राशिफल

देउवाको बहुमत नपुग्दा प्रचण्ड माधवलाई तनाव

 न्यूज विराट
देउवाको बहुमत नपुग्दा प्रचण्ड माधवलाई तनाव

काठमाडौं, मंसिर २८ । नेपाल कांग्रेसको सभापतिकालागि भएको निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवाले बहुमत जुटाउन नसकेपछि सत्ता गठबन्धनमा रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तनावमा पर्नुभएको पाइएको छ ।

देउवाले पहिलो चरणमै सभापति जित्ने योजनाका साथ सवै शक्ति प्रयोग गर्दासमेत ८२ मत नपुरेर डा. शेखर कोइरालासँग पुनः निर्वाचनमा प्रतिस्पर्धा गर्नुपर्ने भएपछि प्रचण्ड र माधवव तनावमा पर्नुभएको हो । निकट स्रोतका अनुसार दुवै नेताले तपाईको बहुमत किन आउन नसकेको भन्दै प्रधानमन्त्री देउवालाई टेलिफोन गर्नुका साथै आफ्नो तर्फबाट कांग्रेसका महाधिवेशन प्रतिनिधि प्रभावित पार्ने भन्दै हारे बर्वाद हुने चिन्ता जनाउनु भएको छ ।

सामाजिक सञ्जालमा पनि प्रचण्ड र माधवका नेता कार्यकर्ताहरु देउवाको बहुमत नपुगेकोमा खिन्नतासहित पुनः निर्वाचनमा जित्ने बताउँदै देउवाको प्रचारमा उत्रिएका छन । कांग्रेसमा देउवाबिरोधी समुह सवै मिले उहाँलाई हराउन सकिने भए पनि प्रकाशमान सिंह र बिमलेन्द्र निधिले के निर्णय गर्छन त्यो नै निर्णायक हुनेछ ।

सम्बन्धित समाचार

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको...

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...