विराटनगर, ९ भदौ-कोरोना महामारीको बेला रोजगारी र पारिश्रमिक कटौती गरेको भन्दै विराटनगरका सरसफाईकर्मीहरु आन्दोलित भएका छन् । विराटनगर महानगरपालिका र वेष्ट म्यानेजमेन्ट गु्रपको संयुक्त साझेदारीमा सञ्चालित फोहोरमैला व्यवस्थापन तथा वातावरण संरक्षण कार्यक्रमअन्तर्गत कार्यरत १ सय ८० जना सरसफाईकर्मीहरु आन्दोलित भएका हुन् ।
विराटनगरको फोहोर संकलन तथा व्यवस्थापन गर्ने जिम्मा पाएको वेष्ट म्यानेजमेन्ट गु्रपले रोजगारी तथा पारिश्रमिक कटौती गरेको भन्दै सरसफाईर्मीहरु सडकमा ओर्लिएका छन् ।
कोरोना महामारीबिच पारिवारिक आयश्रोतसमेत शुन्य बन्दै गईरहेको अवस्थामा वेष्ट म्यानेजमेन्ट गु्रपले १५ दिनको रोजगारी कटौती गरेकोले आन्दोलित हुनुपरेको विराटनगर–११ का सिकन्दर मरिकले बताए ।