देशभर थप ९७९ जनामा कोरोना पुष्टि

 न्यूज विराट
देशभर थप ९७९ जनामा कोरोना पुष्टि

काठमाडौं, २२ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ९ सय ७९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ९ सय ७९ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ४७ हजार नाघेको छ । आजसम्म ४७ हजार २ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये १६ हजार २ सय ५९  सक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेसनमा ९ हजार ६९ जना छन् भने ७ हजार १ सय ९० जना होम आइसोलेसनमा रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ७ सय ३६ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या ३० हजार ६ सय ७७ पुगेको मन्त्रालयको तथ्यांक छ ।

पछिल्लो २४ घण्टामा ९ हजार २ सय १८ जनाको पीसीआर परीक्षण गरिएको र अहिलेसम्म ७ लाख ७७ हजार ५६३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांक रहेको छ । देशभर ४ हजार ७ सय ३९ जना क्वारेन्टाइनमा छन् ।

सम्बन्धित समाचार

दुर्घटनामा घाइते मैनालीलाई सेनाको हेलिकप्टरबाट काठमाडौं लगियो

जनकपुर, फागुन १५–पूर्वउपप्रधानमन्त्री एवं नेकपा (माले) का महासचिव सीपी मैनालीसहित घाइते सबैलाई काठमाडौं लगिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट उनीहरूलाई काठमाडौंको ग्रान्डी हस्पिटल लगिएको प्रहरीले जनाएको छ । मैनालीसहित घाइते उनका परिवारिका सदस्य र चालकलाई...

पहिचान स्थापित गराउन राजवंशी समाजको विराटनगरमा वृहत भेला

विराटनगर । राजवंशी समाज उत्थान समिति (विराट)ले आफ्नो समुदायको पहिचान स्थापित गराउन विराटनगरमा वृहत विराट राजवंशी भेलाको आयोजना गर्ने भएको छ ।समितिले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी भेलाको बारेमा जानकारी गराएको हो ।विराट राजवंशीको पहिरन,...

सांसद पोखरेल र मेयर राजवंशीले यसरी रोपे धान

विराटनगर, १५ असार । मोरङ क्षेत्र नम्बर २ का सांसद ऋषिकेश पोखरेलले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानमा पुगेर धान रोपेका छन् । असार १५ राष्ट्रिय धान दिवसको अवसर पारेर सांसद पोखरेलले निर्वाचन क्षेत्रका विभिन्न स्थानमा...

पर्याप्त गृहकार्य गरेर ई-पासपोर्ट अघि बढाइएको हो : परराष्ट्र मन्त्रालय

काठमाडौं, ११ असार-सरकारले पर्याप्त गृहकार्य र नियमित प्रक्रियाअन्तर्गत विद्युतीय राहदानी (ई-पासपोर्ट) छपाइसम्बन्धी बोलपत्र आह्वान भएको स्पष्ट गरेको छ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा सदस्यको जिज्ञासाको जबाफ दिँदै राहदानी विभागका महानिर्देशक रामकाजी खड्काले ७...

देउवाको बहुमत नपुग्दा प्रचण्ड माधवलाई तनाव

काठमाडौं, मंसिर २८ । नेपाल कांग्रेसको सभापतिकालागि भएको निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवाले बहुमत जुटाउन नसकेपछि सत्ता गठबन्धनमा रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तनावमा पर्नुभएको पाइएको छ...

५० लाख खर्चमा २२ हजार गरीव नागरिकलाई तीन महिना पौष्टिक खाना खुवाउने कार्य शुरु

विराटनगर,३ साउन । निषेधाज्ञा समाप्त भएपनि दैनिक रोजगारी उपलव्ध नभएका ज्यालादारी मजदूर, सुत्केरी, बालबालिका, अपाङ, वृद्ध एवं सुकुम्वासी परिवारका सदस्यहरुलाई भोको पेट वस्नु नपरोस भन्नका लागि यहाँका सामाजिक संस्थाले २२ हजार ५०० जनालाई पौष्टिक खाना...

एकता अभियानलाई पार्टी बनाउने बामदेवकाे घाेषणा

राष्ट्रियसभा सदस्य बामदेव गौतमले आफू नेतृत्वको नेकपा एकता अभियानलाई पार्टी बनाउने घोषणा गरेका छन् । ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले एकता अभियानलाई वडा तहसम्मै विस्तार गरिने बताएका हुन् । यद्यपि,...

सीमा अतिक्रमणको विरोधमा उत्रिएका २ दर्जन बढी युवा पक्राउ

काठमाडौं, २७ वैशाख-भारतीय पक्षले गरेको सीमा अतिक्रमणको विरोध प्रदशर्नमा उत्रिएका २ दुर्जन बढी विद्यार्थी नेता कार्यकर्ता जना पक्राउ परेका छन् । शनिबार दिउँसो १ बजे माइतीघर मण्डलामा विरोध प्रर्दशनमा उत्रिएका ३३ जनालाई प्रहरीले पक्राउ गरेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्