सुनसरीमा बुधबार ६७ संक्रमित थपिए

 न्यूज विराट
सुनसरीमा बुधबार ६७ संक्रमित थपिए

विराटनगर, १७ भदौ–सुनसरीमा बुधबार अहिलेसम्मकै धेरै ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार ५६ जनामा कोरोना संक्रमण देखिएको सुनसरीमा बुधबार ६७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ फोकल पर्सन सिर्जना लिङ्थेपका अनुसार जिल्लामा ७ जना महिला र ६० जना पुरुष गरी ६७ जना संक्रमित थपिएका हुन् ।

संक्रमित हुनेहरूमा इटहरी उपमहानगरका ५८ जना, धरानका ७ जना, भोक्राहाका १ जना र इनरुवाका १ जना छन् । संक्रमित हुनेमा धरानमा इलाका प्रहरी कार्यालयका एक जना थुनुवा पनि छन् ।

इटहरीका संक्रमितहरु एक उद्योगका कामदार भएको बुझिएको छ । योसँगै सुनसरीमा कोरोना संक्रमितको कुल संख्या ८ सय ३० पुगेको छ । अहिलेसम्म ३ सय ८५ जना कोरोनामुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।

सम्बन्धित समाचार

उदयपुरमा क्वारेन्टाइनमा बसेका युवकले गरे आत्महत्या

उदयपुर, १९ वैशाख-उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–१ मुर्कुचीस्थित जनता क्याम्सको क्वारेन्टाइनमा राखिएको १ युवकले गए राति श्रीमतीको सलले घाँटीमा बेरेर आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा सोही गाउँपालिका–७ गुराँसेका १९ वर्षीय सुमन विक रहेको रौतामाई गाउँपालिकाका...

भन्सार छलेर ल्याइँदै गरेको ५० लाख मूल्यबराबरका लत्ताकपडा बरामद

विराटनगर, फागुन २–इलामको पशुपतिनगर नाकाबाट भन्सार छलेर ठूलो परिमाणको लत्ताकपडा भित्रिइरहेको खुलासा भएको छ । साता दिनअघि इलाका प्रहरी कार्यालय पशुपतिनगरले करिब १५ लाख मूल्यबराबरको लत्ताकपडा बरामद गरेको घटाना सेलाउन नपाउँदै झापा प्रहरीले शुक्रबार करिब...

रेडियो नेपालका कार्यकारी निर्देशक कार्कीद्वारा पदबाट राजीनामा

काठमाडौं, २८ जेठ-रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) का कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले पदबाट राजीनामा दिएका छन् ।कार्यकारी निर्देशक कार्कीले सञ्चार तथा सूूचना प्रविधि मन्त्रालयमार्फत् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई मंगलबार राजीनामा दिएका हुन्...

विराटनगरको मेयरका लागि नागेश कोइरालाले गराए उम्मेदवारी दर्ता

विराटनगर, १२ वैशाख । विराटटनगरको मेयरका लागि पाँच दलिय गठबन्धनको तर्फबाट नागेश कोइरालाले उम्मेदवारी दिएका छन् । सोमबार दलबलसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर कोइरालाले उम्मेदवारी दर्ता गराएका हुन् । उपमेयरमा गठबन्धनको तर्फबाट उपेन्द्र यादवका...

एमसीसी यथास्थितिमै पारित भए सरकार छाड्छाैँ : नेपाल

पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसीका कारण देशमा राजनीतिक संकट उत्पन्न हुन सक्ने बताएका छन् । बिहीबार धनगढी पुगेका अध्यक्ष नेपालले युवा संघ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश भेलालाई सम्बोधन गर्दै...

आज ३ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, ३ साउन-आज पनि देशका विभिन्न भूभागमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाले जनाएको छ । महाशाखाका अनुसार शनिबार देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।...

मृत शिशु छोडेर आफन्त सम्पर्क विहीन, शव व्यवस्थापनमा समस्या  

विराटनगर । विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको लागि ल्याएको नवजात शिशु उपचारको क्रममा मृत्यु भएपछि आफन्त सम्पर्क विहीन भएका छन् । भारतको अररिया घर भएका सुशील कुमार मण्डको तीन दिनको नवजात शिशुको उपचारको क्रममा गोल्डेन अस्पतालमा...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं, २९ असार-प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य बहादुर थापाले मन्त्रिपरिषद् बैठक बसेको जानकारी गराएका हन् । उनले नियमित बैठक अनुसार नै आजको बैठक बसेको जानकारी गराए ।

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्