एसईइ रनिङ शिल्डको फाइनल आज , उपाधिको लागि बरहा र सत्यनारायण भिड्दै

 न्यूज विराट
एसईइ रनिङ शिल्डको फाइनल आज , उपाधिको लागि बरहा र सत्यनारायण भिड्दै

विराटनगर । दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको आज दिउँसो विराटनगर १ स्थित डनबस्को स्कुलको खेलमैदानमा फाइनल हुदैछ । प्रतियोगिताको फाइनलमा सुनसरीको बराहा राईजिङ स्टार स्कुल र विराटनगरमा रहेको सत्यनारायण मावि पुगेको छ । बराहाले ४ र सत्यनारायण माविले पनि ४ वटा स्कुललाई हराउँदै उपाधि निजिक पुगेका हुन् ।

शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा इटहरीको सहिद स्मृति माविलाई ३–१ गोलले पराजित गर्दै बराहा राईजिङले फाइनलको यात्रा सुरक्षीत गरो । जितको लागि बरहाका रोहन राईले २ गोल र आयुश रुचाल मगरले १ गोल गरेका थिए । सान्तवना गोल सहिद स्मृति स्कलका सुशील राईले फर्काए । म्यान अफ द म्याच बराहा राईजिङका रोहन राई घोषित भए ।

दोस्रो सेमीफाइनल खेलमा साविक विजेता मोरङको बुढीगंगाकामा रहेको जेभियर्स स्कुललाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै सत्यनारायण मावि फाइनलमा पुगेको हो । निर्धारितसम्म १–१ गोलको बराबरी भएपछि जितको निर्णायक टाइब्रेकरबाट भएको हो । म्यान अफ द म्याच सत्यनारायण माविका हेमन्त राजबंशी घोषित भए ।

प्रतियोगितामा मोरङ र सुनसरीका ४५ वटा विद्यालयको सहभागी रहेको संयोजक बिक्की कार्कीले जानकारी दिए । प्रतियोगिताको बिजेता र उपबिजेताले आकषर्ण ट्रफि गिफट ह्याम्परहरु प्राप्त गर्नेछन् । विधागत रुपमा जित्ने खेलाडीहरुलाई पनि ट्रफी गिफट ह्याम्पर विद्यालयहरुले छात्रवृत्ती दिनेछ ।

सम्बन्धित समाचार

एक परिवारलाई मासिक १ सिलिण्डर

कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रणका लागि गरिएको लकडाउनको अवधि लम्बिन सक्ने र ग्यास बिक्री वितरणमा समस्या हुनसक्ने भएकाले महिनामा एक परिवारलाई एउटा सिलिन्डर उपलब्ध गराइने भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री–वितरणमा नयाँ...

कोरोनाले विदेश जान रोकिएकालाई प्रधानमन्त्री रोजगारमार्फत् जागिर

सरकारले विदेश जान नपाएका नेपालीलाई स्वदेशमै रोजगारी दिन भएको छ ।कोरोना भाइरसबाट मुलुकलाई जोगाउन सरकारले गरेको पूर्वतयारीका बारेमा जानकारी दिन बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका अर्थ एवं सञ्चार...

विराटनगरमा आगामी पुष ६ गतेदेखि ट्रेड एक्पोः चार लाख बढीले अवलोकन गर्ने, १५ कारोडको कारोबार हुने अपेक्षा

विराटनगर । मोरङ व्यापार संघको आयोजनामा आगामी पुष ६ गतेदेखि ट्रेड एक्पो हुने भएको छ । पुस ६ गतेदेखि विराटनगरमा मोरङ व्यापार संघ ट्रेड एक्सपो २०८० को आयोजना हुने भएको हो ।  संघले यस वर्ष...

नेपालले चिनियाँ ताइपेईलाई २-० ले हरायो

काठमाडौं, जेठ २१ । नेपालले एसियाली विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ मा चिनियाँ ताइपेईमाथि २–० को जित निकालेको छ । जितसँगै नेपालले एसिया कप छनोट समीकरणमा आफ्नो बलियो चुनौती पेस गरेको छ । यो जितपछि आफ्नो समूहको...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । समायोजन गरिएको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ । निगमले डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुईका दरले वृद्धि गरेको हो ।...

विश्वमा कोरोना संक्रमितको संख्या ५७ लाख १५ हजार नाघ्यो, रुसमा मात्र ३ लाख ७० हजार

मस्को, जेठ १४–विश्वमा कोरोना संक्रमितको संख्या ५७ लाख १५ हजार नाघेको छ । वल्र्डोमिटरको तथ्यांक अनुसार बुधबार साँझ ७ बजे सम्ममा कोरोना संक्रमितको संख्या ५७ लाख १५ हजार १ सय १७ पुगेको हो । जस...

भेटियो ढलमा खसेका बालकको शव

काठमाडौं, १० असोज । काठमाडौंको कपनस्थित ढलमा खसेर बेपत्ता रहेका १० वर्षीय बालक उज्ज्वल विकको शव ललितपुरमा भेटिएको छ । महाङ्काल गाउँपालिकास्थित बागमती नदी किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । गत मंगलबार...

सुदूरपश्चिम प्रदेशमा थप ४३ जनामा कोरोना

धनगढी, ७ असार-सुदूरपश्चिम प्रदेशमा आज थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा ४३ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए ।

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्