शंकास्पद मृत्युको कोरोना परीक्षण नगर्ने निर्णय फिर्ता गर : कांग्रेस

 न्यूज विराट
शंकास्पद मृत्युको कोरोना परीक्षण नगर्ने निर्णय फिर्ता गर : कांग्रेस

काठमाडौं, १ असोज-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शंकास्पद मृत्युको कोरोना परीक्षण नगर्ने निर्णय अविलम्ब फिर्ता लिन सरकारसँग माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जार्दै शंकास्पद मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्ने सरकारको पछिल्लो निर्णय गलत रहेको उल्लेख गर्दै फिर्ता लिन आग्रह गरेका छन् ।

कांग्रेसले निर्णय तत्काल फिर्ता लिएर गहिरो विश्लेषण र गम्भीर सुझबुझका साथ मात्रै यस्ता संवेदनशील विषयमा निर्णयमा पुग्न सरकार र सम्बन्धित निकायलाई आग्रहले आग्रह गरेको छ ।नागरिकको आलोचनाबाट जोगिने उपायको खोजीमा नभइ कोरोनाबाट नागरिकलाई जोगाउने रणनीतिको विकासमा गर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने कांग्रेसको आग्रह छ ।

‘शंकास्पद मृत्युमा कोरोना परीक्षण नगर्ने निर्णय गरिरहँदा त्यससँग गाँसिएका गम्भीर सैद्धान्तिक र व्यावहारिक प्रश्न नजरअन्दाज नगर्न हामी सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ’ विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित समाचार

कोटेश्वरमा प्रचण्ड–नेपाल छलफल सकियाे

काठमाडौं, १६ वैशाख-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र जारी आन्तरिक शक्ति संघर्ष जारी रहँदा मंगलबार (आज) नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधव नेपाल नेपालबीच डेढ घन्टा वान इन वान वार्ता भएको छ...

बीपी प्रतिष्ठानमा थप दुई संक्रमितको मृत्यु

विराटनगर, १ कात्तिक-सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड अस्पतालमा शुक्रबार साँझ झापा र सुनसरीका एक/एक संक्रमितको मृत्यु भएको हो ।   प्रतिष्ठानको कोभिड अस्पतालमा २९...

राजदूतहरूको १ महिनाको तलब कोरोना उपचार कोषमा

काठमाडौं, ३० चैत-मध्यपूर्व तथा खाडी देशमा खटिएका ९ जना नेपाली राजदूतले आफ्नो १ महिनाबापतको तलब कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् । इजरायल, इजिप्ट, ओमान, कतार, कुवेत, पाकिस्तान र...

कोशी प्रदेशको सरकार गठन असंवैधानिक भन्दै एमालेले सर्वोच्चमा हाल्यो रिट

विराटनगर । कोशी प्रदेशमा असंवैधानिक तरिकाले नयाँ सरकार गठन भएको भन्दै नेकपा एमालेले शुक्रबार सर्वोच्च अदालतमा रिट हालेको छ । सरकार गठनमा गठबन्धनले सभामुख बाबुराम गौतमको प्रयोग गरेपछि त्यसविरुद्ध एमाले सर्वोच्च पुगेको हो । एमाले...

हिसान स्पोर्टस मिटमा चार कलेज विजयी

विराटनगर । ११ औ संस्करणको हिसान स्पोट्र्स मिट अन्तर्गत भएको क्रिकेट र फुटबल प्रतियोगितामा चार कलेज विजयी भएका छन् ।मंगलबार भएको क्रिकेटमा अर्किड कलेज र सगरमाथा कलेज तथा फुटबलमा मोर्डन एरा कलेज र सिटी कलेज...

शुन्दरहरैँचामा भयंकर दुर्घटना, हायस र मोटरसाईकल दुर्घटनाबाट २ जनाको मृत्यु

विराटनगर, २३ फागुन । मोरङ सुन्दरहरैचा नगरपालिका-७ गोठगाऊ स्थित पुर्व-पश्चिम राजमार्गमा हाईस र मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको छ । आज मध्य राती पौने १ बजे बा४ ख...

प्रेस काउन्सिलको कावा अध्यक्षबाट श्रेष्ठलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, ३ भदौ-सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई नहटाउन अन्तरिम आदेश दिएको छ । सरकारले श्रेष्ठलाई कार्यवाहक अध्यक्षबाट हटाएर गत सोमबार पोखराकी दुर्गा भण्डारी पौडेललाई कार्यवाहक अध्यक्ष नियुक्त गरेको थियो । सरकारले...

प्रदेश २ मा ३ हजार ७ सय ३७ जनामा कोरोना संक्रमण

जनकपुरधाम, २२ असार-प्रदेश २ मा पछिल्लो २४ घण्टामा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार महोत्तरीमा २० जना, सर्लाहीमा ८ जना र धनुषामा १ जनामा संक्रमण देखिएको हो । सोमबार संक्रमण पुष्टि भएकाहरूमध्ये...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्