प्रदेश १ मा १ सय ५५ संक्रमित थपिए, ५२ जना डिस्चार्ज

 न्यूज विराट
प्रदेश १ मा १ सय ५५ संक्रमित थपिए, ५२ जना डिस्चार्ज

विराटनगर, २२ भदौ–पछिल्लो २४ घण्टामा प्रदेश १ मा आज १ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमणमा यो अहिले सम्मकै उच्च हो । मोरङमा ६७, सुनसरीमा ६६, झापामा १५, पाँचथरमा ६ र उदयपुरमा १ जनामा संक्रमण देखिइको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा आज ५१ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये २० महिला र ३१ पुरुष छन् । मोरङको रतुवामाईमा ५ पुरुष, बेलबारीमा ५ पुरुष, जहदामा १ महिला २ पुरुष र धनपालथानमा ३ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको इनरुवामा २४ महिला १८ पुरुष, इटहरीमा ५ महिला १० पुरुष, धरानमा ४ पुरुष, दुहवीमा २ पुरुष, रामधुनीमा १ पुरुष, गढीमा १ महिला १ पुरुष, झापाको कनकाईमा ७ महिला ६ पुरुष, विर्तामोड र बा¥हदशीमा १÷१ पुरुष, पाँचथरको फिदिममा ६ पुरुष र उदपुरको बेलकामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार १७७ पुगेको छ । प्रदेश १ मा थप २ जनाको मृत्यु भएको छ । मोरङको विराटनगर र बुढीगंगाका १÷१ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । आज सम्म प्रदेश १ मा मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

प्रदेश १ मा आज ५२ जना डिस्चार्ज भएका छन् । सुनसरी बराहक्षेत्रको रमानन्द आचार्य सेवा पीठ आईसोलेसन चतराबाट ३१, वि.जेनरल अस्पताल आईसोलेसन हरिनगरबाट १०, विराट मेडिकल कलेज आईसोलेसनबा ५, कालिसदन आईसोलेसन विराटनगरबाट ४ र मारवाडी सेवा सदन आईसोलेसनबाट १ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा आज सम्म डिस्चार्ज हुनेको संख्या १ हजार ८९६ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

नेवाः खलः कास्कीलाई २ लाख सहित सुर्दशन– कपिला सिरपा ११४४ सम्मान प्रदान

विराटनगर । नेपाल भाषा तथा संस्कृति संघ (झी पुचः ) ले नेवाः खलः कास्कीलाई २ लाख रुपैयाँसहित सुर्दशन– कपिला सिरपा ११४४ सम्मान प्रदान गरेको छ । नेपाल भाषा संस्कृति संरक्षण र जगेर्नामा लामो समयदेखि विशेष...

औषधी व्यवसायी संघ मोरङद्धारा माक्स वितरण र कोरोना भाइरस सम्बन्धी सचेतना

विराटनगर, चैत ५–नेपाल औषधी व्यवसायी संघ मोरङले बुधवार विराटनगरमा कोरोना भाइरस(कोभिड १९) को संक्रमण सम्बन्धी सचेतनामुलक कार्यक्रम तथा त्यसबाट बच्ने सामाग्री वितरण गरेको छ । संघले विराटनगरको ट्राफिक चौकमा सर्वसाधारणलाई भाइरसबाट जोगिन माक्स लगाउने गर्नुपर्छ...

विराटनगर गोल्डकप फुटबल प्रतियोगिता भोलीदेखि सुरु हुँदै, उद्घाटन खेलमा भूटान र नेपाल पुलिस क्लब भिड्दै

विराटनगर । विराटनगरको गौरवका रुपमा हेरिँदै आएको विराट गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । बिहीबार देखी  विराटनगरको शहिद मैदानमा विराट गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ । यस अघि समिति मार्फत हुँदै आएको...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६७ संक्रमित थपिए

विराटनगर, २८ मंसिर–प्रदेश १ मा आइतबार कोरोना भाइरसको संक्रमणबाट सात जनाको मृत्यु भएको छ । एकै दिन प्रदेश १ को झापा जिल्लाका दुई महिला र पाँच पुरुषको मृत्यु भएको हो । यो सँगै प्रदेश १...

मोरङ पब्लिक स्कूलको १८ औं वार्षिकोत्सव सम्पन्न

विराटनगर, फागुन १६–मोरङको बुढीगंगा गाउँपालिका–१ टंकिसिनवारीस्थित मोरङ पब्लिक स्कूलले १८ औं वार्षिकोत्सव तथा अभिभावक भेला मनाएको छ । स्कूल परिसरमा शुक्रबार सम्पन्न कार्यक्रममा नर्सरीदेखि कक्षा दशसम्म अध्ययरत विद्यार्थीहरूले साँस्कृतिक भेषभूषामा सजिएर नृत्य, गायन प्रस्तुत गरेका...

जाजरकोट घटनालाई लिएर प्रतिनिधिसभा अवरुद्ध, गृहमन्त्रीसँग जवाफ माग

काठमाडौं, १३ जेठ-जाजरकोट घटनालाई लिएर प्रतिनिधिसभा बैठक अवरुद्ध गरिएको छ । प्रतिपक्षी दल नेपाली कांग्रेस र संघीय समाजवादी दलका सांसदले जाजरकोट घटनालाई लिएर संसद अवरुद्ध गरेको हो । बैठक अवरुद्ध गरेपछि मिन विश्वकर्माले जाजरकोटको घटनामा...

कक्षा १२ को परीक्षामा मेरील्याण्डको फेरी पनि सर्वोत्कृष्ट नतिजा, ५६ जना विद्यार्थीले ल्याए ‘ए’ प्लस

विराटनगर । व्यवस्थापन शिक्षामा राष्ट्रिय पहिचान बनाएर देशभरीमै सधै टप १० मा पर्दै आएको विराटनगरस्थित मेरील्याण्ड कलेजले कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याएको दावी गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालमा लिएको परीक्षामा...

राससले सक्षम र क्रियाशिल रुपमा समाचार उत्पादन गर्नुपर्छ : मन्त्री कार्की

विराटनगर, फागुन ७–प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय समाचार समिति(रासस)लाई सक्षम बनाई क्रियाशिल रुपमा समाचार उत्पादन गर्नु पर्ने बताएका छन् । रासस प्रदेश १ को कार्यालय विराटनगरमा आयोजित राष्ट्रिय समाचार समितिको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्