बिरामीले उपचार नपाएपछि अस्पतालमा प्रशासनको अनुगमन

 न्यूज विराट
बिरामीले उपचार नपाएपछि अस्पतालमा प्रशासनको अनुगमन

चितवन, १७ भदौ-जिल्लाका अस्पतालमा बिरामीले उपचार नपाएर मृत्यु भएको समाचार बाहिर आए सँगै स्थानीय प्रशासनले अनुगमन थालेको छ । अस्पतालमा आएका बिरामीको मृत्यु भएपछि प्रशासनले अस्पतालको बिरामी भर्ना, शुल्क, शैयाको अवस्था, दक्ष जनशक्तिको अवस्था, संस्थाले दिदैं आएको सेवा, कोरोना सङ्क्रमितको अवस्था, सङ्क्रमितका लागि छुट्याइएको बेड लगायतका विषयमा अनुगमन गरेको हो । 

चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माको नेतृत्वमा भरतपुर क्षेत्रका ६ निजी अस्पतालको अनुगमन गरिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रमुख दिपक तिवारीका अनुसार २ वटा मेडिकल कलेज, मनकामना अस्पताल, नारायणी सामुदायिक हस्पिटल, सिटी अस्पताल लगायतमा अनुगमन गरेको हो ।

शर्माले अस्पतालमा आएका बिरामीले उपचार नपाएको भन्ने सूचनाका आधारमा अनुगमन गरिएको बताए । अनुगमन नियमित रुपमा प्रत्यक्ष र अप्रत्यक्ष गरीने बताइएको छ ।

केही दिन अघि जिल्लाका निजी अस्पतालले बिरामी भर्ना नलिएपछि भरतपुर अस्पतालमा पुगेको केही समयमा तीन जनाको एकै दिन मृत्यु भएको थियो ।

कोरोना सङ्क्रमणको समयमा अस्पतालले बिरामीलाई उपचार नगर्नु भनेको जिम्मेवारीबाट पन्छीनु भएकाले त्यस्तो हुन नदिनका लागि अनुगमन गरिएको उनको भनाई  थियो । रासस

सम्बन्धित समाचार

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४ सय ४५ संक्रमित थपिए

विराटनगर, २८ असोज—प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४४५ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १९७, मोरङमा १८५, झापामा ४६, उदयपुरमा ६, धनकुटा र इलाममा १÷१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक...

पारिश्रमिक नपाएको भन्दै नोबेलका ५५ स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

विराटनगर, ९ भदौ-विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ५५ जना स्वाथ्यकर्मीले सामूहिक राजीनामा दिएका छन् । लामो समयदेखिको पारिश्रमिक नपाएको तथा स्वास्थ्यकर्मीको सुरक्षामा अस्पतालले विभेद गरेको भन्दै कलेजको इमरजेन्सी विभागमा कार्यरत ५५ स्वास्थ्यकर्मीले राजीनामा दिएका हुन्...

एमाले एकताको लागि माधवलाई दोस्रो अध्यक्ष बनाउन ओली तयार

काठमाडौं, ६ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार रहेको घोषणा गरेका छन् । पार्टीको केन्द्रिय कमिटी बैठकमा बोल्दै उनले पार्टी एकताका लागि...

आफ्नो स्वार्थका लागि जे पनि गर्ने प्रचण्डको धोति फेरि खुस्कियोः महेश बस्नेत

काठमाडौँ, माघ २३ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं सांसद महेश बस्नेतले आफ्नो स्वार्थका लागि रास्ट्रघात र अपराध जे पनि गर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डको धोति फेरि एक पटक खुस्किएको बताउनुभयो ।...

संक्रमितको सम्पर्कमा आएकालाई ५ दिनपछि मात्रै पीसीआर परीक्षण गर्न आग्रह

काठमाडौं, ३१ साउन-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरूलाई ५ दिनपछि मात्रै कोरोना भाइरस परीक्षण गर्न आग्रह गरेको छ । संक्रमण पोजिटिभ भएको व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरूले तत्कालै परीक्षणका लागि स्वाब दिने गरेको...

प्रदेश १ मा ४६९ संक्रमणमुक्त, १६१ संक्रमित थपिए

विराटनगर, २ साउन । प्रदेश १ मा आज ४६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २०५ महिला र २६४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७० हजार ८५३ पुगेको छ ।...

कालो बजारीप्रति उद्योग सङ्गठन मोरङको ध्यानाकर्षण

विराटनगर, ४ बैशाख-उद्योग सङ्गठन मोरङले लकडाउनको अवधिमा अत्यावश्यक वस्तु र सेवाको आपूर्ति तथा बिक्रीवितरणमा कृत्रिम अभाव सिर्जना गर्ने तथा अत्यधिक मूल्य लिई कालो बजारी नगर्न आग्रह गरेको छ । मानव जातिको अस्तित्व नै सङ्कटमा परिरहेको...

सम्राट स्पोर्टिङ क्लबद्धारा लिग बिजेता खेलाडीलाई सम्मान

विराटनगर । विराटनगरमा रहेको सम्राट स्पोर्टिङ क्लबले यस बर्षको मोरङ जिल्ला ए डिभिजन लिग बिजेता आफ्नो खेलाडीलाई सम्मान गरेको छ । विराटनगर ३ क्लवको भवनमा शनिबार विहान एक कार्यक्रम बिच खेलाडीहरुलाई सम्मान गरेको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्