शनिबारसम्म अधिकांश स्थानमा वर्षाको सम्भावना

 न्यूज विराट
शनिबारसम्म अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं, २ असोज-मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले भोलिसम्म देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै प्रदेश-१, २, ५, वाग्मती, गण्डकी र सुदूरपश्चिमप्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

मनसुनी न्युनचापीय रेखाको प्रभावले देशको अधिकांश भूभागमा वर्षा भइरहेको मौसमविद् शान्ति कँडेलले बताइन् । ‘यो क्रम शनिबारसम्म कायम रहन्छ, यो अवधिमा आकाश खुल्ला भई घाम लाग्ने सम्भावना छैन, राति र बिहानीपख वर्षा हुनेछ, दिउँसोको समयमा वर्षा रोकिए पनि बदली नै रहनेछ,’ उनले भनिन् ।

मनसुन बाहिरिने औसत समय २३ सेप्टेम्बर भए पनि यस वर्ष ढिलो गरी मनसुन बाहिरिने मौसमविद्को भनाइ छ । हाल देशभर सामान्य बदली रही हरेक प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्युनतम तापक्रम १९ दशमलव छ र अधिकतम तापक्रम २७ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्युनतम तापक्रम १६ डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३३ दशमलव छ डिग्री सेल्सियस रहेको छ । रासस 

सम्बन्धित समाचार

पछिल्लो २४ घण्टामा मोरङमा १९५ सहित प्रदेश १ मा ४८१ संक्रमित थपिए

विराटनगर, १ कात्तिक–कोरोना संक्रमणबाट प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । झापामा तीन, मोरङ र सुनसरीमा एक÷एक जनाको मृत्यु भएको हो । योसँगै प्रदेश १ मा मृत्यु हुनेको संख्या...

गाउँपालिका अध्यक्षमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग

काठमाडौं, ३ साउन-गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले मोरङ जिल्ला केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि कार्यकक्षमै आक्रमण गर्नेलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ । महासङ्घका महासचिव वंशलाल तामाङले आज विज्ञप्ति जारी गरी शुक्रबार गाउँपालिकाको कार्यालयमा...

युवतीमाथि तेजाब प्रहार

काठमाडौं, साउन ८-काठमाडौंको सीतापाइलामा युवतीमाथि तेजाब प्रहार भएको छ । बिहीबार साँझ सीतापाइलामा ओखलढुङ्गाकी २२ वर्षीया पवित्रा कार्कीमाथि तेजाब प्रहार भएको महानगरीय प्रहरी परिसरले जनाएको छ। परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार उनलाई अहिले कीर्तिपुर...

बुद्धोदय सहकारीको मुनाफा २४ लाख ३७ हजार

विराटनगर । विराटनगर – ३ मा रहेको बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लि. को आर्थिक वर्ष २०७९/ ०८० मा २४ लाख ३७ हजार ७ य ७२ रुपैयाँ मुनाफा गरेको छ ।विराटनगरमा सोमबार भएको सहकारीको...

वायु प्रदुषण मापन मेशिन जडान

विराटनगर, १४ साउन–प्रदेश नं.१ को विराटनगरमा पहिलो पटक वायु प्रदुषण मापनको डिस्पले स्थाना गरिएको छ । खास गरी वायुमा हुने प्रदुषणको अवस्था देखाउन र यसबाट बच्न र बचाउन साबधानी अपनाउ यो डिस्प्लेले मद्दत गर्ने भनिएको...

नेपाल प्रहरीको एआईजीमा कार्की र शाही सिफारिस 

काठमाडौं, ३१ असार -नेपाल प्रहरीका २ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । रिक्त २ एआईजी पदको लागि डीआईजी प्रधुन्न कार्की र निरजबहादुर शाही सिफारिस भएका हुन्...

पत्रकार राजेश राजवंशीालई पितृ शोक

विराटनगर । पत्रकार राजेश राजवंशीलाई पितृ शोक परेको छ । उनका ७४ वर्षीय जाबुनलाल मण्डल राजवंशीको सोमबार विहान ५ बजे मोरङको जहदा गाउँपालिका २ हरिनगरामा निधन भएको हो । उनको सोमबारनै राजवंशी सामुदायको संस्कृति अनुसार...

नोबेलको विषय गम्भिररुपमा लिएको छु, समस्या समाधानका लागि पहल गर्छुः मन्त्री कार्की

विराटनगर, २० पुस । प्रदेश नं. १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सरकारले जनतामा निरासा हुन नदिने बताउनुभएको छ । मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारले शासक होइन जनताको सेवक भएर काम...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्