आज विराटनगरमा एकैदिन ३८६ जना कोरोना संक्रमित थपिए

 न्यूज विराट
आज विराटनगरमा एकैदिन ३८६ जना कोरोना संक्रमित थपिए

विराटनगर, ४ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ७१ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ५५७ जनाको पीसीआर परीक्षण गर्दा ९२१ र ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा १५० जनामा कोरोना संक्रमण भएको हो ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ४४८, सुनसरीमा २८६, झापामा १२६, इलाम र धनकुटामा ५–५, भोजपुर र उदयपुरमा ४–४, संखुवासभामा ३, ताप्लेजुङमा २, ओखलढुङ्गा, तेहृथुम र सोलुखुम्वुमा १–१ र प्रदेश १ बाहिरका ३५ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ३८६, बुढीगंगामा २२, बेलबारीमा ९, सुन्दरहरैचामा ८, रंगेली र केराबारीमा ५–५, उर्लाबारी, कटहरी र ग्रामथानमा २–२, मिक्लाजुङ, कानेपोखरी, पथरीशनिश्चरे र धनपालथानमा १–१ र स्थानीय तह नखुलेका ३, सुनसरीको धरानमा १८७, इटहरीमा ७२, दुहवीमा ९, इनरुवामा ७, रामधुनीमा ३, देवानगञ्ज, कोशी गाउँपालिका र बराहक्षेत्रमा २–२, बर्जु र भोक्राहानरसिंहमा १–१, झापाको विर्तामोडमा ४१, भद्रपुरमा २०, दमकमा १७, अर्जुनधारामा १३, कनकाईमा ११, मेचीनगरमा ९, कमल गाउँपालिकामा ५, बाहृदशी र बुद्धशान्तिमा ३–३, हल्दिबारीमा २, कचनकवल र गौरादहमा १–१, इलामको चुलाचुलीमा २, सुर्योदय, माङ्सेबुङ र इलाम नगरपालिकामा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ४ र स्थानीय तह नखुलेका १, भोजपुरको भोजपुर नगरपालिकामा ३ र ट्याम्केमैयुङमा १, उदयपुरको त्रियुगामा ४, संखुवासभाको सभापोखरीमा २ र स्थानीय तह नखुलेका १, ताप्लेजुङमा २, ओखलढुङ्गाको लिखु गाउँपालिका, तेहृथुमको लालीगुराँस र सोलुखुम्वुको नेचासल्यानमा १–१ र प्रदेश १ बाहिरका ३५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १८ महिला र १४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ३ हजार ६७ रहेको मन्त्रालयले जनाएको छ ।

 

सम्बन्धित समाचार

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्

Scholarship Shikshadeep College