तर्राष्ट्रिय उडान भएका छन् । विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धारका लागि गरिएका यी उडानमार्फत १ हजार १७७ नेपाली स्वदेश फर्किएका छन् । आज नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)...

बाँकेको नरैनापुरमा राति ८ बजेदेखि निषेधाज्ञा, सेना परिचालन गरिने

बुटवल, ११ जेठ-प्रदेश ५ को अति विकट मानिने बाँकेको नरैनापुरमा कोरोना संक्रमण रोकथामका लागि सेना परिचालन गरिने भएको छ । गाउँपालिकाले शनिबार मात्र कोरोना संक्रमण फैलिन सक्ने र स्थित भयावहक हुने भन्दै थप सुरक्षाकर्मी र...

क्वारेन्टाईनका लागि होस्टल एसोसिएसनले हजार बेड उपलब्ध गराउने

काठमाडौं, १ वैशाख-नेपालका होस्टल व्यवसायीहरूले सरकारलाई क्वारेन्टाईन स्थल निर्माणमा सहयोग गर्ने भएका छन् । नेपाल होस्टल एसोसिएसनका अध्यक्ष भक्ति पाठकद्वारा सोमबार जारी गरिएको शुभकामना मन्तव्य तथा सार्वजनिक आव्हानसहितको वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन् । 'हामीले...

शहीद सप्ताह सुरु

काठमाडौं, माघ १०–आजबाट शहीद सप्ताह सुरु भएको छ । मुलुकमा भएका राजनीतिक आन्दोलनका क्रममा जीवनको बलिदान गरेकाहरूको सम्झनामा शहीद सप्ताह मनाउने गरिन्छ । शहीदहरूको सम्झनामा प्रत्येक वर्ष १० माघदेखि १६ सम्म मनाउने गरिन्छ । राणा...

माघ ११ देखि विराट एक्स्पो हुने, २६८ स्टल रहने

विराटनगर । आठौं संस्करणको विराट एक्स्पो हुने भएको छ । उद्योग संगठन मोरङको आयोजनामा माघ ११ देखि २० गतेसम्म विराट एक्स्पो हुने भएको हो ।एक्स्पो तयारीबारेमा सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । आर्थिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्