कोरोना महामारीले १० प्रतिशत पत्रकार बेरोजगार

 न्यूज विराट
कोरोना महामारीले १० प्रतिशत पत्रकार बेरोजगार

काठमाडौं, ५ असोज-कोरोना महामारी र बन्दाबन्दीले १० प्रतिशत पत्रकार बेरोजगार भएका एक अध्ययन प्रतिवेदनले देखाएको छ । ९ प्रतिशतको तलब कटौती भएको र २० प्रतिशत पत्रकारले तलब पाउन सकेका छैनन् । एक तिहाइले चार महिनादेखि तलब पाउन नसकेको अध्ययनले देखाएको हो ।

नेपाल पत्रकार महासंघ र सेयरकास्ट इनिसिएटिभ नेपालको सहकार्यमा अनुसन्धानकर्ता मधु आर्चाय र भूमी चापागाईलगायतको समूहले सातै प्रदेशका दुई हजार आठ पत्रकारसँग  गरेको ‘पत्रकारिता क्षेत्रमा कोभिड- १९ को प्रभाव सर्वेक्षणको प्रारम्भिक नतिजा सार्वजनिक’ कार्यक्रममा सो जानकारी दिइएको हो ।

प्रतिवेदनका अनुसार ४० प्रतिशत बढी पत्रकारको पेशा तथा आम्दानीमा असर परेको छ । सो अवधिमा चार प्रतिशतले जागिर गुमाएका र ६ प्रतिशतले बेतलबी बिदामा राखिएको देखिएको छ । त्यस्तै, ७० प्रतिशत पत्रकारले महामारीका कारण समाचार संकलन र सम्प्रेषणमा असहजता भएको सो अध्ययनले देखाएको छ ।

कोरोना महामारी तथा बन्दाबन्दीले पारेको असरका कारण दुईतिहाई पत्रकारलाई आफ्नो दैनिक घरखर्च चलाउनमा समस्या परेको छ । समस्या परेका पत्रकारमध्ये ६१ प्रतिशत बचत उपयोग, ४५ प्रतिशत घरखर्च कटौती, ३७ प्रतिशतले ऋण लिएर काम चलाएका र १२ प्रतिशतले आफन्त र साथीभाइसँग सापटी लिएर खर्च चलाएको अध्ययनले देखाएको छ ।

पत्रकारमा मात्र नभई सञ्चारगृह सञ्चालक पत्रकारलाई पनि कोरोना र बन्दाबन्दीको असर परेको अध्ययनले देखाएको छ । आम्दानीमा कमी भएका कारण नियमित पारिश्रामिक भुक्तानी गर्न नसक्ने सञ्चारगृहको संख्या करिब १४ प्रतिशत छ । तीमध्ये धेरैले बन्दाबन्दी लागू भएदेखि नै तलब भुक्तानी गर्न सकेका छैनन् । तीन प्रतिशतभन्दा बढी सञ्चारगृहले खर्च व्यवस्थापनका लागि कर्मचारी कटौती गरेका छन् भने करिब सात प्रतिशतले आफ्ना कर्मचारीको तलब कटौती गरेको प्रतिवेदनमा छ ।

अध्ययनले महामारी र बन्दाबन्दीका कारण पत्रकारिता क्षेत्रको भविष्यमा पनि प्रभाव पर्न सक्ने देखिएको छ । ७.२ प्रतिशत पत्रकार तथा सञ्चारगृह सञ्चालक निराश छन् भने झण्डै ४० प्रतिशत पत्रकारिताको भविष्य के हुने भन्ने अन्यौलमा परेको देखाएको छ ।

महासंघका अध्यक्ष गोविन्दप्रसाद आचार्यले कोरोनाको महामारीका कारण सञ्चार क्षेत्रमा ठूलो असर परेको देखिएको हुनाले वास्तविकता ल्याउने उद्देश्यका साथ उक्त अध्ययन गरिएको जानकारी दिए । ‘धेरै पत्रकार बेरोजगार भएका छन्, घर खर्च चलाउन र परिवार धान्नै मुस्किल परेको छ’, अध्यक्ष आचार्यले भने, ‘पत्रकारले भोगेका वास्तविक समस्याको अध्ययन गर्न जरुरी भएको हुँदा यो अध्ययन गरिएको हो, यो प्रारम्भिक हो, अझै विस्तृत रुपमा अध्ययन गर्नुपर्छ ।’

महासंघका पूर्वअध्यक्ष शिव गाउँले महामारीका कारण विश्वभरी नै  परम्परागत सञ्चारगृहलाई असर गरेको उल्लेख गर्दै भने, ‘विश्वभरि नै परम्परागत मिडिया सञ्चालन गर्न समस्या भएको छ, अबको पत्रकारिता कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गर्न जरुरी छ ।’

महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालले महामारीका कारण धेरै पत्रकारको जागिर गएको र आगामी दिनमा अझ अवस्था जटिल हुने देखिएको बताए । पूर्व अध्यक्ष सुरेश आचार्यले सञ्चार गृहले पहिला कमाएर राखेको सम्पत्ति सञ्चारगृह सञ्चालन गर्न लगानी नगरेको उल्लेख गर्दै भने, ‘हिजो कमाएको अहिले खर्च गरेनन्, सञ्चारगृहको ल्याडस्केप परिर्वतन हुन्छ, त्यो पक्का हो, कोरोनालाई एउटा निहु बनाएर श्रमजीवी पत्रकारलाई तलब नदिने देखिएको छ ।’

आइतबार सर्वोच्च अदालतले श्रमजीवी पत्रकार ऐनअनुसार ठूला सञ्चारगृहले कल्याणकारी कोष खडा गर्ने सम्बन्धमा भएको प्रगति विवरण प्रत्येक दुई महिनामा बुझाउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो । – रासस

सम्बन्धित समाचार

बेपत्ताकाे खाेजीमा खटिएका प्रहरी चढेकाे डुङ्गा दुर्घटना, १ जना घाइते

काठमाडाैं, १ साउन-मेलम्ची खानेपानी आयोजनाको गेट फुटेर हराइरहेकाहरूकाे खाेजीमा खटिएकाे सशस्त्र प्रहरीको डुङ्गा दुर्घटनामा परेकाे छ ।मंगलबार दिउँसो मेलम्ची खानेपानी आयोजनाको अम्बाथान अडिटको १७ नम्बर गेट फुटेर निस्किएको पानीले २ जनालाई बेपत्ता पारेकाे थियाे । उनीहरूकाे खाेजीमा विपद्...

पोलियो दिवसमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वार सचेतना र्याली

विराटनगर, ९ कात्तिक । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विश्व पोलियो दिवसको अवसरमा विराटनगरमा सचेतना र्याली निकालेको छ । डाउनटाउनले अन्य चारवटा क्लबसहितको आयोजनामा सचेतना र्याली निकालेको हो ।रोटरी भवनबाट सुरु भएको र्याली मेनरोड हुँदै...

थप ३६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५ सय ८४ पुग्यो

काठमाडौं, १० जेठ-नेपालमा थप ३६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । देशका विभिन्न अस्पतलामा गरिएको पछिल्लो परीक्षण विवरणअनुसार थप ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता...

सीमा नाका खुल्ला गर्न माग गर्दै सीमा क्षेत्रमा धर्ना

विराटनगर, २० मंसिर–कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले बन्द गरेको नेपाल–भारत सीमा नाका खोल्नुपर्ने माग गर्दै सीमा क्षेत्रका स्थानीयले अनिश्चीत कालिन धर्ना सुरु गरेका छन् । नेपाल भारत खुल्ला सीमा सम्वाद समुहले भारतीय नाकासँग जोडिएको...

खुकुरी प्रहारबाट महिलाको मृत्यु, हत्यामा संग्लग्न पक्राउ

विराटनगर । सुनसरीको इटहरी उप–महानगरपालिका–१७ कि कमला तामाङको खुकुरी प्रहारबाट मृत्यु भएको छ । हिजो अपरान्ह ४ बजे इटहरी उप–महानगरपालिका–१७ मझौरा कि ३२ बर्षीया कमला तामाङलाई उनकै ज्वाई नाता पर्ने भोजपुर साल्पासिलिचोक ९ का ४९...

प्रधानमन्त्री‍ ओलीले डाके सर्वदलीय बैठक

काठमाडौं, १३ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दिउँसो सर्वदलीय बैठक बोलाएका छन् । मंगलबार अपरान्ह ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सर्वदलीय बैठक डाकिएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले सर्वदलीय बैठक...

इडेनबर्ग कलेजमा नवआगन्तुक विद्यार्थीको स्वागत

विराटनगर । विराटनगर–९ मा रहेको इडेनबर्ग कलेजले शनिबार एक विशेष कार्यक्रमको आयोजना गर्दै नवआगन्तुक विद्यार्थीलाई स्वागत र स्नातक विद्यार्थीलाई बिदाई गरेको छ ।२०६६ सालमा स्थापना भएको यस कलेजमा हाल १ हजार ३६५ जना विद्यार्थी अध्ययनरत...

विश्वराज पोखरेल एआईजीमा बढुवा

काठमाडौं, १५ मंसिर-नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन् । एआईजीमा बढुवासँगै पोखरेल अहिलेका प्रहरी महानिरीक्षक (आइजीपी) शैलेस थापा क्षेत्रीको अवकासपछि प्रहरी नेतृत्वमा प्रबल दाबेदार रहने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्