संचारकर्मीको निःशुल्क पीसीआर गराउन महासंघको आग्रह

 न्यूज विराट
संचारकर्मीको निःशुल्क पीसीआर गराउन महासंघको आग्रह

काठमाडौं, ८ भदौ-नेपाल पत्रकार महासंघले कार्यस्थलमा गएर समाचार संकलन गर्ने सञ्चारकर्मीको कोरोना भाइरस (कोभिड १९)को निःशुल्क पिसीआर परीक्षणको व्यवस्था मिलाउन सरकारसंग आग्रह गरेको छ ।

महासंघका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गर्दै कोभिड १९ को संक्रमणको उच्च जोखिमका बीच कार्यस्थलमा खटिने सञ्चारकर्मीको निःशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।

महामारीको संक्रमणबाट जोगिन आफ्नो स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न समेत महासङ्घले सबै सञ्चारकर्मीलाई अपिल समेत गरेको छ । सञ्चार प्रतिष्ठानले पनि अति आवश्यक बाहेक घरबाटै काम गर्ने व्यवस्था मिलाउन र कार्यालय तथा कार्यस्थलमा खटिने संचारकर्मीका लागि स्वास्थ्य सामग्रीको प्रयोगसँगै पर्याप्त सचेतता अपनाउने वातावरण निर्माण गर्न महासंघले आग्रह गरेको छ ।

विश्वव्यापी रुपया फैलिएको कोभिड-१९ को संक्रमण पछिल्ला दिनमा नेपालमा पनि तीव्र गतिमा फैलिँदै गइरहेको उल्लेख गर्दै उनले महामारीको यो जटिल परिस्थितिमा पनि नेपाली संचार क्षेत्रले उच्च जोखिम मोलेर समाचार संकलन तथा सम्प्रेषण गरिरहेको बताए ।

संक्रमणको दर वृद्धि भएसँगै पछिल्लो समयमा अग्रभागमा रहेर कार्य गरिरहेका सञ्चारकर्मीमा समेत कोरोना संक्रमण देखिने क्रम बढेको महासंघले जनाएको छ । महासचिव विष्टका अनुसार हालसम्म कम्तीमा ३ दर्जन सञ्चारकर्मी संक्रमित भइसकेका छन् । विशेषगरी फिल्डमा खटिने सम्वाददाता, फोटो पत्रकार र क्यामेरा पर्सन संक्रमणको उच्च जोखिममा रहेका छन् ।

सम्बन्धित समाचार

अत्याधिक वायु प्रदुषणका कारण चार दिन विद्यालय बन्द गर्ने सरकारको निर्णय

वायु प्रदूषण उच्च भएका कारण सरकारले चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । ‘बालबालिकालाई असर गर्ने भएकाले चार दिन विद्यालय...

जन्ती बोकेको भारतीय जिप रौतहटमा दुर्घटना : पाँच जनाको मृत्यु

रौतहट । रौतहटमा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर ०५पीए ६९५३ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुनील...

झापामा कोरोनाविरुद्धको खोपमा चरम लापरबाही

झापा, ८ भदौ ।बिर्तामोडको एक होटलमा भेरोसेल खोपसहित नगरपालिकाका कोभिड फोकल पर्सन ओमबहादुर खड्का फेला परेको घटनाको छानबिन गर्न गठित समितिले होटलमा खोप लुकाउने नियत नदेखिए पनि खोप बुझाउने र बुझ्ने प्रक्रियामा चरम लापरबाही भएको...

चिसो बढेपछि धुलिखेलका विद्यालय एक हप्ताका लागि बन्द

बुधबार परेको वर्षाका कारण चिसो बढेपछि काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले आजदेखि एक हप्ताका लागि सबै विद्यालय बन्द गरेको छ । नगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गरी वर्षाका कारण तापमान कम भई जाडो बढिरहेकाले विद्यालय आउने बालबालिकालाई...

१४ दिनअघि भारतबाट फर्केका वडा अध्यक्षमा र्‍यापिड टेस्ट पोजेटिभ

जनकपुरधाम, ८ वैशाख-धनुषामा गत चैत २४ गतेदेखि क्वारेन्टाइनमा रहेका १ वडा अध्यक्षको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) को रिपोर्ट पोजेटिभ आएको छ ।चैत २२ गते भारतबाट फर्केर घरमा बसेका जनकनन्दनी गाउँपालिकाका वडा अध्यक्षलाई २४ गतेदेखि क्वारेन्टाइनमा...

सुनवर्षीबाट ७ लाखको अवैध चाँदीसहित एक महिला पक्राउ

विराटनगर, १८ माघ । प्रहरीले भारतबाट अवैध तरिकाले नेपाल भित्र्याउँदै गरेको ७ लाख मूल्य बराबरको चाँदीको गरगहनासहित एक महिलालाई पक्राउ गरेको छ । मोरङ सुनवर्षी नगरपालिका ६ नयाँ चौकस्थित सडक खण्डबाट ती महिलालाई पक्राउ गरेको...

एमालेलाई साइजमा राख्न गठबन्धन गर्नुपर्छ: रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेलाई साइजमै राख्न गठबन्धन गर्नुपर्ने बताएका छन् । सोमबार बसेको केन्द्रीय समिति बैठकमा बोल्दै उनले चुनावमा गठबन्धन गर्नुपर्ने बताएका हुन् । पौडेलले असंवैधानिक कदम चालेका केपी ओली र एमालेविरुद्ध...

शैक्षिक संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना बन्नुहुँदैनः मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शैक्षिक संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना बन्न नहुनेमा जोड दिनुभयो ।विराटनगर जुनियर जेसीजले आयोजना गरेको अन्तरविद्यालय टेस्टीटेस्टी हाजिरीजवाफ प्रतियोगिताको फाइनल तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्