पत्रकारमाथि कुटपिट गर्ने मेयर र कर्मचारीविरुद्ध अझै कारबाही भएन

 न्यूज विराट
पत्रकारमाथि कुटपिट गर्ने मेयर र कर्मचारीविरुद्ध अझै कारबाही भएन

जनकपुर, पुस २५–धनुषामा पत्रकारमाथि कुटपिट भएको चार दिन बितिसक्दा पनि कारबाहीको प्रक्रिया अघि बढेको छैन । नगरपालिकाका कर्मचारीले मेयरकै अगाडी आधा दर्जन पत्रकारहरूलाई हातपात गर्दै कार्यालयको कम्पाउण्डसम्म लगेका थिए । प्रहरीले पहिलो दिन नै नगरपालिकाबाट घटनाको भिडियो फुटेज लगेको भए पनि घटनामा संलग्न कर्मचारीविरुद्ध कारबाहीको प्रक्रिया अघि बढाएको छैन । कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा समेत सार्वजनिक भइसकेका छन् ।

यसैबीच, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहलाई कारबाहीको माग गर्दै जनकपुरधामका विभिन्न संघसंस्थाले शुक्रबार जिल्ला प्रशासन कार्यालय धनुषामा ६ बुँदे मागसहित संयुक्त ज्ञापनपत्र बुझाएका छन् । जानकी मन्दिरको फुलबारी जग्गा अतिक्रमण सम्बन्धमा समाचार संकलनका लागि मेयर साहको प्रतिक्रिया लिन पुगेका सञ्चारकर्मीलाई गत मंगलबार नियोजित रूपमा कुटपिट गर्ने मेयर साहलाई कारबाहीको माग गर्दै विभिन्न संघसंस्थामा आवद्ध युवाहरूले प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेललाई संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका हुन् ।

मधेश अधिकार संघर्ष समिति, भ्रष्टाचारविरुद्धको युवा अभियान, परिवर्तनका लागि युवा अभियान, अंगराजसर संरक्षण समिति, जानकी चोक युवा समूह र जनकपुर नागरिक समाजलगायतका संघसंस्थाले ज्ञापनपत्र बुझाएका हुन् । उनीहरूले जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा सूचना अधिकारीको नियुक्त हुनुपर्ने, हालसम्म नियुक्त भएका कर्मचारीको भर्ना प्रक्रिया र संख्या सार्वजनिक गर्नुपर्ने, २५ वटै वडामा गरिएको विकास निर्माणको योजना र उपभोक्ता समिति नामावली पारदर्शी हुनुपर्ने, सञ्चारकर्मीले सहज रूपमा सूचना पाउनुपर्ने, जानकी मन्दिर फूलबारी जग्गा अतिक्रमणको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्नेलगायतका माग राखेका छन् ।

सम्बन्धित समाचार

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्

Scholarship Shikshadeep College