संविधान संशोधनका लागि खुला दिमाग राखौँ : प्रधानमन्त्री ओली

 न्यूज विराट
संविधान संशोधनका लागि खुला दिमाग राखौँ : प्रधानमन्त्री ओली

काठमाडौं, २ असोज-प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने बताएका छन् । ‘अ ट्रिटिज अन दि कन्स्टिच्युसन अफ नेपाल २०१५’ पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले स्थिरता र स्थायित्वका नाममा संविधान संशोधन नरोकिने बताएका हुन् ।

व्यावहारिक रूपमा संविधान अपूर्ण रहेको देखिएमा संविधानको संशोधन गर्न सकिने उनको भनाई छ । जनताको आवश्यकता र समयको मागअनुसार परिवर्तनको गतिलाई अगाडि बढाउन पनि संशोधन आवश्यक पर्न सक्ने प्रधानमन्त्री ओलीले बताए ।

‘केही केही व्यवहारका क्रममा भोलि गएर अपूर्णता पनि देखिएला । जनताको आवश्यकतालाई समयको मागअनुसार परिवर्तनको गतिलाई अगाडि बढाउनका लागि न्याय, समानता वा विकासलाई यथोचित ढंगले परिमार्जन गर्न संविधान संशोधन हुन आवश्यक पर्न सक्छ । त्यस्तो पर्‍याे भने संविधान संशोधन हुन्छ । यो अपरिवर्तनशिल र असंशोधनीय चिज होइन । स्थिरता र स्थायित्वका नाममा अपरिवर्तनशिल विषय होइन,’ प्रधानमन्त्री ओलीले भने ।

संविधान दिवसको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले प्रणालीगत, संरचनागत र कानुनी पक्षका हिसाबले पनि जनता र देशको आवश्यकताअनुसार संशोधन गर्न सकिने बताए । उनले आवश्यक देखिएमा संविधान संशोधनका लागि सबै तयार हुनुपर्ने बताए । उनले भने, ‘संविधान संशोधनका लागि हामी सबै खुला दिमाग राखेर बिना बहकाउ तयारी रहनुपर्छ ।’

पाँचौ संविधान दिवसको अघिल्लो दिन प्रधानमन्त्री ओलीले ६४६ पृष्ठको ‘अ ट्रिटिज अन दि कन्स्टिच्युसन अफ नेपाल, २०१५’ पुस्तक विमोचन गरेका हुन् ।

सम्बन्धित समाचार

विराट गोल्डकप, फाइनल यात्राको लागि आज पुलिस र चर्च ब्वाइज भिड्दै

विराटनगर । ९ औं संस्करणको रमपम विराट गोल्डकपको दोस्रो क्वाटरफाइनल खेल आज सझ साढे ६ बजे सुरु हुँदैछ । विराटनगर सहिद मैदानमा विभागीय टिम नेपाल पुलिस क्लब र सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च...

मिल्स गोल्डकप सुरु, धुव्रतारा क्लब झापा सेमिफाइनलमा

विराटनगर । तेस्रो संस्करणको मिल्स गोल्डकप प्रतियोगिताको उद्घाटन खेलमा झापाको ध्रुवतारा स्पोर्टिङ क्लब विजयी भएको छ । विराटनगर जुट मिल्सको खेल मैदानमा शनिबार भएको उद्घाटन खेलमा सडेन डेथको आधारमा झापाले सुनसरीको शान्तिनगर फुटबल क्लबलाई १०–९...

तुलसी सहकारीको घोटला गरेको रकम ३३ कम्पनीमा, अध्यक्ष केदरनाथा शर्माको कुन कम्पनीमा कति लगानी ?

विराटनगर । बचतकर्ताहरूले राखेको करोडौं रूपैयाँ अपलचन गरी तुलसी बहुउद्देश्य सहकारीका अध्यक्ष केदारनाथ शर्माले ३३ वटा निजी कम्पनी र जग्गामा लगानी गरेको पाइएको छ । मोरङ प्रहरीले गरेको अनुसन्धान र लेखा परीक्षण प्रतिवेदन अनुसार शर्माले...

५२ प्रतिशत कोरोना संक्रमित होम आइसोलेशनमा

कर्णाली,  ५ असोज-कर्णाली प्रदेशमा ५२ प्रतिशत कोरोना भाइरसका संक्रमित होम आइसोलेशनमा बसेका पाइएको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाले प्रदेशका ४ सय ५२ जना सक्रिय संक्रमित मध्ये  २ सय ३७ जना  अर्थात ५२ प्रतिशत संक्रमित...

नापोलीले जित्यो कोपा इटालियाको उपाधि, युभेन्टस टाइब्रेकरमा पराजित

एजेन्सी, असार ४-नापोलीले कोपा इटालियाको उपाधि जितेको छ । गएराति भएको खेलमा युभेन्टसलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै नापोलीले उपाधि जितेको हो । फाइनल खेलको निर्धारित समयको खेलमा दुवै तर्फबाट गोल नभएपछि भएको टाइब्रेकरमा नापोली ४–२...

मीरगञ्ज पुल संचालनमा आयो,  उद्योगी व्यवसायी उत्साहित

विराटनगर । भारतको मीरगञ्जको परमान नदीमाथि पक्की मोटरेबल पुल बनेपछि भारतीय पक्षले एक बर्ष पछि आधिकारिक रुपमा शुक्रबार सुचना जारी गर्दै पुलबाट आवतजावत गर्न सकिने अनुमति दिएको छ ।मोरंग ब्यापार संघको पहलमा दुवै देशका नेता...

काठमाडौं उपत्यकामा थपिए आज ४०४ कोरोना संक्रमित

बिहीबार काठमाडौं उपत्यकामा ४ सय ४ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । संक्रमित हुनेमा १ सय ६० महिला र २ सय ४४ जना पुरुष रहेका छन् । आज काठमाडौंका ३ सय २८, भक्तपुरका...

इन्धनको मूल्य घट्दैन :आयल निगम

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाउने भएको छ । मंगलबार भारतबाट इन्धनको मूल्य घटेर आएपनि निगमले पत्रकार सम्मेलन गरेर नेपालमा मूल्य नघट्ने जानकारी दिएको हो । निगमको मासिक घाटा तथा ईण्डियन आयललाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्