पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४ जनाको मृत्यु, ५४ संक्रमित थपिए

 न्यूज विराट
पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४ जनाको मृत्यु, ५४ संक्रमित थपिए

विराटनगर, २० भदौ–प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना भाईरस (कोभिड १९) संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुने सवै मोरङका रहेका छन् । विराटनगरका २ महिला र बुढीगंगा र धनपालथानका १–१ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा शनिबारसम्म मृत्यु हुनेको संख्या ३९ पुगेको छ । प्रदेश १ स्थायी ठेगाना भएका २७ रहेका छन् । अन्य १२ जना प्रदेश १ बाहिरका रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा शनिबार १ हजार ७ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २३ महिला र ३१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । शनिबार ५४ जनामा कोरोना संक्रमण देखिएको हो । मोरङका ३४, सुनसरीका १३, झापाका ५, इलामका १ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनागरका १४ महिला १४ पुरुष, पथरीशनिश्चरेका २, लेटाङ, कटहरी र रंगेलीका १÷१ पुरुष र जहदाकी १ महिला, सुनसरीको इटहरीका २ महिला ६ पुरुष, धरानका ४ महिला १ पुरुष, झापाको दमकका १ महिला २ पुरुष, विर्तामोडका १ र स्थानीय तह नखुलेका १ पुरुष, इलामको चुलाचुलीका १ पुरुष र प्रदेश १ बाहिरका १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ८७९ पुगेको छ ।

प्रदेश १ मा आज १६ जना डिस्चार्ज भएका छन् । उनीहरु सवै कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ८३५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज सम्म ९७ हजार २२१ जनाको कोरोना परीक्षण गरिएको छ ।

सम्बन्धित समाचार

नेपाल अग्रवाल युवा मञ्चले मनायो स्थापना दिवश

विराटनगर । नेपाल अग्रवाल युवा मञ्च विराटनगरले विभिन्न कार्यक्रमको आयोजना गरि ३० र्औ स्थापाना दिवश मनाएको छ । मञ्चले आज आइतबार विराटेश्वर विद्धाआश्रममा रहेको विद्ध–विद्धाहरुलाई विहानको भोजन गराएको थियो । सोही अवसरमा विराटेश्वर विद्धाआश्रमका अध्यक्ष...

माओवादीको अभियानअन्तर्गत विराटनगरमा निःशुल्क आँखा शिविर, तीन सय बढीको आँखा जाँच

विराटनगर । नेकपा माओवादी केन्द्रले विराटनगरमा शनिबार बिहान निःशुल्क निःशुल्क आँखा जाँच शिविर आयोजना गरेको छ। तीनमहिने जनतासँग माओवादी विशेष रूपान्तरण अभियानअन्तर्गत विराटनगर ४ खारजीमा निःशुल्क आँखा शिविर आयोजना गरिएको हो। माओवादी विराटनगर महानगर ४...

विनियोजन विधेयक राष्ट्रियसभाबाट बहुमतले पारित

काठमाडौं, ४ असार-प्रतिनिधिसभाबाट सन्देशसहित विनियोजन विधेयक बहुमतले पारित भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले विनियोजन विधेयक बहुमतले पारित भएको घोषणा गरेका हुन् । अर्थमन्त्री युवराज खतिवडाले पारित गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभामा राखेका थिए...

नेकपा (एमाले) मोरङको एकै पटक १५८ वडामा आज वडा अधिवेशन हुँदै

विराटनगर, ६ कात्तिक । नेकपा एमाले मोरङको शनिबार जिल्लाका १५८ वटै वडामा एकैपटक वडा अधिवेशन हुदैछ । सुनवर्षी नगरपालिका ६ मा बाहेक जिल्लाका सबै वडामा शनिबार अधिवेशन भइरहेको नेकपा (एमाले) मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी...

भोक्राहा नरसिंह गाउँपालिकाका पूर्व–अध्यक्षले छिमेकीमाथि लखेटी–लखेटी  गरे आक्रमण, पक्राउ परेनन मुख्य आरोपी

विराटनगर । जग्गा विवादको निहुँमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका निवर्तमान अध्यक्षसहितको समूहले उनकै छिमेकीमाथि निर्घात कुटपिट गरेको छ। गाउँपालिकाका निर्वतमान अध्यक्ष महेन्द्र यादवसहितको समूहले जग्गा विवादको निहुँमा मंगलबार बिहान ११ बजेतिर छिमेकीलाई लखेटी–लखेटी निर्घात कुटपिट...

हिमालय दर्शन कलेजमा हाजिरिजवाफ प्रतियोगिता

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजमा हाजिरिजवाफ प्रतियोगिता आयोजना गरेको छ । विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको हो । कलेजमा अध्ययरत विद्यार्थीहरूको समूह बनाएर प्रतियोगिता आयोजना गरिएको थियो । जसमा...

साविक बिजेता एपीएफलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...

पछिल्लो २४ घण्टामा २२४८ जना कोरोनामुक्त

आइतबार थप १ हजार ९ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।  पछिल्लो २४ घण्टामा कुल १२ हजार ५ सय १६ नमूना परीक्षण भएकोमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । सो मध्ये ९ हजार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्