मोरङमा ४५ सहित प्रदेश मा ९५ संक्रमित थपिए

 न्यूज विराट
मोरङमा ४५ सहित प्रदेश मा ९५ संक्रमित थपिए

विराटनगर, १४ भदौ–प्रदेश १ मा आइतबार ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४५, सुनसरीमा ३७, झापामा ९, संखुवासभामा २, प्रदेश १ बारिहका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा आज ४२ जनामा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार विराटनगरमा महिला र पुरुष २१÷२१ जनाको रिपोर्ट पोजेटिभ आएको हो । मोरङको लेटाङमा १ महिला, पथरीशनिश्चरे र रंगेलीमा १÷१ पुरुषमा संक्रमण देखिएको छ ।

सुनसरीको दुहवीमा १४ पुरुष, ईटहरीमा ४ महिला ४ पुरुष, इनरुवामा १ महिला ५ पुरुष, धरानमा १ महिला ५ पुरुष, बर्जुमा २ र गढीका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता झापाको कनकाईमा २ महिला ६ पुरुष, झापा गाउँपालिकामा १ पुरुष, संखुवासभाको खाँदबारीमा १ पुरुष, स्थानीय तह नखुलेकी १ महिला र प्रदेश १ बाहिरका १ महिला र १ पुरुषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ३ हजार ३११ पुगेको छ ।

प्रदेश १ मा कोरोना संक्रमणबाट आज सम्म मृत्यु हुनेको संख्या ३२ पुगेको छ । प्रदेश १ स्थायी ठेगाना भएका २३ र ९ जना अन्य प्रदेश नं. २ का हुन् ।

प्रदेश १ मा आइतबार ९ जना डिस्चार्ज भएका छन् । उनीहरु सवै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट डिस्चार्ज भएका हुन । हालसम्म १ हजार ५३४ पुगेको छ ।

प्रदेश १ मा आइतबार १ हजार १७६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३२ महिला र ६३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म ८७ हजार ५९८ जनाको पीसीआर परीक्षण भएको छ ।

सम्बन्धित समाचार

रोटरीद्धारा जेष्ठनागरिकहरुलाई खाद्यान्न र लत्ताकपडा वितरण

विराटनगर, १७ भदौ–सामाजिक क्षेत्रमा अग्रसर रहेको रोटरी क्लब अफ विराटनगर डाउन टाउनले जेष्ठ नागरिकहरुका लागि खाद्यान्न र लत्ताकपडा वितरण गरेको छ । विराटनगर आशोक चोक स्थित विराटेश्वर बृद्धाश्रममा आश्रित ६० जना जेष्ठ नागरिकहरुका लागि खाद्यान्न...

१५ मेक्ट्रिक टन क्षमताको कटहरीमा कोल्ड स्टोर बन्दै, दुई महिनामा संचालनमा ल्याउने तयारी

विराटनगर । मोरङको कटहरी गाउँपालिका – १ स्थित कटहरी फलफूल तथा तरकारी थोक बजारमा १५ मेक्ट्रिक टन क्षमताको कोल्ड स्टोर निमार्ण हुने भएको छ । बनाउन सुरू गरिएको दुई महिना भित्रमा सम्पन्न गर्ने गरी कोल्ड...

सत्ता गठबन्धन स्थानीय तहको चुनाव सार्न जालझेल गर्दैछ:गोकर्ण विष्ट

काठमाडौं, १४ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव गोकर्ण विष्टले सत्ता गठबन्धन स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षड्यन्त्रमा तल्लीन भएको आरोप लगाएका छन् । शुक्रबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै सचिव विष्टले संविधान र...

विराटनगर ल्याइएका गुण्डा नाइके अभिषेक गिरीलाई कैदीबन्दीले मोरङ कारागारमा छिर्न नदिएपछि सप्तरी लगियो

विराटनगर, १७ कात्तिक । डिल्लीबजार कारागारबाट मोरङ सरुवा गरि विराटनगर ल्याइएका गुण्डा नाइके अभिषेक गिरीलाई आन्दोलन गरेर अन्य कैदीबन्दीले छिर्न नदिएपछि सप्तरी लगिएको छ । मंगलबार बिहान विराटनगरस्थित मोरङ कारागारमा गुण्डा नाइके गिरीलाई ल्याइएपनि अन्य...

भारतमा हिजाब विवादबारे फेरि बाेल्याे पाकिस्तान

काठमाडौं, ७ फागुन । पाकिस्तानकाे विदेश मन्त्रालयले एकपटक फेरि भारतमा चर्केकाे हिजाब विवादबारे आफ्नाे प्रतिक्रिया दिएकाे छ । विदेश मन्त्रालयका प्रवक्ता इफ्तिखार अहमदले भारतकाे कर्नाटक राज्यमा हिजाब प्रतिबन्ध लगाइएकाेबारे पाकिस्तान चिन्तित रहेकाे बताएका हुन् । उनले भनेका छन्, 'भारतमा मुस्लिम छात्रालाई हिजाब पहिरिन...

विद्युत्‌भार कटौतीको अन्त्य सरकारकै योजनामा : कुलमान घिसिङ

काठमाडौं, ११ भदौ-नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको स्पष्ट मार्गनिर्देशनका आधारमा विद्युत्भार कटौतीको अन्त्यलगायत प्रशासनिक सुधारको काम गरेको स्पष्ट पारेका छन् । उनले...

ओमानले दियो नेपाललाई १३६ रनको लक्ष्य

काठमाडौं । चार देश सम्मिलित टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले घरेलु टोली ओमानबाट एक सय ३६ रनको लक्ष्य पाएको छ । टस जितेर पहिला फिल्डिङ रोजेको नेपालविरुद्ध ओमानले निर्धारित २० ओभरमा ६...

गोप्य सहमतिका साक्षीसहित बालुवाटारमा ओली–प्रचण्ड छलफल

काठमाडौं, १९ असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल सुरु भएको छ । पार्टीको विवाद समाधानको प्रयासस्वरुप दुई अध्यक्षबीच बालुवाटारमा छलफल सुरु भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्