काश्मीरमा १३१ वर्षपछि उर्दुको एकछत्र राज समाप्त, ५ भाषालाई मान्यता

 न्यूज विराट
काश्मीरमा १३१ वर्षपछि उर्दुको एकछत्र राज समाप्त, ५ भाषालाई मान्यता

एजेन्सी, १८ भदौ-श्रीनगर केन्द्र सरकारले जम्मू काश्मीरमा पाँच भाषालाई आधिकारिक भाषाको मान्यता दिने घोषणा गरेको छ । यसका साथै त्यहाँ १३१ वर्षपछि उर्दु भाषाको एकछत्र राज समाप्त भएको छ । भौगोलिक र सामाजिक रुपमा विविधता भएको जम्मु काश्मीरमा उर्दु, अंग्रेजी, हिन्दी, काश्मिरी र डोगरी भाषालाई अब आधिकारिक भाषाको रुपमा मान्यता दिइएको हो ।

डोगरा शासक महाराजा प्रताप सिंहको शासनकालमा उर्दुलाई जम्मू काश्मीरको आधिकारिक भाषाको मान्यता दिइएको थियो । ५ अगस्ट, २०१९ मा केन्द्र सरकारले जम्मू काश्मीर पुनर्गठन अधिनियम २०१९ लागू गर्दैै जम्मू, काश्मिर र लद्दाखलाई अलग क्षेत्रका रुपमा विभाजन गरेको थियो ।

केन्द्रीय सूचना एवम् प्रसारणमन्त्री प्रकाश जावडकरले दिल्लीमा जम्मू काश्मिरमा हिन्दी, अंग्रेजी, उर्दु, काश्मीरी र डोगरीलाई आधिकारिक भाषा बनाउने निर्णय गर्दै स्थानीय जनताको मागका आधारमा यो निर्णय गरिएको बताएका छन् ।

जम्मू काश्मीरमा काश्मिरी, पहाडी, गोजरी, लद्दाखी, बौद्धी, बाल्ती, सिना, सिराजी, मिरपुरी, पञ्जाबी मुख्य रुपमा मातृभाषाका रुपमा रहेका छन् । उर्दु र हिन्दीलाई त्यहाँका जनताले आपसमा सम्पर्क भाषाका रुपमा प्रयोग गर्दै आएका छन् ।

डोगरा शासक महाराजा प्रताप सिंहले १९८९ मा उर्दुलाई आधिकारिक भाषाको दर्जा दिँदै यसलाई अदालती कामकाजी भाषाका रुपमा अनिवार्य गरेका थिए ।

त्यसअघि जम्मू काश्मीरमा अदालती र राजस्व विभागसँग सम्बन्धित काम फारसी भाषामा हुँदै आएका थिए । महाराजा प्रताप सिंहले नै फारसीको स्थानमा उर्दुलाई प्रोत्साहित गरेका थिए ।

उर्दुका अध्यापक नजीर अहमदले सरकारी फैसलाले उर्दु भाषाको विकास रोकिने बताएका छन् । उनले यसअघि नै उर्दुको विकासका लागि प्रदेशमा कुनै विशेष नीति नरहेको भन्दै अब यसमा झनै ठूलो असर पर्ने बताएका हुन् ।

सम्बन्धित समाचार

संवैधानिक परिषद् अध्यादेश र नियुक्तिसम्बन्धी सुनुवाइ चाँडो गर्न प्रधानन्यायाधीशसहित सबै न्यायाधीशलाई पत्र

कानुन अध्ययन गरिरहेका विद्यार्थीहरूले सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरूलाई पत्र पठाएका छन् । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसले गरेका नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा परेका रिटको सुनुवाइ यथाशीघ्र गर्न माग गर्दै समृत खरेल,...

एकै पोखरीमा डुबेर ३ बालकको मृत्यु

झापा, ८ साउन-झापाको भद्रपुर नगरपालिका–२ स्थित कमलधापमा निर्माणाधीन पोखरीमा डुबेर ३ बालकको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । मृत्यु हुनेमा भद्रपुर–२ का अनिल तामाङका १० वर्षीय छोरा अङ्कुश, सोही स्थानका कमला थामीका २...

विराटनगरमा आज एकैदिन १९१ जना कोरोना संक्रमित थपिए

विराटनगर, ३ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६१७ जनामा कोरोना संक्रमण भएको छ । ८८९ जनाको पीसीआर परीक्षण गर्दा ५२१ र ३८० जनाको एन्टिजेन परीक्षण गर्दा ९६ जनामा संक्रमण देखिएको सामाजिक विकास...

प्रधानमन्त्री ओली फेरि शीतल निवासमा

काठमाडौं, ३ मंसिर-प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । नेकपा सचिवालय बैठक बस्नु केही समयअघि प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन् । प्रधानमन्त्रीले मंगलबार साँझ पनि राष्ट्रपतिलाई भेटेका थिए...

‘अब गियर चेन्ज’ गरेर सरकारले अघि बढ्छ : मन्त्री शर्मा

विराटनगर । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मन्त्री शर्माले तत्काल सरकारको नेतृत्व परिवर्तन हुने सम्भावना नरहेको भन्दै वर्तमान सरकारले एक वर्ष पूरा गरेपछि नयाँ ढंगले ‘गियर चेन्ज’ गरेर अगाडि बढ्ने बताएकी छिन् ।...

विराटनगर गुद्रीमा एक युवक मृत अवस्थामा फेला परे

विराटनगर, २७ भदौ । विराटनगरको पुरानो तरकारी बजार लाग्ने गुद्रीमा एक युवक मृत अवस्थामा फेला परेका छन् । अन्दाजी ३०÷३५ वर्षका देखिने युवक आइतबार दिउँसो साढे एक बजेतिर मृत अवस्थामा फेला परेका हुन् । उनको...

एसईइ रनिङ शिल्डको फाइनल आज , उपाधिको लागि बरहा र सत्यनारायण भिड्दै

विराटनगर । दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको आज दिउँसो विराटनगर १ स्थित डनबस्को स्कुलको खेलमैदानमा फाइनल हुदैछ । प्रतियोगिताको फाइनलमा सुनसरीको बराहा राईजिङ स्टार स्कुल र विराटनगरमा रहेको सत्यनारायण...

मोरङको सुनवर्षीमा गठबन्धन नगर्ने कांग्रेसको निर्णय, गठबन्धनमा भाँडभैलो

विराटनगर, २५ चैत । अगामी ३० वैशाखमा हुने स्थानीय तहको चुनावमा नेपाली कांग्रेसले मोरङको सुनवर्षीमा गठबन्धन गर्ने निर्णय गरेको छ । सवै वडाका वडा समितिका सभापति, क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि, पार्टीका बुद्धिजीवी, शुभचिन्तकलगायतको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्