देशभर कोरोना संक्रमणबाट १० जनाको मृत्यु

 न्यूज विराट
देशभर कोरोना संक्रमणबाट १० जनाको मृत्यु

काठमाडौं, ४ असोज-गत २४ घण्टामा नेपालमा थप १० कोरोना संक्रमितको मृत्यु भएको छ । आज ६ महिला चार पुरुष गरी १० जना संक्रमितको निधन भएको हो ।  आज काठमाडौंका चार, ललितपुर, भक्तपुर, चितवन, रूपन्देही र पाल्लाका एकएक संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मृत्यु हुनेमा ४० देखि ८२ वर्ष उमेर समूहका छन् । 

पछिल्लो २४ घण्टामा देशभर एक हजार ३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ६४ हजार १ सय २२ पुगेको छ ।

उपत्यकामा मात्र आइतबार ७ सय ६७ जनामा कोरोना पोजिटिभ देखिएको छ । मन्त्रालयका अनुसार आज उपत्यकाको काठमाडौंमा २३० महिला ३७३ पुरुष गरी ६ सय २, भक्तपुरमा ४१ महिला ६० पुरुष गरी १०१ र ललितपुरमा ४३ महिला र ३० पुरुष गरी ६४ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

उपत्यका संक्रमण पुष्टि भएको यो संख्या अहिलेसम्मकै उच्च हो । शनिबार उपत्यकामा ७ सय ११ जनामा संक्रमण पुष्टि भएको थियो । आज देशभर ९ सय ६६ संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । योसहित कोरोना संक्रमणमुक्त हुनेको संख्या ४६ हजार २ सय ३३ पुगेको छ ।

सम्बन्धित समाचार

प्रदेश १ का चार सचिवको सरुवा

विराटनगर, १० भदौ–संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश १ का चार मन्त्रालयका सचिवहरुको सरुवा गरेको छ । बुधबार सहसचिवहरुको सरुवा गर्दा प्रदेश मन्त्रालयमा कार्यरत सचिवहरुको सरुवा भएको हो । प्रदेश १ का सचिवहरु मुख्यमन्त्री...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १५३ डिस्चार्ज, ८५ संक्रमित थपिए

विराटनगर, ३० कात्तिक–प्रदेश १ मा आइतबार १ सय ५३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होम आईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ९३१ पुगेको छ । प्रदेश १ मा...

जागरण अभियान चलाउने तेली अगुवाको प्रतिवद्धता

विराटनगर । तेली कल्याण समाजमा आवद्ध भएका अगुवाहरुले शहरदेखि गाउँसम्म जागर अभियान चलाउने प्रतिवद्धता जनाएका छन् । उनीहरुले सचेतना अभियानसँगै कानुन र नेतृत्व विकासको लागि जागरण अभियान सुरु गर्ने प्रतिवद्धता जनाएका हुन् । तेली कल्याण...

भन्सार एजेन्टको परीक्षा तालिका सार्वजनिक

काठमाडौं, २६ माघ । विज्ञापनको झन्डै एक वर्षमा भन्सार एजेन्टको परीक्षा हुने भएको छ । भन्सार विभागले गत १६ चैतमा ६ सय ६० जना नयाँ भन्सार एजेन्टका लागि दरखास्त आह्वान गरेको थियो । तर, २९...

विराटनगरमा ‘सुन्ने कि थुन्ने बहस’ : निजी क्षेत्र हतोत्साहित बनाउने कानुन संशोधनको माग

विराटनगर । पछिल्लो समय उद्योगी व्यवसायीका कुरै नसुनी कसुर पुष्टि नभई राज्यले उद्योगी व्यवसायीलाई पक्राउ गरेर हतोत्साहित गरेको भन्दै सुनसरी–मोरङ औद्योगिक क्षेत्रका सरोकारवालाले चिन्ता जनाएका छन् । उद्योग संगठन मोरङले ‘सुन्ने कि थुन्ने’ आर्थिक बहसमा उनीहरुले...

लैंगिक हिंसा रोकथाम र नियन्त्रणका लागि सबैको सहकार्य आवश्यक छ : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले हिंसापीडित महिलाहरुलाई सहयोग गर्न महानगरले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताएका छन् ।लैंगिक विभेद आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाअन्तर्गत एवीसी नेपालले मंगलबार आयोजना गरेको सरोकारवालासितको छलफलमा मेयर कोइरालाले...

सरकारको बेवास्तापछि संक्रमित बोकेका एम्बुलेन्स चालक आफैँ पुगे स्वास्थ्य केन्द्र

बुटवल, ८ जेठ-गुल्मी मदाने गाउपालिका-६ पुर्कोट दहका ४१ वर्षीय पुरुष कोरोना भाइरस संक्रमणबाट मृत्यु भयो । उनको उपचारका क्रममा क्रिमशन अस्पतालमा मृत्यु भएको थियो । तर, १ चैतमा संक्रमित पुरुषलाई अर्घाखाँचीबाट अस्पतालसम्म ल्याउने एम्बुलेन्स चालकलाई भने...

एनसीडिए कोशी प्रदेशका अध्यक्षका उम्मेदवार धनराज काफ्लेका यस्ता छन् चुनावी प्रतिवद्धता

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) कोशी प्रदेशको माघ २६ र २७ गते हुने निर्वाचनमा धनबहादुर काफ्लेका समूहले चुनावी प्रतिवद्धता घोषणा गरेका छन् । एनसीडिए कोशी प्रदेश अध्यक्षका उम्मेदवार काफ्लेको समूहले चुनावी घोषणा पत्र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्