कोरोनाबाट २४ घण्टामा ७ जनाको मृत्यु

 न्यूज विराट
कोरोनाबाट २४ घण्टामा ७ जनाको मृत्यु

काठमाडौं, १५ भदौ-नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ७ जनाको निधन भएको पुष्टि भएको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा १ बालिकासहित ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

महोत्तरी ४ वर्षीया बालिका, गोरखामा ६५ र रूपन्देही ६८ गरी ३ जना महिलाको निधन भएको छ । त्यस्तै, झापाका ८६, रौतहतका ४०, चितवनका ७८ र भक्तपुरका ७७ वर्षीय पुरुषको पनिक कोरोनाबाट निधन भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २२८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकामा २ सय ९८ जनासहित देशभर थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ । यसमध्ये २१ हजार ४१० जना निको भएका छन् भने १७ हजार ८२२ जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बन्धित समाचार

देशमा हत्याहिंसाको विकराल कालखण्ड फर्काउने कोसिस : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा हत्या हिंसाको विकराल कालखण्ड फर्काउने कोसिस भइरहेको भन्दै सबैलाई सचेत हुन आग्रह गरेका छन् । काठमाडौंको दक्षिणमा रहेको सुवर्णकीर्ति महाविहारमा ज्येष्ठ नागरिक आवाश गृहको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले समाज पथभ्रष्ट...

आर्थिक ऐन २०७७ ले दिएको छुट सुविधा उपयोग गर्न राजश्व कार्यालयको आग्रह

विराटनगर, २० फागुन । उद्योगी, व्यापारी एवं करदाताहरुले आर्थिक ऐन–२०७७ ले दिएको छुट सुविधा उपयोग गर्न आन्तरिक राजस्व कार्यालय विराटनगरले अपिल गरेको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरंगको समन्वय र आन्तरिक राजश्व...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करीका कपडा बरामद, विराटनगरका बब्लु अग्रवालले पठाएको खुलसा

विराटनगर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सशस्त्र प्रहरीले चोरीपैठारीको आशंकामा १० पोका कपडा बरामद गरेको छ ।आइतबार विराटनगर विमानस्थलबाट यति एयरलाइन्सको उडानबाट कार्गोमार्फत पठाइएको १० वटा पोकामा रहेको तयारी कपडा सशस्त्र प्रहरी बल नेपालको राजस्व अनुसन्धान...

राज्यले क्रिकेटमा लगानी बढाउनुपर्छ : क्यान अध्यक्ष चन्द

विराटनगर । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले ग्रामिण क्षेत्रमा क्रिकेट खेलको विकास गरेर अगाडी बढनुपर्ने बताएका छन् । विराटनगरमा मंगलबारदेखि सुरू भएको तेस्रो इक्युवालिटि कप क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष चन्दले यस्तो...

दोस्रो मिल्स भेट्रान्स गोल्डकपको उपाधि ग्रामथानलाई

विराटनगर । दोस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मोरङको ग्रामथान भेट्रान्सले जितेको छ । विराटनगर जुट मिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा हाम्रो धरान भेट्रान्स क्लबलाई १–० गोलले हराउँदै ग्रामथान भेट्रान्सले उपाधि जितेको हो...

सीमा सुरक्षाका लागि गाउँपालिकाले म्यादी प्रहरी राख्ने

भोजपुरको हतुवागढी गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९)बाट बच्न गाउँपालिका भित्रिने नाकाको सुरक्षा गर्न म्यादी प्रहरी भर्ना गर्ने भएको छ । गाउँपालिकाले वडा नंं ६ मा पर्ने सुनबालुवा, लामीबगर, वडा नं ७ को भँगालेटार, वडा नं ९...

नेकपा बैठकअघि सुरु भयो दौडधूप, महासचिव पुगे खुमलटार

काठमाडौं, २ मंसिर-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकको अघिल्लो दिन नेताहरुको दौडधूप सुरु भएको छ । निर्धारित सचिवालय बैठक अनिश्चित हुने आंकलन गरिरहेकाबेला महासचिव विष्णु पौडेल कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन्...

भक्तपुरका २ महिला र काठमाडौंका १ पुरुषसहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ३० वैशाख-नेपालमा थप २६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंका आज परीक्षण गर्दा थप २६ जनामा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि हुनेहरुमा पर्साका १८, महोत्तरी, धनुषा, भत्तपुरका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्