हिसान स्पोर्टस मिटमा चार कलेज विजयी

 न्यूज विराट
हिसान स्पोर्टस मिटमा चार कलेज विजयी

विराटनगर । ११ औ संस्करणको हिसान स्पोट्र्स मिट अन्तर्गत भएको क्रिकेट र फुटबल प्रतियोगितामा चार कलेज विजयी भएका छन् ।
मंगलबार भएको क्रिकेटमा अर्किड कलेज र सगरमाथा कलेज तथा फुटबलमा मोर्डन एरा कलेज र सिटी कलेज विजय भएका हो ।

क्रिकेटको पहिलो खेलमा अर्किड कलेजले भानु कलेजलाई १५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित १८ ओभरको खेलमा १७ दशमलव ५ बलमा सवै विकेट गुमाइ ९१ रनको सामान्य योगफल तयार पारेको थियो । जसमा राजा कामतले सर्वाधिक १९ रन बनाए । भानुका सुवास रायले ३ विकेट लिए ।

जवाफमा ९२ रनको सामान्य योगफ पछ्याएको भानुले १३ दशमल ३ बलमा सवै विकेट गुमाई ७६ रनमा सिमित भयो । जसमा दिपेश गोल्छाले सर्वाधिक १५ रनको यागदान दिए । अर्किडका म्यान अफ द म्याच यूवराज मगरले १ दशमलव ३ बलमा ६ रन दिएर ४ विकेट लिए ।

दोस्रो खेलमा सगरमाथा कलेजले लर्डबुद्ध कलेजलाई ३ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको लर्डबुद्धले निर्धारित २० ओभरको खेलमा १८७ ओभरमा सवै विकेट गुमाई ७७ रनको समान्य योगफल खडा गरेको थियो । जसमा इन्द्रजितकुमार कामतले १७ रनको योगदान दिए । सगरमाथाका म्यान अफ द म्याच अनुभव पौडेलले ४विकेट लिँदा केदार कामतले पनि ३ विकेट लिए ।

जवाफमा ७८ रनको सामान्य योगफल पछ्याएको समगमाथाले १६ दमशलव ३ बलमा ७ विकेट गुमाउँदै सो विजयी लक्ष्य पार गरेको छ । जसमा सुजित यादवले २६ रनको योगदान दिए । लर्डबुद्धका राकेश ठाकुरले २ विकेट लिँदा एलेक्स थापा र दिपेन्द्र शर्माले २–२ विकेट लिए ।

विराटनगरको शहिदमैलानमा भएको फुटबलको पहिलो खेलमा मोर्डन एराले ग्रामथानको बुद्ध मेमोरिल कलेजलाई १–० को गोल अन्तरले पराजित गरेको छ । मोर्डन एरोका म्यान अफ द म्याच नविनकुमार माझीले खेलको एक मात्र निर्णयक गोल गरे ।
दोस्रो खेलमा सिटी कलेजले सेन्ट जोसेफ कलेजलाई १–० को गोल अन्तरले पराजित गरेको छ । सिटीका म्यान अफ द म्याच सन्दिप राई निर्णायक गोल गरे ।

सम्बन्धित समाचार

मिटरब्याजी सुनिल साहविरुद्ध दिए पीडितले उजुरी, आइतबारदेखि छलफल हुने

विराटनगर । विराटनगर १८ का मिटरब्याजी ५३ वर्षिय सुनिल कुमार साह विरुद्ध पीडितहरूले उजुरी दिएका छन् ।जिल्ला प्रशासन कार्यालय मोरङमा ६ जना पीडितहरूले मिटरब्याजी साहविरुद्ध बुधबार उजुरी दर्ता गराएको हो । साहबाट पीडित भएकाहरू विराटनगर...

आइटिएफ तेक्वान्दोको उपाधि झापालाई

विराटनगर । पाँचौ कोशी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिताकोको उपाधि झापाले जितेको छ । झापाले ३ स्वर्ण, ४ कास्य र ३ रजत पदक ल्याएर उपाधि जितेको हो । बलुवाइ आइटिएफ तेक्वान्दो डोजाङ्ग डागीहाँटले मोरङको बेलबारीमा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

राष्ट्रपतिद्वारा ३ विधेयक प्रमाणीकरण

काठमाडौं, ११ असार-राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार विभिन्न ३ विधेयक प्रमाणीकरण गरेकी छिन् । उनले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भएर प्रमाणीकरणका लागि पेस हुन आएका ३ विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २...

गाँउपालिकाले काटिदियो किसानको गहुँ

सप्तरी, २९ चैत-लकडाउनका कारण पाकेको गहुँबाली काट्न किसानलाई समस्या भइरहँदा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले सबैको गहुँबाली काट्ने जिम्मा लिएको छ । झण्डै १ हजार विघामा किसानद्वारा लगाइएको गहुँबाली पाक्न थालेपछि कृषि मजदुरको अभावमा समस्यामा परेका...

संवैधानिक परिषद्को बैठकलगत्तै ओली शीतलनिवासमा

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठक सकिएको छ । संवैधानिक परिषदको बैठक सकेर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शीतलनिवासतर्फ लागेका छन् । बैठकका बारेमा औपचारिक जानकारी भने गराइएको छैन । प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको...

नेताहरूको आलोपालोको गोप्य कागजको तमसुकले देश चल्दैन : गगन थापा

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनकै सरकार बन्ने दाबी गरेका छन् । विराटनगरमा मंगलबार कांग्रेस नेता गुरूराज घिमिरेले लेखेको ‘बाटो विराएको राजनीति’ नामक विचार संग्रह विमोचन कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘सरकार...

बुद्धोदय बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः खनाल चयन, लेखा समिति संयोजकमा निधी

विराटनगर । मोरङको विराटनगर –३ बुद्धचोक स्थित बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लिं. को नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । संस्थाको १५ औं साधारणसभाले राजेन्द्रप्रसाद खनालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति र अविनाशकुमार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्