नेकपा कार्यदलले बुझायो प्रतिवेदन

 न्यूज विराट
नेकपा कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं, ६ भदौ-सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र देखिएको विवादका विषय अध्ययन गर्न बनेको कार्यदले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवदेन बुझाएको छ ।

आज अपराह्न ४:४५ मा प्रतिवेदन बुझाएको पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । अध्यक्षद्वयले ३० साउनमा पार्टी महासचिव विष्णु पौडेल संयोजकत्वमा कार्यदल गठन गरिएका थिए । कार्यदलले प्रतिवेदन सर्वसम्मतिले तयार परेर बुझाएको थापाले जानकारी दिए ।

‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल’प्रचण्ड’द्वारा साउन ३० गते गठित कार्यदलले आफ्नो प्रतिवेदन सर्वसम्मतिले तयार गरेको छ । आज भदौ ६ गते साँझ ४:४५ बजे  प्रतिवेदन अध्यक्षद्वयलाई बुझाइएको छ’ उनले भने ।

पार्टी महासचिव पौडेल संयोजक रहेको कार्यदलमा प्रदेश-५ का मुख्यमन्त्री शंकर पोखरेल, नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुसाल र जनारदत शर्मा सदस्य रहेका छन् । पौडेल र पोखरेल ओली पक्षका नेता मानिन्छ भने रावल र पाण्डे वरिष्ठ नेता माधव नेपाल पक्षका मानिन्छन् । त्यस्तै, भुसाल र शर्मा प्रचण्ड पक्ष नेताहरू हुन् ।

सम्बन्धित समाचार

थापा नेतृत्वको नेपाल रेडक्रस सोसाइटी भङ्ग, ३३ सदस्यीय तदर्थ समिति गठन

काठमाडौं, १३ साउन-सरकारले आर्थिक अनियमितता र निर्धारित समयमा अधिवेशन नगरेको सञ्जीव थापा नेतृत्वको नेपाल रेडक्रस सोसाइटीलाई भङ्ग गरी ३३ सदस्यीय नयाँ तदर्थ समिति गठन गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रस्तावअनुसार सोमबार...

आजदेखि स्वस्थानी व्रत सुरु

हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा आजदेखि सुरु भएको छ । व्रत माघ शुक्ल पूर्णिमासम्म चल्ने छ । आजदेखि माघ स्नान गर्ने र घरमा सात्विक भावले भक्तिपूर्वक श्रीस्वस्थानीको पूजा आराधना गरी...

प्रदेश १ मा कामदारका लागि दक्षता परियोजना सुरु हुँदै

विराटनगर, २३ पुस-प्रदेश १ मा कामदारको शिप विकाससँगै उनिहरुको दक्षता अभिबृद्धि गरिने भएको छ । कामदारमा दक्षता अभिबृद्धि गरि स्वरोजगार बनाउने उदेश्यले प्रदेश १ मा परियोजना स्ुरु हुन लागेको हो । कृषि, पर्यटन र निर्माण...

करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर, १ असोर ।ओखलढुङगा सुनकोशी गाऊपालिका १० सोलुङपाखा का ५८ बर्षीय लोकनाथ गिरीको करेन्ट लागेर मृत्यु भएको छ । हिजो बेलुका ५ बजे गिरी आफ्नै घरको भुईतलाको कोठा भित्र टर्चलाईट चार्ज गर्ने क्रममा करेण्ट लागी...

मााओवादीको प्रदेश १ सम्मेलन विराट चौकमा हुँदै

विराटनगर, २२ मंसिर । माओवादी केन्द्रले प्रदेश अधिवेशनको तयारी तीब्र पारेको छ । माओवादी केन्द्रले आगामी २५ मंसिरमा मोरङको विराटचौकमा प्रदेश अधिवेशन गर्दै छ । त्यसका लागि तयारी तीब्र पारिएको माओवादी केन्द्र प्रदेश १ का...

विशाल चोकका १ सय बढी परिवारलाई राहत वितरण

विराटनगर, चैत २२-विराटनगरका युवा नेता मो. आजमको पहलमा १०० वढी विपन्न परिवारलाई राहत वितरण गरिएको छ । आलमको पहलमा विराटनगर डा न. ५ स्थित विशाल चोकका अति विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको हो...

काठमाडौं उपत्यकामा थपिए आज ४०४ कोरोना संक्रमित

बिहीबार काठमाडौं उपत्यकामा ४ सय ४ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । संक्रमित हुनेमा १ सय ६० महिला र २ सय ४४ जना पुरुष रहेका छन् । आज काठमाडौंका ३ सय २८, भक्तपुरका...

कृष्णप्रसाद सिग्देल यूवा पत्रकारिता पुरस्कारबाट बुढाथोकी पुरस्कृत

विराटनगर, फागुन १८–कृष्णप्रसाद सिग्देल यूवा पत्रकारिता पुरस्कार पत्रकार किशोर बुढाथोकीलाई प्रदान गरिएकोे छ । प्रेस संगठन नेपाल, मोरङले आयोजना गरेको सपथ ग्रहण एवं पुरस्कार वितरण कार्यक्रममा आज पत्रकार बुढाथोकीलाई पुरस्कार प्रदान गरिएको हो । अन्नपूर्ण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्