कित्ताकाट सम्पूर्ण रूपमा खुला गरिएको होइन : भूमि व्यवस्था मन्त्रालय

 न्यूज विराट
कित्ताकाट सम्पूर्ण रूपमा खुला गरिएको होइन : भूमि व्यवस्था मन्त्रालय

काठमाडौं, २६ भदौ-भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गाको कित्ताकाट सम्पूर्ण रुपमा खुला गरिएको नभई थप व्यवस्थित र कानूनबमोजिम मात्र बनाउन खोजिएको स्पष्ट पारेको छ । 

मन्त्रालयले आज यहाँ पत्रकार सम्मेलन गरी सर्वोच्च अदालतबाट यस विषयलाई कानून बनाई व्यवस्थित गर्न जारी भएको आदेश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुझावका आधारमा कित्ताकाटसम्बन्धी कार्यलाई भूउपयोग ऐन, स्थानीय सरकार सञ्चालन ऐनलगायत विषयलाई आधार मानी कित्ताकाट थप व्यवस्थित र कानूनबमोजिम मात्र बनाउन खोजिएको जनाएको छ ।

हाल लागू गरिएको भूउपयोग ऐनमा जग्गाको वर्गीकरण गरी कृषियोग्य जग्गाको अन्य प्रयोजनका लागि खण्डीकरण गर्न नपाउने  व्यवस्था गरिएको हुँदा यसलाई कित्ताकाट खुला गरिएको भन्न नमिल्ने पनि  मन्त्रालयले  जानकारी गराएको छ । मन्त्रालयका सचिव टेकनारायण पाण्डेले मन्त्रालयले हाल जारी गरेको निर्णय ठूला व्यापारीका हितमा भन्ने विषय पनि तथ्यपरक नभएको भन्दै सर्वसाधारणको हितमा रहेको प्रष्ट गरे ।

तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्रालयको मिति २०७४ साउन २६ को मन्त्रिस्तरीय निर्णयबाट कृषियोग्य जग्गाको खण्डीकरण नियन्त्रण गरिएको थियो । यसै सन्दर्भमा मन्त्रालयले प्रस्तावित भूउपयोग नियमवाली जारी नहुञ्जेलका लागि जग्गाको कित्ताकाट सम्बन्धमा नेपाल सरकार मन्त्रीस्तरबाट यही भदौ १८ मा पूर्वनिर्णय बदर गरिएको हो ।

सम्बन्धित समाचार

अस्पताल भर्ना हुनुअघि ओलीले भने, ‘म नभए पनि सरकार निर्णय गर्न रोकिँदैन’

काठमाडौं, फागुन १९–प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अस्पतालमा रहे पनि सरकार अनिर्णयको बन्दी नहुने बताएका छन् । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराउन त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुअघि एक भिडियो सन्देश दिँदै प्रधानमन्त्री ओलीले आफ्नो...

विराटनगरको खाद्य प्रविधिको ल्याबले पायो अन्तर्राष्ट्रिय मान्यता

विराटनगर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको ल्याबले गरेको खाद्यबस्तुको परीक्षण रिपोर्ट अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त गरेको छ ।प्रयोगशालालाई मान्यता दिने अन्तर्राष्ट्रिय संस्था भारतको एनएबीएल (नेशनल एक्रिडिटेशन बोर्ड फर टेस्टिङ्ग एण्ड क्यालिब्रेशन ल्याब्रोटोरी)...

२६ जिल्लाका सीडीओ सरुवा

काठमाडौं, चैत २–गृह मन्त्रालयले २६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ । ३० फागुनको मन्त्रीस्तरीय निर्णयबाट ती सीडीओहरू सरुवा भएका हुन् । CDO_Details

आजको मौसम : देशभर बदली हुने, केही भू-भागमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना

आज प्रदेश १, बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर बदली रही धेरै भू-भागमा पानी पर्नेछ । आज राति प्रदेश १,...

श्रीमतीकै योजनामा औषधी व्यवसायी दुलालको हत्या भएको खुलासा

विराटनगर, जेठ ५–विराटनगरका औषधि ब्यवसायी देवीप्रसाद दुलालको उनकै श्रीमतीको योजनामा हत्या भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले उक्त घटनामा मृतक दुलालकी श्रीमतिसहित घटनामा संलग्न थप दुईजनालाई नियन्त्रणमा लिएपछि सो खुलासा भएको हो ।...

एसइइ रनिङ्ग शिल्ड : मोरङ र सुनसरीका पाँच स्कुल क्वाटरफाइनलमा

विराटनगर । विराटनगरमा जारी दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा मोरङ र सुनसरीका पाँच वटा स्कुल क्वाटरफाइनलमा पुगेका छन् । विराटनगर – १ स्थित डन बस्को स्कूलको खेल मैदानमा आइतबार...

विराटनगर, १० असार । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर तथा नेता राजेन्द्र महतो पक्षका नेताले आज छलफल गर्ने भएका छन् । ठाकुर र महतो पक्षले आज दिउँसो समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न लागेका...

प्रचण्डको सचिवालयले भन्यो : प्रभाकरसँग जोडेर गरिएका प्रचार भ्रामक

काठमाडौं, ८ साउन-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बाट स्थायी समिति सदस्य जनार्दन शर्मा प्रभाकार टाढिएको भन्‍ने कुरामा सत्य नभएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । अध्यक्ष प्रचण्ड र शर्माबीच कुनै मतान्तर नरहेको प्रचण्डका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्