झापामा हात्ती धपाउन घरेलु प्रविधिको बन्दुकको प्रयोग बढ्दै

 न्यूज विराट
झापामा हात्ती धपाउन घरेलु प्रविधिको बन्दुकको प्रयोग बढ्दै

झापा,  २ असोज-झापामा जङ्गली हात्ती धपाउन क्याल्सियम कार्बाइड प्रयोग गरेर पड्काइने घरेलु प्रविधिको बन्दुकको प्रयोग बढेको छ । गोली र बारुद प्रयोग नहुने यो प्रविधिको सस्तो र सजिलो बन्दुकले भयङ्कर आवाज मात्र निकाल्ने भएको हुँदा जङ्गली हात्तीको आतङ्क खेप्दै आएका स्थानीय समुदायमा यसको प्रयोग बढेको हो ।

भद्रपुर–२ का अनिल प्रधान र विर्तामोड–६ का रोहित लिम्बूले हात्ती धपाउने नयाँ प्रविधिको घरेलु बन्दुकको निर्माण गर्दै आएका छन् । जिल्ला वन कार्यालय झापाले समेत यसको प्रयोग गर्दै आएको छ ।

युट्युबबाट विभिन्न प्राविधिक ज्ञान लिएर स्थानीयरूपमा उपलब्ध सामग्री प्रयोग गरी निर्माण गरिएको सो बन्दुकको आवाज सुनेर जङ्गली हात्ती डराएर भाग्ने बन्दुकका निर्माणकर्ता लिम्बूको दाबी छ ।

प्लास्टिकको ठूलो आकारको पाइप, क्याल्सियम कार्बाइड, सुपरग्लु, फलामको काँटीलगायतका सामग्रीले निर्मित बन्दुकबाट निस्कने आवाजले हात्ती र बन्दुक पड्काउने व्यक्तिलाई शारीरिक क्षति नहुने जिल्ला वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताए ।

बिहीवार वडाका जनप्रतिनिधि, सामुदायिक वनका पदाधिकारी र पत्रकारहरुको उपस्थितिमा निर्माणकर्ता लिम्बूले बन्दुकको परीक्षण गरेर देखाएका थिए ।

स्थानीय निचाझोडा जङ्गलबाट शेर्मा टोलमा पसेको हात्तीलाई सोही बन्दुक पड्काएर सफलतापूर्वक धपाइएको उनले जानकारी दिए ।बन्दुकको निर्माणमा खासै धेरै खर्च नहुने निर्माताहरुको भनाइ छ । भद्रपुरका अनिल प्रधानले ४ हजारमा एउटा बन्दुक बनाउन सकिने बताए । विर्तामोडका लिम्बूले त्योभन्दा सस्तोमा निर्माण गर्न सकिने दाबी गरे । ।

जिल्ला वन कार्यालय झापाले जङ्गली जनावर धपाउन यस्तो प्रविधिको बन्दुकको प्रयोग हुँदै आएको र हात्तीपीडित समुदायलाई यसको प्रयोगमा प्रोत्साहित गर्दै आएको कार्यालयका प्रमुख घिमिरेले बताए । पश्चिम नेपालतिर बाँदर धपाउन धेरै पहिलेदेखि यस्तो प्रविधिको सफल प्रयोग हुँदै आएको उनको भनाइ छ । हात्ती धपाउन यसअघि टुङ, सुरुङ, हात्तीबार, मौरीपालन, सौर्य विद्युतीय घेराबेरा, ड्रोनलगायतका विभिन्न उपायको प्रयोग हुँदै आएको छ । -रासस

सम्बन्धित समाचार

ट्रक व्यवसायी संघमा चुनाव नगराउने षड्यन्त्र, उच्च अदालतले दियो अल्पकालीन आदेश

विराटनगर । विराटनगर ट्रक व्यवसायी संघलाई साधारण सभा तत्काललाई नगर्नु नगराउनु भनी उच्च अदालत विराटनगरले संघका नाउँमा अल्पकालीन आदेश जारी गरेको छ । निवेदक मेघराज सिग्देल सहितले उच्च अदालत विराटनगरमा विपक्षी विराटनगर ट्रक व्यवसायी संघका...

प्रदेश १ : कोरोना रोकथाम र नियन्त्रणमा भएको खर्च सार्बजनिक

विराटनगर, असार ९–प्रदेश–१ को सरकारले कोरोना नियन्त्रण तथा रोकथाममा भएको खर्च सार्वजनिक गरेको छ । खर्च सार्वजनिक गर्न माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सोमबारको प्रदेश सभा वैठक अबरुद्ध पारेपछि प्रदेश सरकारले खर्च विवरण...

गृहले ल्यायो क्वारेन्टाइनबाट भागे तत्काल प्रहरीलाई खबर पुग्ने ‘एप’

संक्रमणको सम्भावना भई क्वारेन्टाइनमा रहेको व्यक्ति भागेको खण्डमा तत्काल प्रहरीलाई खबर हुने मोबाइल एप सञ्चालनमा आएको छ ।सरकारले क्वारेन्टाइनमा राखेका व्यक्ति आफ्नो ठाउँ छाडेर अन्यत्र गएको अवस्थामा तत्काल प्रहरी र सम्बन्धित निकायलाई खबर दिने विशेषतासहितको...

खानेपानीको संरक्षण र समोचित उपयोगमा जोड

विराटनगर । खानेपानीको संरक्षण र समोचित उपयोगका लागि उपभोक्ता तथा सरोकारवालाहरुको सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । कोशी प्रदेश खानेपानी तथा सरसफाई विधेयकको मस्यौदामाथि सोमबार विराटनगरमा भएको छलफल कार्यक्रममा सरोकारवालहरुले यस्तो बताएका हुन् ।छलफलका...

एनबीएससीसँग नेपाल पुलिस स्तब्ध, फाइनलमा आर्मी र एनबीएससी भिड्दै

विराटनगर । प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा घरेलु टिम एनबीएससी फाइनलमा पुगेको छ । विभागीय टिम नेपाल पुलिसलाई ४ रनले स्तब्ध पार्दै एनबीएससी फाइनलमा पुगेको हो । एनबीएससीले लगातार तेस्रो जित निकाल्दै...

इप्रका रानीद्धारा तस्करीको माछा बरामद

विराटनगर । भारतदेखि अवैध रुपमा चोरी तस्करी भएर आएको माछा प्रहरीले बरामद गरेको छ । इलका प्रहरी कार्यालय रानी विराटनगरले अवैध रुपमा आयत गरिएको माछा बिराटनगर १६ दरैया स्थित उखुबारीबाट बरामद गरेको हो । भारत...

मनकामना केबुलकार चैत मसान्तसम्म बन्द

विश्वव्यापी फेलिएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै मनकामना केबुलकार व्यवस्थापकले सेवा बन्द गराएको छ ।केबुलकार व्यवस्थापन पक्षले कोरोना भाइरसबाट सजक हुने र आवश्यक तयारी गर्न भन्दै आगामी शनिबारदेखि चैत मसान्तसम्म केबलकार बन्द हुने भएको हो...

१० दिनमा १ लाख ७१ हजार ४८६ जनाले लगाए काेभिड भ्याक्सिन

काठमाडौं, २४ माघ । कोरोनाविरुद्ध पहिलाे चरणकाे खोप अभियान आज सकिँदैछ । १४ माघदेखि सुरु अभियान एघाराैँ दिनमा सकिन लागेकाे हाे । १०औँ दिनसम्म देशभरका २ सय १ खोप केन्द्रबाट १ लाख ७१ हजार ४ सय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्