माओवादीको अभियानअन्तर्गत विराटनगरमा निःशुल्क आँखा शिविर, तीन सय बढीको आँखा जाँच

 न्यूज विराट
माओवादीको अभियानअन्तर्गत विराटनगरमा निःशुल्क आँखा शिविर, तीन सय बढीको आँखा जाँच

विराटनगर । नेकपा माओवादी केन्द्रले विराटनगरमा शनिबार बिहान निःशुल्क निःशुल्क आँखा जाँच शिविर आयोजना गरेको छ। तीनमहिने जनतासँग माओवादी विशेष रूपान्तरण अभियानअन्तर्गत विराटनगर ४ खारजीमा निःशुल्क आँखा शिविर आयोजना गरिएको हो।

माओवादी विराटनगर महानगर ४ नम्बर वडाद्वारा आयोजित शिविरमा प्राविधिक सहयोग विराटनगरस्थित दिव्य ज्योती आँखा अस्पतालले गरेको थियो । आँखा शिविरमा तीन सय बढीले आँखा जाँच गरेका थिए । आँखा जाँच गरेका विरामीलाई निःशुल्क चस्मा र औषधी पनि प्रदान गरेको माओवादी नेता विनोद घिमिरेले जानकारी दिए ।

संगठन सुदृढीकरण र विस्तारका लागि माओवादीले आज देशभरका ६ हजार ७४३ वडामा एकसाथ अभियान सुरु गरेको हो । माओवादीले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मलाई वडावडाको जिम्मेवारी दिएर अभियानमा खटाएको छ ।

सम्बन्धित समाचार

संविधानको कार्यान्वयन आजको महत्वपूर्ण कार्यभार : सभामुख सापकाेटा

काठमाडौं, ३ असोज-सभामुख अग्निप्रसाद सापकोटाले संविधानमा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन आजको महत्वपूर्ण कार्यभार भएको बताएका छन् । संविधान दिवस, २०७७ का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सङ्घ, प्रदेश र स्थानीय तहबीचका साझा अधिकारका क्षेत्राधिकार...

मेयर सराबगीका पिताको निधन

वीरगञ्ज, १५ भदौ-वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीका बुबाको ७८ वर्षको उमेरमा निधन भएको छ ।  १५ दिनदेखि अस्पतालमा उपचार गराइरहेका सरावगीका बुबा चिरञ्जीवीलाल सरावगीको गएराति निधन भएको हो ।  पछिल्लो समय भेन्टिलेटरमा उपचार गरिँदै आइएका...

माधव नेपालसहित १४ सांसद विरुद्धको मुद्दामा आज सुनुवाइ

काठमाडौं, चैत्र २० । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित १४ जना सांसद विरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले आइतबारदेखि सुनुवाइ गर्दैछ । एमालेबाट अलग हुनु अघि नै नेपालसहितका...

उज्वेकिस्तानले खसाल्यो अफगान सैन्य विमान

एजेन्सी, १ भदौ । उज्वेकिस्तानले अफगानिस्तानको एक सैन्य विमान खसालेको छ । उज्वेकिस्तानको रक्षा मन्त्रालयले सीमा उल्लंघन गरेको अफगान सैन्य विमानलाई खसालेको जनाएको हो । उक्त विमानमा कति सवार थिए र उनीहरूको अवस्था कस्तो छ...

प्रदेश १ मा आज १०२ जना नयाँ संक्रमित थपिए

विराटनगर, ६ भदौ-प्रदेश १ मा कोरोना संक्रमितको संख्या २६ सय नजिक पुगेको छ । शनिबार एक सय दुई जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या दुई हजार पाँच सय ८९ पुगेको हो । शनिबार ३७...

नेपाल अब कोरोनाको उच्च जोखिममा छैन : मन्त्री ढकाल

काठमाडौं, १९ वैशाख-सरकारले कोरोना भाइरसको परीक्षण बढाएको बताएको छ । शुक्रबार राष्ट्रियसभा विधायन व्यवस्था समिति बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारले कोरोना परिक्षण बढाएको बताएका हुन् । कोरोना परीक्षण कम भएको भन्दै सरकारको...

झडपबीच सकियो कांग्रेस बैठक

काठमाडौं, माघ १३–नेविसंघका विद्यार्थीबीच जारी झडपकै बीच कांग्रेसले महाधिवेशनबाहेकका सबै अधिवेशनको मिति परिवर्तन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले गत ११ पुसमा पेस गरेको महाधिवेशन कार्यतालिकामध्ये महाधिवेशनबाहेकका कार्यतालिका परिवर्तन गरेको हो...

मृत्युपछि सुत्केरीलाई संक्रमण पुष्टि : मलामी गएका ४९ जना सम्पर्कमा

धनगढी, जेठ २५-सेती प्रादेशिक अस्पतालको डायलासिस वार्डमै मृत्युपश्चात कोरोना पुष्टि भएकी महिलाको मलामी गएका व्यक्तिहरूलाई प्रहरीले सम्पर्कमा ल्याएको छ । प्रहरीका अनुसार महिलाको टोलसहित घोडाघोडी नगरपालिका- ३ का ८ र बर्दोगोरिया गाउँपालिका- २ का दुई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्