विराटनगर, ८ भदौ–विराटनगरमा आईतवार राति थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–८ का ६५ वर्षीय पुरुषको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको हो ।
आईतबार कोरोना पुष्टि भएपछि घरमै रहेका उनको स्वास्थ्य अवस्थामा समस्या भएपछि उपचारका लागि कोभिड अस्पताल लगिएको थियो । अस्पताल ल्याएको एक घण्टामै उनको मृत्यु भएको कोशी अस्पतालका मेसु डा.चुमनलाल दासले जानकारी दिए ।
योसगै हालसम्म कोरोनाबाट संक्रमित विराटनगरका एक महिलासहित १० जनाको मृत्यु भएको छ । मोरङमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ भने प्रदेश १ मा २१ जनाको मृत्यु भएको छ । जसमा ३ जना सुनसरीको धरानका छन भने ४ जना प्रदेश २ का हुन ।