१५ भारतीय मुस्लिम किशोर लुकेर बसेको अवस्थामा फेला

 न्यूज विराट
१५ भारतीय मुस्लिम किशोर लुकेर बसेको अवस्थामा फेला

महोत्तरी जिल्लाको एक गाउँको एक घरमा सोमबार १५ भारतीय किशोर लुकेर बसेको अवस्थामा फेला परेका छन् । कोरोना भाइरसको रोकथाम तथा सङ्क्रमणबाट बच्न तथा बचाउन नेपाल सरकारले लकडाउन गर्दै सीमानाकासमेत बन्द गरेको अवस्थामा १५ किशोर सीमापारिबाट चोरबाटो हुँदै नेपाल प्रवेश गरेर महोत्तरीको एकडारा गाउँपालिका–५ बहेडा गाउँमा आएर लुकेर बसिरहेको अवस्थामा फेला परेका हुन् ।

उनीहरु यही चैत २२ गते राति वनको बाटो हुँदै भारतको सीतामढी शहरबाट बहेडा गाउँमा आइपुगेका हुन् । १३ वर्षदेखि १८ वर्ष उमेर समूहका ती किशोर भारतको बिहारमा पर्ने किशनगञ्ज जिल्लाका हुन् । उनीहरु बहेडाकै एक साथीसहित भारतको उत्तर प्रदेशस्थित एक मदरसामा पढिरहेका थिए ।

भारतमा लकडाउनका बेला पढिरहेको मदरसाबाट आफ्नो घर किशनगञ्ज जिल्ला जाने क्रममा भारतको सीतामढीमा घेरिएपछि महोत्तरीका साथीसँग उनीहरु बहेडा आइपुगेको गाउँपालिकाका अध्यक्ष रामछविला रायले बताए । भारतीय १५ किशोर बहेडा गाउँमा लुकेर बसिरहेको बारेमा गाउँपालिका अध्यक्ष साहलाई समेत जानकारी थिएन ।

प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षकसहितकाले स्रोतको माध्यमबाट त्यसबारे जानकारी पाएपछि अध्यक्ष साहलाई जानकारी गराइएको थियो । अध्यक्ष साहले त्यसपछि वडा नं ५ का वडाध्यक्ष शेराजुद्दीन अन्सारीको सहयोगमा सोमबार भारतीय किशोरको खोजतलास गर्दा उनीहरु एक घरमा लुकेर बसिरहेको अवस्थामा फेला परेका हुन् ।

एकै घरमा फेला परेका ती सबै किशोरको तत्काल गाउँपालिकाको स्वास्थ्य टोलीद्वारा ज्वरो जाँच गर्दा अवस्था सामान्य रहेको पाइएको थियो । उनीहरुलाई तत्काल छुट्टै होम क्वारेन्टाइनमा १४ दिनसम्मका लागि राखिएको अध्यक्ष साहले बताए ।

यता सीमाक्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको सुरक्षाकर्मीको २४ घण्टे ड्युटी र कडा निगरानी रहेको बेला भारतीय किशोर समूहमै नेपाल प्रवेश गरेकामा उनीहरुको कामप्रति प्रश्नचिह्न उठेको छ । साथै स्थानीय बासिन्दा र वडाध्यक्षसमेतले गाउँमा नयाँ मानिस आएको कुरा प्रहरी प्रशासनलाई जानकारी नगराएर ठूलो लापरवाही गरेको आरोप सर्वसाधारणले लगाएका छन् । रासस

सम्बन्धित समाचार

युवा तथा खेलकुद क्षेत्रकाे बजेट घट्याे

काठमाडाैं, १५ जेठ-सरकारले युवा तथा खेलकुद क्षेत्रका लागि बजेट घटाएको छ । आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले युवा तथा खेलकुद क्षेत्रमा २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन...

स्थायी कमिटी बैठक रोकेर पाँचौँ पटक ओली-प्रचण्ड वार्तामा

काठमाडौं, २३ असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पुनः वार्ता सुरु भएको छ । दुईदुई पटक स्थायी कमिटी बैठक स्थगित गरेर विवाद मिलाउन बसेका ओली-प्रचण्ड आज पनि...

ओली-प्रचण्डबीचकाे छलफल सुरु

काठमाडौं, ९ भदौ-प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच बालुवाटारमा छलफल सुरु भएको छ । दुबै अध्यक्षबीच नेकपा कार्यदलले पेस गरेको प्रतिवेदनमाथि छलफल सुरु भएकाे हाे । ३०...

प्रदेश १:संक्रमितलाई राख्न आइसोलेसन शैयाको अभाव, रंगेली नगरपालिकाले आफै स्थापना गर्यो

विराटनगर, साउन २५–प्रदेश १ मा कोरोना संक्रमित राख्न प्रबन्ध गरिएका अस्पतालका आइसोलेसन शैया पूर्ण अभाव भएको छ । अस्पतालमा ठाउँ नभएपछि संक्रमितहरु घरघरमै बसिरहेका छन् । यद्यपी कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएपछि भने केही...

‘प्याब्सन विराट कप’ : ग्रेडेड, विराट शिक्षा, सेन्टजोसेफ, देवकोटा र मदरल्याण्ड स्कुल विजयी

विराटनगर । दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगितामा पाँच वटा स्कुल विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको छ । विराटनगरको सहिद मैदानमा शनिबार भएको पहिलो खेलमा विराट शिक्षा स्कुलले ओडिसि स्कुललाई ६–० गोलले...

कोरोना परीक्षणको दायरा बढाउन प्रदेश १ का जिसस प्रमुखहरुको माग

विराटनगर, वैशाख १७–प्रदेश १ का जिल्ला समन्वय समितिका प्रमुखहरुले कोरोना परीक्षणको दायरा बढाउन माग गरेका छन् । उनीहरुले ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) विधिलाई बढाउन माग गरेका हुन । सामाजिक विकास मन्त्री जीवन घिमिरेसँगको भिडियो कन्फ्रेन्समा...

एमालेको स्थायी र केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौं, २५ साउन । नेकपा एमालेले आजका लागि स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आज बिहान ११ बजे बस्ने गरी स्थायी कमिटी र दिउँसो ३ बजे बस्नै गरी केन्द्रीय कमिटीको बैठक बोलाइएको...

भारतलाई २०० मेगावाट विद्युत् बेच्न विद्युत प्राधिकरणले खोल्यो टेन्डर

गत मनसुनमा झण्डै ५०० मेगावाट बराबरको बिजुली खेर गयो । मूल्यमा हिसाब गर्दा खेर गएको बिजुलीमात्रै पाँच अर्ब बराबरको थियो । केही समयपछि नेपालमा पुनःमनसुन सुरु हुँदैछ । पानी पर्ने याम सुरु भएपछि नदी तथा खोलामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्