आज विश्वकर्मा पूजा, बाबा विश्वकर्माको विधिपूर्वक पूजा गरिदै

 न्यूज विराट
आज विश्वकर्मा पूजा, बाबा विश्वकर्माको विधिपूर्वक पूजा गरिदै

काठमाडौं,  १ असोज-कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदूरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । 

आजकै दिन नेपालमा अमृत क्याम्पस (अस्कल) का संस्थापक अमृतप्रसाद प्रधानको सम्झनामा विज्ञान प्रविधि दिवस मनाइने गरेको छ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमण देशभर बढ्दै गएकाले सुरक्षित भएर दिवस मनाउनुपर्ने अवस्था छ । गत ११ चैतदेखि नै धेरै कलकारखाना बन्द छन् ।

खुला भएकामा पनि थोरै जनशक्तिले मात्र भौतिक दूरी कायम गरी काम गरिरहेका छन् । आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजाआराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतम बताउँछन् ।

प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद  द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रका बीचमा रहेको विश्वास गरिन्छ ।

विश्वकर्मालाई वास्तुविद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ । ‘विश्वकर्मा प्रकाश’ नामक वास्तुशास्त्रको ग्रन्थ उनले नै तयार पारेको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउछन् ।

यही सम्झनामा नेपालका कालीगढले आज विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गर्छन् ।

वास्तुशास्त्र पुस्तकका लेखक एवं अध्येताका सम्झनामा आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् । पछिल्लो समय नेपालमा पनि वास्तुविद्याको पुनर्जागरण  भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तुकै विषय उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार

विराट क्याम्पसमा विदाई र स्वागत कार्यक्रम

विराटनगर । विराटनगरस्थित विराट क्याम्पसले विद्यार्थी विद्यार्थी तथा स्वागत कार्यक्रम आयोजना गरेको छ । कलेजको चौथो वर्षमा अध्ययरत विद्यार्थीलाई विधाइ र कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई शनिबार एक कार्यक्रम आयोजना गरी स्वागत कार्यक्रम...

पूर्वी नाकामा अलपत्र नेपालीलाई प्रकृया पुर्याएर नेपाल प्रवेश ः मुख्यमन्त्री राई

विराटनगर, चैत १०–प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले पूर्वी नाकामा अलपत्र परेका नेपाली नागरिकलाई प्रक्रिया पुराएर नेपाल प्रवेश गराउने बताएका छन् । पूर्वी नाका काँकडभिट्टाको स्थलगत निरीक्षण गर्दे मुख्यमन्त्री राईले अलपत्र नेपाली नागरिकलाई नेपाल...

इन्टरनेटमा ५० प्रतिशतभन्दा धेरै कर उठाएको सेवा प्रदायकको गुनासो

सरकारले इन्टरनेटलाई अत्यावश्‍यक क्षेत्रमा राखेर पनि ५० प्रतिशतभन्दा धेरै कर लगाएको भन्दै सरोकारवालाले गुनासो गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार काठमाडौंमा आयोजना गरेको नेपालमा इन्टरनेट वितरण मुद्दा र चुनौतीहरू विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै विज्ञहरूले नेपालमा...

वीपीमा कोरोना संक्रमित युवाको मृत्यु

विराटनगर, ८ भदौ–सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार दिँउसो एक कोरोना संक्रमित युवाको मृत्युु भएको छ । सिरहाको गोविन्दपूरका २२ वर्षीय युवाको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए। भदौ...

विराटनगरमा तीन सहित प्रदेश १ मा २१ जनामा कोरोना संक्रमण

विराटनगर– प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । ३६७ जनाको पीसीआर परीक्षण गर्दा १८ र ४० जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ...

रक्षाबन्धन तथा जनैपूर्णिमा पर्व मनाइँदै, यस्ताे छ धार्मिक र सांस्कृतिक महत्व

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान...

नेपाल चिकित्सक संघ कोशीको नयाँ नेतृत्वका लागि मतदान जारी

विराटनगर, ४ माघ । नेपाल चिकित्सक संघ कोशी अञ्चल शाखाको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुदैछ । विराटनगरमा जारी मतदानमा नेपाल चिकित्सक संघमा १२ सय ८१ जना सदस्यहरुले मतदान गरिरहेका छन । निर्वाचनमा डा.कैलाश कुमार...

विश्वराज पोखरेल एआईजीमा बढुवा

काठमाडौं, १५ मंसिर-नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन् । एआईजीमा बढुवासँगै पोखरेल अहिलेका प्रहरी महानिरीक्षक (आइजीपी) शैलेस थापा क्षेत्रीको अवकासपछि प्रहरी नेतृत्वमा प्रबल दाबेदार रहने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्