राजदूतहरूको १ महिनाको तलब कोरोना उपचार कोषमा

 न्यूज विराट
राजदूतहरूको १ महिनाको तलब कोरोना उपचार कोषमा

काठमाडौं, ३० चैत-मध्यपूर्व तथा खाडी देशमा खटिएका ९ जना नेपाली राजदूतले आफ्नो १ महिनाबापतको तलब कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् ।

इजरायल, इजिप्ट, ओमान, कतार, कुवेत, पाकिस्तान र बहराइन, साउदी अरब र यूएईका नेपाली राजदूतले आफ्नो १महिनाबापतको तलब सरकारले स्थापना गरेको उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले जानकारी दिए ।

कतारका लागि नारदनाथ भारद्वाज, इजरायलका लागि डा. अञ्जना शाक्य, इजिप्टका लागि झवीन्द्रप्रसाद अर्याल, ओमानका लागि शर्मिला पराजुली ढकाल, कुवेतका लागि दुर्गाप्रसाद भण्डारी, पाकिस्तानका लागि सेवा लम्साल, बहराइनका लागि सुन्दास, यूएईका लागि कृष्णप्रसाद ढकाल र साउदी अरबका लागि महेन्द्रप्रसाद सिंह राजपुतले १ महिनाको तलब राहत कोषमा जम्मा गरिदिने निर्णय गरेका हुन् । रासस

सम्बन्धित समाचार

विद्युतिय व्यवसायी महासंघको महासचिबमा गोपाल अग्रवाल

विराटनगर । नेपाल विद्युतिय व्यवसायी महासंघका महासचिब गोपाल अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । महासंघको शनिबार काठमाडौंमा सम्पन्न १३औं साधारण सभा तथा ५औं अधिवेशनबाट अग्रवाल सर्वसम्मत रुपमा महासचिवमा निर्वाचित भएका हुन् ।अग्रवाल विराटनगरका यूवा व्यवसायी...

कपनबाट डेढ लाख थान मास्क बरामद

काठमाडौं, चैत २–प्रहरीले काठमाडौंको कपन क्षेत्रबाट १ लाख ५० हजार थानभन्दा बढी मास्क बरामद गरेको छ । महानगरीय प्रहरी परिसरका डीएसपी होवीन्द्र बोगटीका अनुसार कालो बजारीका लागि स्टक गरिएका डेढ लाखभन्दा बढी मास्क बरामद गरिएको...

रोटरी क्लब अफ विराटनगर डाउन टाउनको अध्यक्षमा संचिता जैन

विराटनगर, १७ असार । रोटरी क्लब अफ विराटनगर डाउन टाउनको अध्यक्षमा संचिता जैन चयन भएकी छन् । २०२१/०२२ का लागि जैन अध्यक्षमा चयन भएकी हुन् । दीप्ती तोदीको कार्यकाल सकिएपछि जैनले रोटरी क्लब अफ विराटनगर...

महाअभियोग चुनाव सार्ने षडयन्त्र हो : एमाले सचिव विष्ट

रुपन्देही । नेकपा एमालेका सचिव गोकर्ण विष्टले प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाविरुद्ध ल्याइएको महाअभियोग प्रस्ताव निर्वाचन सार्ने षडयन्त्र भएको बताएका छन् । गठबन्धन सरकार संवैधानिक अराजकता र राजनीतिक अस्थिरता पैदा गर्न लागेको उल्लेख गर्दै पूर्वमन्त्री विष्टले महाअभियोगको...

पीसीआर मेसिनले दियो गलत रिपोर्ट, जनकपुर अस्पतालमा स्वाब परीक्षण स्थगित

जनकपुरधाम, १२ वैशाख-प्रादेशिक अस्पताल जनकपुरधाममा गरिँदै आएको स्वाब परीक्षणको कार्य स्थगित गरिएको छ । स्वाब परीक्षण गर्ने मेसिनमाथि नै शंका उत्पन्न भएपछि पीसीआर परीक्षण कार्य स्थगित गरिएको हो । सर्लाहीका १४ वर्षीय किशोरमा पीसीआर चेकजाँच...

प्रेस युनियनद्धारा पत्रकारका समस्याबारे सरकारको ध्यानाकर्षण

विराटनगर, साउन ३१–काभिड–१९ को महामारीका बेला पत्रकार र संचार संस्था समस्यामा परेको भन्दै नेपाल प्रेस युनियनले सरकार तथा सरोकारवालासँग ९ सुत्रीय माग अघि सारेको छ । युनियनको सुनसरी शाखाको समन्वयमा प्रदेश १ का युनियनका विभिन्न...

उपत्यकामा ५१८ बेडको क्वारेन्टाइन, तारे होटल, रिसोर्ट र होमस्टेबारे सोच्दै सरकार

सरकारले काठमाडौं उपत्यकामा ५ सय १८ बेड क्षमताको क्वारेन्टाइन तयारी अवस्थामा रहेको जनाएको छ ।कोरोना संक्रमण भएका शंकास्पद व्यक्तिहरुलाई राख्न उपत्यकामा बनाइएका पाँच क्वारेन्टिन स्थलको अनुगमनपश्चात् सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले तत्काल पाँच सय १८...

पहिचानबादीको दोस्रो चरणको आन्दोलन : विराटनगरमा कुन नेता के गरे बोले ?

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा पहिचान पक्षधरले आइतबार प्रदर्शन र सभा गरेका छन् । प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिको आयोजनामा प्रदेशको नाम ‘कोशी’ खारेज गर्न माग गर्दै प्रदर्शन भएको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्