प्रदेश १ का स्थानीय तहलाई थप बजेट

 न्यूज विराट
प्रदेश १ का स्थानीय तहलाई थप बजेट

विराटनगर, २५ भदौ–प्रदेश १ सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारको व्यवस्था मिलाउनको लागि स्थानीय पालिकाहरुलाई थप रकम उपलब्ध गराएको छ । प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषबाट आइसोलेशन केन्द्र स्थापना तथा सञ्चालनको लागि स्थानीय पालिका, जिल्ला अस्पताल, प्रशासन लगायतलाई आवश्यक रकम पठाएको हो । प्रदेश सरकारले प्रदेशका विभिन्न पालिका तथा अस्पतालहरुलाई एक करोड १० लाख रुपैयाँ रकम पठाएको छ ।

मोरङको सुनवर्षी नगरपालिका, रतुवामाई नगरपालिकालाई १०÷१० लाख, धनपालथान, जहदा र कटहरी गाउँपालिकालाई ५÷५ लाखका दरले आइसोलेसन केन्द्र स्थापना र सञ्चालनका लागि रकम पठाएको हो । त्यस्तै उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १० लाख, झापाको गौरीगञ्ज र कमल गाउँपालिकालाई ५÷५ लाख रकम प्रदेश सरकारले पठाएको छ ।

इलाम अस्पताललाई १० लाख, उदयपुर अस्पतालाई १५ लाख, झुम्का कारागारलाई १० लाख रकम पठाएको छ । सुनसरी जिल्लाको क्वारेन्टिन, आइसोलेसन र होल्डिङ्ग सेन्टरको व्यवस्थापनको लागि जिल्ला प्रशासन कार्यालय सुनसरीलाई १० लाख र प्रदेश प्रहरी कार्यालय परिसर भित्रको आइसोलेशन व्यवस्थापनका लागि प्रदेश प्रहरी कार्यालय विराटनगरलाई १० लाख रकम प्रदेश सरकारले कोरोना जनसुरक्षा कोषबाट उपलब्ध गराएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ ।

स्थानीय पालिकाहरुको आवश्यकता र माग बमोजिक प्रदेश सरकारले आवश्यक रकम उपलब्ध गराउँदै आएको मुख्यमन्त्री शेरधन राईले बताए । कोभिड महामारीलाई पराजित गर्न तीनै तहका सरकारबीच आवश्यक समन्वय र सहकार्य रहेको उनको भनाई छ ।

सम्बन्धित समाचार

पत्रकारको उपचार गर्दा लागेको खर्च र हराएको संचार उपकरणको क्षतिपूर्ति दिन पत्रकार महासंघको माग

विराटनगर । सप्तकोशी नदीमा सशस्त्र प्रहरी बल वराह बाहिनीको विपद् उद्वार परीक्षण कार्यक्रमको समापनको अवसरमा ‘डेमो’ देखाउने क्रममा घाइते भएका संचारकर्मीको उपचार खर्च र क्षति भएको संचार उपकरणको क्षतिपूर्ती दिनुपर्ने माग गरिएको छ । नेपाल...

एमालेको १० औं महाधिवेशन प्रतिनिधि चयनका लागि मोरङमा कात्तिक २७ गते निर्वाचन

विराटनगर । नेकपा एमालेको चितवनमा हुने १० औं महाधिवेशनमा प्रतिनिधित्व गर्ने प्रतिनिधि चयन गर्न मोरङमा कात्तिक २७ गते निर्वाचन हुने भएको छ । आज एमाले पार्टी कार्यालयमा बसेको बैठकले निर्वाचन मिति तय गर्दै विभिन्न जिम्मेवारीहरु...

कर्णालीमा डुङ्गा पल्टिदा ३ जना बेपत्ता थप सामग्री

सुर्खेत, ३ जेठ-सुर्खेतको चौकुने गाउँपालिका-२ को कर्णाली नदीमा डुङ्गा पल्टिँदा ३ जना बेपत्ता भएका छन् । शुक्रबार साँझ साढे ६ बजे कैलालीको मोहोन्याल गाउँपालिका–२ कोलतडी जाने क्रममा डुङ्गा पल्टिएको हो । ढुङ्गा पल्टिदा सुर्खेत चौकुने...

मोरङमा ४४ सहित प्रदेश १ मा शुक्रबार ८९ जना संक्रमित थपिए, ६९ जना डिस्चार्ज

विराटनगर, ५ भदौ-प्रदेश १ मा शुक्रबार ८९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये ३८ महिला र ५१ जना पुरुष छन् । मोरङमा ४४, सुनसरीमा २९, झापामा ७, इलाममा ४, पाँचथर र उदयपुरमा १÷१...

पोखराको राहत कोषमा विन्ध्यवासिनी धार्मिक समितिको ५ लाख सहयोग

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका उपाध्य पवित्र रेग्मी, सदस्य सचिव तीर्थ श्रेष्ठ र कोषाध्यक्ष सूर्यप्रसाद सुवेदीले आइतबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई ५ लाखको चेक हस्तान्तरण गरेका छन् । यसैगरी, बालहितकारी परियोजनाले १ लाख १...

सर्वोच्च अदालतमा न्यायाधीशसहित २४ जनालाई कोरोना संक्रमण

काठमाडौं, २ माघ । सर्वोच्च अदालतमा न्यायाधीशसहित २४ जनालाई कोराना संक्रमण भएको छ । न्यायाधीश मीरा खड्का र मुख्य रजिष्ट्रार लालबहादुर कुँवरसहित २४ जना कोरोना संक्रमित भएका छन् । आइतबार आएको पीसीआर परीक्षणको रिपोर्टमा उनीहरु...

भारतको बिहारमा चट्याङ लागेर ८३ जनाको मृत्यु

एजेन्सी, असार ११-भारतको बिहारमा चट्याङ पर्दा ८३ जनाको मृत्यु भएको छ । आपतकालीन व्यवस्था विभागले बिहीबारसाँझसम्ममा ८३ जनाको मृत्यु भएको जानकारी दिएको छ । भारतमा चट्याङ लागेर बर्सेनि सयौं मानिसले ज्यान गुमाउने गरेका छन् ।

देशभर २ हजार ३२८ जनाले जिते कोरोना

काठमाडौं, १० असार-देशभरबाट पछिल्लो २४ घण्टाको अवधिमा ११४ जना कोरोना भाइरस संक्रमित निको भएर डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न आइसोलेसन अस्पतालमा उपचार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्