रेडियो नेपालका कार्यकारी निर्देशक कार्कीद्वारा पदबाट राजीनामा - News Birat

रेडियो नेपालका कार्यकारी निर्देशक कार्कीद्वारा पदबाट राजीनामा

न्यूज विराट

काठमाडौं, २८ जेठ-रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) का कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले पदबाट राजीनामा दिएका छन् ।कार्यकारी निर्देशक कार्कीले सञ्चार तथा सूूचना प्रविधि मन्त्रालयमार्फत् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई मंगलबार राजीनामा दिएका हुन् ।

२०६९ मंसिरदेखि पहिलो कार्यकालको ४ वर्ष पूरा गरी २०७३ माघदेखि पुुनः ४ वर्षका लागि नियुुक्त भएकामा करिब ७ महिना बाँकी रहँदा कार्कीले स्वेच्छाले पदबाट राजीनामा दिएको विज्ञप्तिमा जनाएका छन् ।

स्रोतका अनुसार कार्की लकडाउनअघि नै राजीनामा दिने सोचमा थिए । पछिल्लो पटक पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको विवादास्पद अन्तर्वार्ता प्रसारण भएपछि मन्त्रालयले उनीसँग प्रस्टीकरण मागेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles