हवाइसेवा बन्द हुँदा नमूना संकलनमा समस्या

 न्यूज विराट
हवाइसेवा बन्द हुँदा नमूना संकलनमा समस्या

सरकारले हवाइसेवासहित देश लकडाउन गरेपछि सुदूरपश्चिममा कोरोना भाइरस (कोभिड–१९) को ‘स्वाव’ परीक्षणमा समस्या देखिएको छ । सरकारले मंगलबारदेखि लकडाउन गरेपछि प्रदेशमा ‘स्वाव’ परीक्षणमा समस्या भएको हो ।

सुदूरपश्चिम प्रदेशको प्रादेशिक प्रयोगशाला सेती प्रादेशिक अस्पतालभित्र राखिएको छ । ९ वटा जिल्ला रहेको प्रदेशका आठ वटै जिल्ला अस्पतालले पठाएको नमुना प्रादेशिक प्रयोगशालामा संकलन गरिदै आएको थियो ।

प्रदेशिक प्रयोगशालामा संकलन भएका नमुनाहरु धनगढी विमानस्थलबाट काठमाडौं पठाइने गरेको थियो । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले ‘स्वाव’ परीक्षणमा लक डाउनले प्रत्यक्ष असर पारेको बताए ।

‘विमान नउड्ने भएपछि संकलन भएका स्वाब कसरी पठाउने भन्ने समस्या भएको छ, उनले भने । उनले जिल्लाबाट स्वास्थ्यकर्मीहरुले सवारी साधनमा नमूना ल्याइरहेको बताए ।

सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालले आइतबारसम्म आठ जनाको ‘स्वाव’ परीक्षणका लागि काठमाडौं पठाइसकेको छ । जसमा सात जनाको रिपोर्ट ‘नेगेटिभ’ आइसकेको छ भने एक जनाको आउन बा“की रहेको सेती प्रादेशिक अस्पतालका डाक्टर जगदिश जोशीले बताए ।

डाक्टर जोशीले सोमबार एक जनामाथि आशंका गरी ‘स्वाव’ संकलन गरिएको र मंगलबार तीन जनाको संकलन गरिएको बताए । उनले भने, ‘थप दुई जना पनि भर्ना भएका छन तर, उनीहरुको स्वाव तानेका छैनौ ।’ उनले दुई जनामाथि आशंका नभएकाले नतानिएको बताए । तर, उनीहरु आइसोलेसनमै उपचारमा रहेको बताए । डाक्टर जोशीले कसरी पठाउने भन्ने अहिले समस्या भइरहेको बताए ।

सम्बन्धित समाचार

कांग्रेसले सागका स्वर्ण विजेतालाई सम्मान गर्ने

काठमाडौं, ६ साउन-नेपाल कांग्रेस केन्द्रीय खेलकुद विभागले नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जित्ने खेलाडीलाई नगदसहित सम्मान गर्ने भएको छ । विभागको ५ साउनमा बसेको बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा विभाग...

बीएलएस र एसीयलएस’ तालिमको लागि न्यूरो र सेमाबीच सम्झौता

विराटनगर । ‘बीएलएस र एसीयलएस’ तालिमको लागि न्युरो हस्पिटल र सेन्टर फर इमर्जेन्सी मेडिकल एडभान्समेन्ट (सेमा) बीच सम्झौता भएको छ । आगमि दिनमा उक्त तालिमको लागि दुई पक्षबीच सहमति भएको हो । सेमा र न्यूरोबीच...

लोकसेवाले लिने सबै परीक्षा स्थगित

स्वास्थ्य सुरक्षा संवेदनशीलता देखाउँदै लोकसेवा आयोगले पनि अनिश्चितकालको लागि सबै परीक्षा स्थगन गरेको छ ।बिहीबार बसेको लोकसेवा आयोगको बैठकले यस्तो निर्णय लिएको आयोगका उपसचिव एकनारायण शर्माले जानकारी गराए । आयोगले अर्को सूचना जारी नभएसम्मका लागि...

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता आज

काठमाडौं, २० पुस । राष्ट्रियसभा सदस्यमा रिक्त हुने १९ सिटको उम्मेदवारी मनोनयन आज हुँदैछ ।आगामी माघ १२ गते हुने निर्वाचनका लागि आज बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको निर्वाचन...

प्रदेश १ मा २३ जना आइसोलेसनमा

मोरङ, ८ वैशाख-कोरोना भाइरसको रोकथाम र उपचारका क्रममा प्रदेश–१ मा ६ महिला र १७ पुरुषसहित २३ जना आइसोलेशनमा छन् । ती सबै स्वास्थ्यकर्मीको निगरानीमा छन् । प्रदेशमा आइतबार साँझसम्ममा पीसीआर विधिबाट ३८७ जना स्वाब र...

आज २ हजार ८ सय १७ जनामा कोरोना, मृतकको संख्या ११ सय नाघ्यो

काठमाडौं, २३ कात्तिक-गत २४ घण्टामा नेपालमा २ हजार ८ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै देशभर संक्रमितको कुल संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ ।  त्यस्तै, आज २...

औषधी व्यसायीद्धारा निःशुल्क स्वास्थ्य शिविर, दुई सय जनाले गरे स्वास्थ्य परीक्षण

विराटनगर । नेपाल औषधी व्यवसायी संघको ५० औं स्थापना दिवसको अवसर पारेर औषधी व्यवसायी संघ मोरङ शाखाले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । संघले शनिबार मोरङको गछियामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।...

मिटरब्याजी सुनिल साहविरुद्ध दिए पीडितले उजुरी, आइतबारदेखि छलफल हुने

विराटनगर । विराटनगर १८ का मिटरब्याजी ५३ वर्षिय सुनिल कुमार साह विरुद्ध पीडितहरूले उजुरी दिएका छन् ।जिल्ला प्रशासन कार्यालय मोरङमा ६ जना पीडितहरूले मिटरब्याजी साहविरुद्ध बुधबार उजुरी दर्ता गराएको हो । साहबाट पीडित भएकाहरू विराटनगर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्