अलैँचीकाे बजार मूल्यभन्दा भन्सार मूल्य दोब्बर

 न्यूज विराट
अलैँचीकाे बजार मूल्यभन्दा भन्सार मूल्य दोब्बर

काठमाडाैं, २२ भदौ-स्वाभाविकरूपमा हामीलाई लाग्छ, वस्तुको मूल्यअनुसार त्यसको भन्सार मूल्यमापन हुनुपर्छ । वस्तुको मूल्य कम हुँदा भन्सार मापन कम र मूल्य बढी हुँदा भन्सारको मूल्य मापन बढी हुनुपर्ने हो तर, नेपालबाट जाने अलैँचीको भारतीय भन्सार मूल्य मापनचाहिँ सधैँ एउटै दर कायम हुन्छ ।

अलैँचीको भन्सार मूल्य कुनै बेला नेपाली बजारमा एक लाख रूपैयाँ प्रति मन कोरोबार हुँदा र अहिले सरदर २० हजार रूपैयाँ प्रति मन हुँदा पनि एउटै छ । व्यवसायीका अनुसार अहिले नेपालबाट जाने अलैँचीको मूल्य दर प्रतिकिलो भारु पाँच सयको नै बिल भन्सारमा बनाउनुपर्ने बाध्यता छ । यही कारण नेपाली बजारमा प्रतिकिलो पाँच सय रुपैयाँ मात्र अलैँचीको मूल्य हुँदा अतिरिक्त तीन सय रूपैयाँ भन्सार मूल्य देखाएर भारत अलैँची पठाउनुपर्ने बाध्यता छ ।

यो भन्सार मूल्य नेपाली बजारमा किसानको अलैँची किनेको मूल्यको झण्डै दोब्बर मूल्य हो । ‘भन्सार मूल्य समायोजन नहुँदा भन्सारमा धेरै मूल्यको बिल बनाउनुपर्छ’, अलैँची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष राजकुमार कार्कीले भने, ‘यो सबै मूल्य किसानले नै तिर्नुपर्छ । हामी व्यवसायीलाई सामान्य मात्रै भए पनि नाफा हुन्छ ।’

आठ वर्षयता नेपालबाट जाने अलैँचीको भन्सार मूल्य सोहीअनुसार छ । अलैँचीको मूल्य अधिकतम हुँदा यो दरअनुसार भन्सार मूल्य बनाउन गाह्रो छैन तर किसानसँग किनेको मूल्यभन्दा बढी पर्दा समस्या हुने गरेको व्यवसायीको गुनासो छ । ‘हामीले पारि (भारतीय भन्सार) मा जतिको मूल्य बनायो नेपाल सरकारलाई कर पनि त्यहीअनुसार बुझाउनुपर्छ’, अलैँची व्यवसायी महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष दीपक नेपाल भन्छन्, ‘प्रतिमन एक लाख रूपैयाँ मूल्य हुँदा त सजिलो थियो अहिले त कसरी तिर्नु त्यो मूल्यअनुसारको कर ? त्यसैले अत्यन्तै गाह्रो छ । घाटा खाएर गर्नुपर्ने व्यवसायमा सरकारको कदम पनि केही दह्रो हुनु पर्ने हो तर त्यस्तो देखिँदैन ।’

अहिलेको प्रावधानअनुसार चार लाख रूपैयाँसम्म नेपाल सरकारलाई कर बुझाउनु नपर्ने प्रावधान छ भने चार लाखभन्दामाथि प्रतिलाखको १० प्रतिशत कर बुझाउनुपर्छ । त्यस्तै २० लाख रूपैयाँ कोराबार गर्दा २० प्रतिशत भन्सार बुझाउनु पर्छ । सोही दरमा नेपाल सरकारलाई व्यवसायीले कर बढाएर तिर्नुपर्ने प्रावधान छ तर भारतीय भन्सारमा बढी मूल्यको अलैँची (८ सय प्रतिकिलो) बनाउँदा स्वतः कोरोबार बढी देखिने हुँदा बढी भन्सार तिर्नुपरेको व्यवसायीको भनाइ छ ।

भन्सार मूल्य समायोजन गर्नका लागि व्यवसायीका तर्फबाट नेपाल सरकारलाई पटकपटक ध्यानाकर्षण भएको पनि हो तर सरकारका तर्फबाट ‘ठोस’ पहल नहुँदा बढी मूल्यको भन्सार मूल्य बनाउनुपरेको हो । त्यति मात्र होइन, दुईदेश बीच हुने वाणिज्य सन्धि पनि परिमार्जन हुनुपर्ने हो तर नेपाल र भारतको हकमा भने त्यस्तो पनि हुन सकेको छैन । यही मूल्य समायोजन नभएकै कारण धेरै व्यवसायी अलैँची कारोबार गर्न सक्रिय भएको वरिष्ठ उपाध्यक्ष नेपालको भनाइ छ ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पनि यो कुरा उठाएका छौँ’, महासंघका अध्यक्ष कार्कीले भने, ‘केही पहल हुन सक्छ ।’ नेपालबाट भारत जाने अलैँचीलाई मात्र प्रतिकिलो भारु पाँच सय भन्सार तिर्नुपर्छ तर भारतमै उत्पादित अलैँचीको भने भारु तीन सय मात्र तिर्दा पुग्छ । भारतकै सिक्किमबाट पश्चिम बङ्गाल जाने भन्सार मूल्य भारु तीन सय मात्रै छ । यसैले भारतीय व्यापारीले नेपालको अलैँची किन्न मान्दैनन । नेपाल र भारतको अलैँचीको भन्सार महसुलमै अत्यन्तै बढी फरक छ ।

नेपालबाट जाने अलैँचीको भन्सार मूल्य बढी हुनुमा चाहिँ भारतले बनावटी समस्या भिराएको व्यवसायी बताउँछन् । ‘भारतले नेपाली अलैँचीमा वितृष्णा जगाएकै कारण भन्सार समायोजन नभएको हो’, अलैँची व्यवसायी महासंघका महासचिव सुवास भट्टराई भन्छन्, ‘सँगैमा किन फरक÷फरक भन्सार मापन हुन्छ, यसका लागि नेपाल सरकारले पहल गर्नुपर्छ ।’

नेपालबाट ठूलो परिमाणमा तेस्रो मुलुक जानेमध्ये बङ्गलादेश मुख्य देश हो तर नेपालले बङ्गलादेशसँग अलैँचीसम्बन्धी व्यापार सम्झौता नगर्दा बढी कर तिर्नुपरेको व्यवसायीको गुनासो छ । अहिले बङ्गलादेशमा अलैँची पठाउन भूटानलाई शून्य कर लाग्छ भने नेपालले ३५ प्रतिशत कर तिर्नुपर्छ । यसैले सिधै अलैँची बङ्गलादेश लैजान नसकिने भएकाले भारतमार्फत अलैँची लानुपर्ने बाध्यता छ । ‘सरकारले सिधै पठाउन सम्झौता नै गरेको छैन’, पूर्व वरिष्ठ उपाध्यक्ष नेपालले भने, ‘हामीले बङ्गलादेश अलैँची लाने हो तर ४५ दिनभन्दा बढी लाग्छ, कर पनि उस्तै’ ।

नेपालमा उत्पादन भएको ९८ प्रतिशत अलैँची बाहिरी देश निर्यात हुने गरेको व्यवसायी बताउँछन् । आर्थिक वर्ष ०७५/७६ मा ५२ लाख ४० हजार ३ सय २९ किलो अलैँची निर्यात भएकामा आर्थिक वर्ष ०७६/७७ मा ५० लाख १२ हजार ६ सय ९४ किलो मात्र निर्यात भएको व्यापार तथा तथा निकासी केन्द्रको तथ्याङ्क छ । आर्थिक वर्ष ०७५/७६ मा चार अर्ब २८ करोड ४१ लाख ९९ हजार रूपैयाँको अलैँची निर्यात भएकामा गत आर्थिक वर्ष ०७६/७७ मा चार अर्ब एक करोड ९२ लाख १४ हजार रूपैयाँको मात्र निर्यात भएको तथ्याङ्कले देखाउँछ । रासस

सम्बन्धित समाचार

मोरङको ग्रामथान अध्यक्षमा माओवादीका नमो नारयण माझी निर्वाचित

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमो नारयण माझी निर्वाचित भएका छन् । आइतबार भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका बलराम सरदार थारुलाई १ हजार ६३६ मतले हराउँदै माझी निर्वाचित भएका हुन् । निर्वाचित...

विराटनगरमा राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु

विराटनगर, माघ २३–‘समृद्धिका लागि एकीकृत जैविक स्रोत’ भन्ने मूल नाराका साथ विराटनगरमा बिहीबारदेखि राष्ट्रिय वैज्ञानिक सम्मेलन सुुरु भएको छ । दुुई दिनसम्म चल्ने सो सम्मेलनमा नेपाल, भारत तथा बंगलादेशका ३ सयभन्दा बढी जीव वैज्ञानिक तथा...

गृहमन्त्रीमा बादल पुन: नियुक्त

नेकपा एमालेका नेता रामबहादुर थापा बादल गृहमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बादललाई गृहमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएसँगै बादल गृहमन्त्रीबाट पनि स्वत: पदमुक्त भएका थिए...

देशभर थपिए ४४९९ कोरोना संक्रमित, काठमाडौं उपत्यकामा मात्र २७२० संक्रमित

काठमाडौं ७ कात्तिक-पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४ सय ९९ जनामा कोरोना भाइरस  संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ८६३ नमूना परीक्षण गर्दा १६९० महिला र २८०९ पुरुषमा संक्रमण पुष्टि भएको...

कोशी अस्पतालबाट कैदी फरार प्रकरण : डिएसपीको नेतृत्वमा छानविन समिति गठन

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालबाट एक जना कैदी फरार भएको घटनाको अनुसन्धान गर्न मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतको नेतृत्वमा छानविन समिति गठन भएको छ । डियुटिमा रहेका दुई जना प्रहरीलाई निलम्बन गरेर छानविन...

मानगढ खानेपानीको पुनः निर्वाचन गराउन माग राख्दै उच्च अदालतमा रिट, शुक्रबारलाई तोकियो पेशी

विराटनगर । मानगढ खानेपानी आयोजनामा नयाँ नेतृत्व चयनको लागि भएको मतदान रद्ध गरि पुनः निर्वाचन समिति गठन गरेर मात्रै निर्वाचनको प्रक्रिया सुरु गर्न माग राख्दै उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता भएको छ ।विराटनगरका तीन...

आज श्रीकृष्ण जन्माष्टमी

काठमाडौं । आज भाद्र कृष्णपक्ष अष्ठमी तिथि अर्थात् सनातनीको आस्था श्रीकृष्ण जन्माष्टमी । भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । तिथिको हिसाबले १२ बजेको समयमा द्धापरयुगमा भगवान श्रीकृष्णको जन्म भएको थियो । त्यही अवसर पारेर...

कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेन: शेखर कोइराला

विराटनगर, फागुन २८–नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको बताएका छन् । बुधबार विराटनगरस्थित कोइराला निवासमा प्राध्यापक र बुद्धिजीविहरूसँगको छलफलमा कोइरालाले सरकारका गलत क्रियाकलापको विरोध गर्नसमेत कांग्रेसले नसकेको दाबी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्