पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ सय २१ संक्रमित थपिए

 न्यूज विराट
पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ सय २१ संक्रमित थपिए

विराटनगर, २६ भदौ–प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय २१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४७, सुनसरीमा ४५, झापामा १४, संखुवासभामा १२, उदयपुरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा शुक्रबार ३२ जनामा संक्रमण देखिएको छ । १२ महिला र २० पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको धनपालथानमा १ महिला ८ पुरुष, रंगेलीमा २ पुरुष, ग्रामथानमा १ महिला १ पुरुष, सुनबर्षीमा १ पुरुष, बुढीगंगामा १ महिला, सुनसरीको धरानमा ३ महिला २० पुरुष, दुहवीमा ७ महिला १ पुरुष, इटहरीमा १ महिला ५ पुरुष, कोशी गाउँपालिकामा ५ पुरुष, इनरुवामा २ पुरुष र गढीमा १ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

उता झापाको दमकमा ६ महिला ३ पुरुष, मेचीनगरमा १ महिला १ पुरुष, विर्तामोडमा १ महिला १ पुरुष, कनकाईमा १ महिला, संखुवासभाको चैनपुरमा १ महिला १० पुरुष, धर्मदेवीमा १ पुरुष, उदयपुरको चौदण्डीगढीमा १ महिला र प्रदेश १ बाहिरका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ६१९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । विराटनगरकी एक महिलाको मृत्यु भएको हो । हाल सम्म प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।

प्रदेश १ मा शुक्रबार ६६ जना डिस्चार्ज भएका छन् । सुनसरी बराहक्षेत्रको रमानन्द आचार्य सेवा पीठ चतराधामबाट ३९, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १६, मेची अस्पताल झापाबाट १० र होम आईसोलेसनबाट १ जना डिस्चार्ज भएका हुन् ।

प्रदेश १ मा हालसम्म २ हजार १९ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा शुक्रबार ९ सय ३० जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण भएका मध्ये ३७ महिला र ८४ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा शुक्रबारसम्म १ लाख ५ हजार ७७४ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

नेप्सेमा उच्च अङ्कको गिरावट, बजार पूँजीकरण घट्यो

काठमाडौं, फागुन १३-धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक लगातार ओरालो लागेपछि बजार पूँजीकरणमा उच्च अङ्कमा गिरावट देखिएको छ । झण्डै मुलुकको कूल ग्राहस्थ उत्पादन (जिडिपी) बराबर पुगेको बजार पूँजीकरणमा ठूलो गिरावट आएको हो ।...

आइटीमा पनि अब्बल बन्दै शिक्षादीप कलेज

विराटनगर । मेडिकल र इन्जिनियरिङको क्षेत्रमा मात्र नभएर आइटिको क्षेत्रमा पनि दक्ष प्राविधिकहरू हायर गराएर विराटनगर– ९ मा रहेको शिक्षा दीप कलेज काठमाडौँ बाहिर मोफसलमा अब्बल साबित हुन अग्रसर भएर लागि परेको छ । काठमाण्डौंबाट...

आर्मी हुँ भन्दै ठग्ने कारागार चलान

आर्मी हुँ, ब्यारेकमा मेसको काम गर्छु, मेसमा किनेका सामान सस्तो मूल्यमा दिन्छु भन्दै पसलेलाई प्रलोभनमा पारेर ठगी गर्ने ४६ वर्षीय राजकुमार राउतलाई जिल्ला अदालत झापाले कारागार चलान गरेको छ । उनको नाममा मेचीनगर, विर्तामोड, भद्रपुर...

क्वारेन्टाइनमा सामूहिक बलात्कारका ३ आरोपीमाथि अनुसन्धान शुरु

धनगढी, १ असार-कैलालीको लम्कीमा क्वारेन्टाइनमा रहेकी महिनामाथि सामूहिक बलात्कारको आरोप लागेका तीनै जनामाथि प्रहरीले अनुसन्धान थालेको छ । लम्कीचुहा नगरपालिका-१ मा रहेको शहीद स्मृति माध्यामिक विद्यालयमको क्वारेन्टाइनमा बसेकी ३१ वर्षीया महिलाले आफूमाथी जबरजस्ती करणी भएको भन्दै...

धेरै कोरोना संक्रमण भएका देशको सूचीमा भारत १५औँ स्थानमा

एजेन्सी, बैशाख १७-कोरोना भाइरस (कोभिड-१९) संक्रमण धेरै फैलिने देशहरूमध्ये छिमेकी राष्ट्र भारत १५औँ स्थानमा पुगेको छ । विश्वभर ३१ लाख ३९ हजार ४ सय ७१ जनामा कोरोनाको संक्रमण देखिएकोमा भारतमा ३१ हजारभन्दा बढीमा संक्रमणकाे पुष्टि...

५ वर्षमा भूकम्प प्रतिरोधी कैयौँ संरचना बनाउन सफल भएका छौँः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको राहत, उद्धार, पुनःनिर्माण तथा पुनःस्थापनाको काममा अघि बढेझै सबै नेपालीको जीवन रक्षाका लागि कोरोना भाइरस विरुद्धको लडाइमा एकताबद्ध हुन सबैमा आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीद्वारा भूकम्प स्मृति दिवसका अवसरमा...

एसईईकाे नतिजा सार्वजनिक

काठमाडौं, १ भदौ-माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रक रामराजा खकुरेलले नतिजा सार्वजनिक गरिएको जानकारी दिए । यसअघि राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षाको नतिजा प्रमाणिकरण गर्ने निर्णय गरेको हो । ...

गण्डकीले ल्यायो २ अर्ब ९१ करोडको कोभिड-१९ कोष

पोखरा, असार १-गण्डकी प्रदेश सरकारले कोरोना भाइरस (कोभिड १९) को नियन्त्रण तथा उपचारका लागि २ अर्ब ९१ करोड ७६ लाख रुपैयाँको कोष बनाउने घोषणा गरेको छ । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्