वीपी प्रतिष्ठानमा उपचाररत २ कोरोना संक्रमितको मृत्यु

 न्यूज विराट
वीपी प्रतिष्ठानमा उपचाररत २ कोरोना संक्रमितको मृत्यु

विराटनगर, भदौ १२-वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत कोरोना संक्रमित २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा कमल गाउँपालिका-३ निवासी ८३ वर्षीय पुरुष र मोरङको बेलबारी नगरपालिका-५ निवासी ५६ वर्षीया महिला हुन् ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार झापा कमलगाउँपालिकाका पुरुषको शुक्रबार बिहान ३ः४५ बजे र बेलबारी निवासी महिलाको ३ः१४ बजे मृत्यु भएको हो । खोकी, श्वास फेर्न समस्या र ज्वरो आएपछि बी एण्ड सी टिचिङ अस्पतालमा भर्ना भएका दमकका पुरुषमा भदौ ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण पुष्टि भएपछि वीपीमा ३ गते नै भर्ना गरिएको थियो । मृगौलाको दीर्घ रोगी पुरुषमा उच्च रक्तचाप, मधुमेह र अल्प रक्त कोशीकाको समस्या समेत रहेको प्रवक्ता सापकोटाले जानकारी दिए ।

त्यस्तै, मोरङ बेलबारी-५ की महिला कोशी अस्पताल विराटनगरबाट धरानस्थित वीपीमा ९ गते रिफर गरिएको थियो । श्वास फेर्न समस्या र ज्वरो आएपछि कोशीमा भर्ना हुनु भएकी उहाँमा कोरोना संक्रमण समेत भदौ ९ गते नै पुष्टि थियो ।

वीपीमा उपचारतः दुवै जनाको शुक्रबार बिहान निधन भएपछि शव व्यवस्थापनको काम नियमानुसार अगाडी बढेको प्रवक्ता सापकोटाले जानकारी दिए ।

योसँगै प्रदेश १ मा मृत्यु हुनेको संख्या २६ पुगेको छ । त्यसमध्ये ५ महिना १५ जना पुरुष गरि २० जना प्रदेश १ वासी र एक महिला ५ पुरुष प्रदेश २ का हुन् ।

सम्बन्धित समाचार

मोटरसाइकल दुर्घटनाबाट एक जनाको मृत्यु

विराटनगर, २३ असोज । झापा अर्जुनधारा नगरपालिका २ भेलेनी चौक छेउ  स्थित भित्री सडक खण्डमा मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालकको घटना स्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक झापा अर्जुनधारा नगरपालिका ६...

बरगाछी स्मारिकाको लोकार्पण

विराटनगर । गुराँस पुस्तकालय विराटनगरको ५४ औं स्थापना दिवसका अवसरमा पुस्तकालयद्वारा प्रकाशित बरगाछी स्मारिकाको लोकार्पण गरिएको छ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मंगलबार बरगाछीको १७ औं अंक विमोचन गरेका हुन् । बरगाछी स्मारिका...

नेकपा आधिकारिकता विवादः निर्वाचन आयोगले दुवै समुहलाई दिएन मान्यता, ओली–दाहालको हस्ताक्षर र महासचिवले बोलाएको बैठकले मात्र मान्यता पाउने

काठमाठौं, १३ फागुन । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता विवादमा तत्काल कुनै निर्णय नदिने भएको छ । नेकपा कानुनी रूपमा एउटै दल भएकाले आधिकारिकताबारे तत्काल कुनै निर्णय नगर्ने आयोगले जनाएको हो ।...

प्रदेश १ मा २८ सय जना क्वारेन्टाईनमा

विराटनगर, चैत २५–प्रदेश १ मा वेड संख्यासंगै क्वारेन्टाइनमा बस्ने सर्वसाधारणको संख्या पनि थप भएको छ । मंगलबार क्रोन्टाइन बेड संख्या थपिएर ४ हजार १ सय १५ पुगेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश १...

टिभिएसको एक्सेन्ज मेलामा विराटनगरका मुरारिले जिते दशलाख

विराटनगर । विराटनगर मुनालपथ स्थित पञ्जावी पेट्रोल पम्प अगाडी भइरहेको टिभिएसको ग्राण्ड एक्सेन्ज मेलामा विराटनगर ६ का मुरारि पाण्डेले दशलाख नगद जितेका छन् l टिभिएसको २ लाख ५६ हजार ९ सयको राइडर बाइक खरिद गर्दा...

आईएस्सीको प्रमाणपत्र नक्कली भएको आशंकामा सांसद सुनिल शर्मा पक्राउ, यस्तो छ विवादित कहानी

विराटनगर । विवादित मेडिकल कलेज सञ्चालक एवं नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा।प्रकाशरण महतमाथि अनुसन्धान गर्नुपर्ने चर्को अभिव्यक्ति दिँदै आएका शर्मालाई बिहीबार प्रहरीले...

आज विराटनगरमा एकैदिन ३८६ जना कोरोना संक्रमित थपिए

विराटनगर, ४ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ७१ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ५५७ जनाको पीसीआर परीक्षण गर्दा ९२१ र ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा १५० जनामा...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३६४ कोरोना संक्रमित थपिए, ६२८ डिस्चार्ज

विराटनगर, २४ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ६३, सुनसरीमा ८६, झापामा ६६, उदयपुरमा १३, धनकुटामा पाँच, पाँचथरमा चार, इलाममा तीन, संखुवासभा, तेह्रथुम,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्