लिग वानमा साविक विजेता पीएसजीको पहिलो जीत

 न्यूज विराट
लिग वानमा साविक विजेता पीएसजीको पहिलो जीत

एजेन्सी, १ असोज-फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले पहिलो जीत हात पारेको छ । पीएसजीले पहिलो जितका लागि तेस्रो खेल पर्खिनुपरेको हो ।

बुधबार राति भएको खेलमा पीएसजीले मेट्जमाथि १–० को कठिन जीत निकाल्यो । उनका लागि दोस्रो हाफको इन्जुरी समयमा जुलियन ड्राक्सलरले निर्णायक गोल गरेका थिए ।

लिगको सुरुवाती दुई खेलमा पीएसजी पराजित भएको हो । सन् १९८४–८५ को सिजनपछि पहिलो पटक पीएसजी लिगको सुरुवाती दुई खेलमा पराजित भएको हो । खेलको ६५ औं मिनेटमा अब्दु डायलो दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएपछि पीएसजी १० खेलाडीमा सीमित भएको थियो ।

घरेलु टोली पीएसजीले गोलकिपर किलोर नाभास, डिफेन्डर मार्किन्होस र फरवार्ड मौरो इकार्डीलाई बुधबारको खेलमा स्वागत गरेको थियो । पीएसजीका ७ खेलाडी कोरोना भाईरसको संक्रमण देखिएपछि एकान्तवासमा रहेका थिए ।

पीएसजीका मिडफिल्डर एन्जेल डी मारियाले गोलका केही अवसरहरु सिर्जना गरेपनि मेट्जका गोलकिपर एलेक्जेन्ड्रे ओकिडेजाले बचाउ गरेका थिए । जितसँगै पीएसजीले तालिकामा ३ अंक जोडेको छ ।

सम्बन्धित समाचार

नयाँ वर्ष सुरु हुँदा पनि भेटिएन भित्तेपात्रो

काठमाडौं, २ वैशाख-कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका बीच नयाँ वर्ष २०७७ सुरु हुँदा धेरै नेपालीका घरमा भित्तेपात्रो उपलब्ध हुन सकेन । पात्रो (पञ्चाङ्ग) माघ पहिलो साता नै बजारमा आइसके पनि बन्दाबन्दी शुरु हुनुअघि...

गुरुङ राष्ट्रिय परिषद विराटनगरको अध्यक्षमा कविमान, प्रचार सचिवमा भली

विराटनगर । तमु ह्युला छोँज धीं गुरुङ राष्ट्रिय परिषद नगर ईकाई कमिटी विराटनगरको अध्यक्षमा कविमान गुरूङ चयन भएका छन् । विराटनगरमा आइतबार भएको भेलाबाट कविमानलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।कमिटिको वरिष्ठ उपाध्यक्षमा विश्व...

बलियामा ‘सेफ्स बर्गर’ को नयाँ रेष्टुरेन्ट सञ्चालन

सुनसरी । मोरङको स्ुन्दरहरैचा नगरपालिका स्थित बलियामा ’सेफ्स बर्गर’ ले आफनो आठौं शाखा सञ्चालनमा ल्याएको छ । काठमाडौं र ललितपुरमा ७ वटा शाखा सञ्चालनमा ल्याइसकेको ‘सेफ्स बर्गर’ले पहिलो पटक उपत्यका बाहिर मोरङको सुन्दरहरैचा स्थित बलियामा...

दुईवटा मोटरसाइकल जुध्दा २२ वर्षीष युवकको मृत्यु

रौतहट, ५ वैशाख । राैतहटमा माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ । देवाहीगोनाही नगरपालिका-४ ईमलियाटोल र पटेलचौकबीच सडकमा दुईवटा मोटरसाइकल आपसमा जुध्दा एक युवकको मृत्यु भएको हाे  । बिआर ०५ एच १६८६ नम्बरको मोटरसाइकल र...

कोरोनाबाट १७ वर्षीया किशोरीको मृत्यु, मृतकको संख्या ४५ पुग्यो

काठमाडौं, १० साउन-नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बारा स्थायी घर भएकी १७ वर्षीया किशोरीको कोरोनाका कारण मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा....

लकडाउनका कारण स्थगित आयोजनाको सुरु गर्न पास वितरण

काठमाडौं, २४ वैशाख-लक डाउनका कारण निर्माण कार्य स्थगित भएका आयोजनाहरु सुचारु हुन थालेका छन् । लक डाउनले निर्माण सामग्री ढुवानीमा समस्या भएपछि बन्द भएका कतिपय आयोजनाहरुको निर्माण कार्य सुरु भएको छ । लक लकडाउनपछि रोकिएका...

अस्पतालको चक्कर काट्दाकाट्दै रक्तचापका बिरामीको मृत्यु

अस्पतालले उपचार गर्न नमानेपछि विराटनगरमा एक महिलाको मृत्यु भएको छ । विराटनगरका निजी स्वास्थ्य संस्थाले उच्च ज्वरो देखिएका बिरामीको उपचार गर्न अस्वीकार गरपछि धनकुटाको महालक्ष्मी नगरपालिका-५ लेगुवाबाट उपचारका लागि ल्याइएकी ५२ वर्षीया नरदेवी गुरुङको मंगलबार...

टिपरको ठक्करबाट बेलबारीमा स्कुटर चालकको मृत्यु

विराटनगर । मोरङको बेलबारी नगरपालिका २ किस्तीपुलमा टिफरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्गमा बेलबारीबाट बिराटचोक तर्फ जादै गरेको को १ क ३४१७ नम्बरको टिपरले बिपरित दिशाबाट आउदै गरेको को २८...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्